सहकारीको पैसाको कारोबारमा रवि लामिछानेको संलग्नता देखिएपछि कारवाहीको सिफारिस

काठमाडौं। सहकारीबाट गोरखा मिडियामा ल्याइएको बचतकर्ताको रकमको कारोबारमा पूर्व गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेको संलग्नतउ देखिएपछि यस सम्बन्धी छानबिन गर्न गठित समितिले उनलाई पनि कारवाहीको सिफारिस गरेको छ । सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले सहकारीबाट सोझै रकम निकालेको नभए पनि सहकारीबाट गोरखा मिडिया नेटवर्कमा ल्याइएको रकमको … Read more

नेपालगञ्जमा मोहम्मद जयन्तीको रौनक, आज मुस्लिम धर्मावलम्बीका लागि बिदा

बाँके। इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्म जयन्तीको अवसरमा बाँकेका इस्लाम धर्मावलम्बीले जन्मोत्सव मनाउन सुरु गरेका छन्। जन्मोत्सवको रौनकले नेपालगञ्ज सहर रंगीन बनेको छ। बाँकेको सदरमुकाम नेपालगञ्जको त्रिभुवनचोकदेखि बिपी चोक, त्रिवेणी मोडदेखि फुल्टेक्रा चोक लगायतका स्थानमा स्वागतद्वार निर्माण गरिएका छन्। इस्लामिक पात्रोको तेस्रो महिना रवि उल्ल अवलको १२ तारिखको दिन नेपाली मुस्लिमसहित … Read more

गोलभेँडामा भेटियो अत्यधिक विषादी, एक क्विन्टल गोलभेँडा नष्ट गरियो

गोदावरी–  कैलालीको गोदावरी नगरपालिका–१ अत्तरियामा सञ्चालित हाट बजारमा बिक्री गर्न ल्याइएको गोलभेँडा९टमाटर०मा अत्यधिक विषादीको मात्रा भेटिएको छ । तरकारी हाट बजारमा रहेको विषादीको अवशेष द्रुत विश्लेषण एकाइले गोलभेँडामा गरेको परीक्षणका क्रममा अत्यधिक विषादीको मात्रा भेटिएको हो । विषादी अवशेष द्रुत विश्लेषण एकाइका अनुसार रोल्पामा रहेको मिलन ट्रेड एन्ड सप्लायर्सबाट आयात गरि हाट बजारमा ल्याइएको गोलभेँडामा ४८ दशमलव ४७ प्रतिशत अर्गानोफस्फेट भेटिएको … Read more

कैलालीबाट झापा आएर युवकले गरे युवतीको हत्या

झापाको बिर्तामोडमा एक युवाले अन्धाधुन्ध छुरा प्रहार गरेर एक युवतीको हत्या गरेका छन् । बिर्तामोडको महानन्द चौकमा शुक्रवार साँझ एक युवाको छुरा प्रहारबाट मनिषा लोहारको मृत्यु भएको हो । लोहार इलामको सूर्याेदय नगरपालिकाको फिक्कलकी हुन्  । उनको हत्या आरोपमा कैलालीको गौरीगंगा नगरपालिका–३ का २० वर्षीय अनिल विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । झापा प्रहरी प्रमुख … Read more

मितेरी सहकारी प्रकरण: धनराजको डिभोर्स कागजी मात्र, एक महिना अगाडि तिरेका थिए ऋण

काठमाडौँ । सहकारी ठगी प्रकरण छानबिन गर्न गठन गरिएको संसदीय छानविन विशेष समितिले कांग्रेसका उपसभापति धनराज गुरुङ मुछिएको मितेरी सहकारीको स्थलगत निरीक्षण गरको छ । समितिका सभापति सुर्य थापासहित सबै सदस्यले सहकारीको स्थलगत निरीक्षण गरेर जानकारी लिएका छन् । त्यसक्रममा समितिले सहकारीका अध्यक्ष कुम्भराज गुरुङसँग धनराज दम्पती जोडिएको १५ करोड बचत हिनामिना बारे सोधपुछ गरेको … Read more

बैतडीमा तीन दिनदेखि छैन बिजुली, सरकारी सेवा नै प्रभावित

बैतडी– वर्षा र चट्याङका कारण गत बुधबारदेखि विद्युत् सेवा अवरुद्ध भएको छ । ३३ र ११ केभी प्रसारण लाइनको विभिन्न क्षेत्रमा समस्या आएपछि विद्युत् सेवा अवरुद्ध भएको हो ।  विद्युत् सेवा नहुँदा दैनिक कामकाजका साथै सरकारी कार्यालयको सेवा प्रवाहमा पनि समस्या भएको छ । विद्युत् नहुँदा समस्या भएको दोगडाकेदार गाउँपालिका– ३ श्रीकोटका गणेश विष्टले बताए। उनले भने, ‘बिजुली नहुँदा अन्धकारमा … Read more

अष्ट्रेलियामा असोज २७ गते विजयादशमी मनाउनुपर्ने अन्तर्राष्ट्रिय पञ्चांग समितिको निर्णय

काठमाडौं। अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिले अष्ट्रेलियामा २०८१ असोज २७ गते (२०२४ अक्टोबर १३ तारिख)मा विजयादशमी मनाउनुपर्ने जनाएको छ। वैदिक परिषद् अष्ट्रेलियाबाट प्रकाशित ‘भाष्कर नेपाली पञ्चांग’मा विजयादशमी (टीका) र लक्ष्मी पूजा नेपालका पञ्चाङ्गसँग फरक हुन गएको भन्दै समितिले विज्ञप्ति जारी गरी अष्ट्रेलियामा असोज २७ गते मान्यजनका हातबाट दसैँको टीका लगाउनुपर्ने जनाएको हो। समितिका सभापति प्रा डा … Read more

भरतपुरको मुख्य बजार क्षेत्रमा पार्किङः जग्गा भाडामा दिन चाहनेलाई सम्पर्कमा आउन आग्रह

चितवन:  भरतपुर महानगरपालिकाले सेवा प्रदायक संस्थालाई सेवाग्राहीका सवारी साधनको लागि पार्किङको व्यवस्था आफै मिलाउन आग्रह गरेको छ । महानगरले एक सूचना प्रकाशन गरी सरकारी तथा गैरसरकारी कार्यालय, वित्तिय संस्था, अस्पताल तथा व्यवसायीहरुलाई पार्किङको व्यवस्थापन मिलाउन आह्वान गरेको हो । त्यस्तै, मुख्य बजार क्षेत्रमा सशुल्क पार्किङको लागि जग्गा भाडामा दिन चाहनेलाई सम्पर्कमा आउन पनि महानगरले आग्रह … Read more

नेपालमा दैनिक सरदर २० जनाले गर्छन् आत्महत्या

काठमाडौँ । विश्वभर आत्महत्या रोकथाम दिवर मंगलबार विभिन्न जनचेतनामुलक कार्यक्रमहरु गरी मनाउँदै आइएको छ। यसको सुरुवात सन् २००३ मा आत्महत्या रोकथामका लागि अन्तर्राष्ट्रिय संगठनले विश्व स्वास्थ्य संगठनसँगको सहकार्यमा सुरुवात गरेको थियो। यस दिवसको मुख्य उदेश्य आत्महत्या रोकथामका लागि सचेतना अभिवृद्धि, यससँग सम्बन्धित लाञ्छाना न्यूनिकरण र विश्वव्यापि रुपमा आत्महत्या रोकथामका लागि भएका कार्यहरुलाई प्रोत्साहन गर्न रहेको … Read more

प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपीको १११औं जन्मजयन्ती मनाइँदै

काठमाडौं। नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिएका पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १११औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज देशभर मनाइँदैछ। नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनःस्थापनाका लागि कठोर संघर्ष गरेका कोइरालाको विसं १९७१ भदौ २४ गते जन्म भएको थियो। जहानियाँ राणा शासनको विरोधमा उनका पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानले पहिरेको कपडा राणा प्रधानमन्त्री चन्द्रशम्शेरलाई ‘पार्सल’ … Read more