ममता काफ्ले बेपत्ता भएको एक महिना पुग्यो, अझै भेटिएको छैन ठोस प्रमाण

काठमाडौ, ममता काफ्ले बेपत्ता भएको एक महिना पुगेको छ । एक महिनायता उनलाई न कसैले देखेको छ, न उनको अवस्थाबारे कसैलाई जानकारी छ । अमेरिकास्थित भर्जिनियाको मनसास पार्क प्रहरीले उनको खोजी त गरिरहेको छ, तर ठोस उपलब्धि हासिल गर्न सकेको छैन ।उनका श्रीमान् नरेश भट्टमाथि हत्याको आरोप लागेको छ । अगस्ट २२ मा नरेशमाथि ममताको … Read more

चितवनको सनराइज बोर्डिङ स्कुलको होस्टेलबाट बालक बेपत्ता

भरतपुर,चितवनको सनराइज इङ्लिस बोर्डिङ स्कुलबाट एक जना विद्यार्थी बेपत्ता भएका छन् । स्कुलको कक्षा ५ मा पढ्ने ११ वर्षीय विद्यार्थी सम्योग बहादुर पौडेल बेपत्ता भएका हुन् । मंगलबार अपरान्ह ४ बजेदेखिनै समिर सम्पर्कबिहिन भएपछि अभिभावक चिन्तित छन् ।भरतपुर १३, उज्ज्वलनगर घर भएका उनको आमा अहिले वैदेशिक रोजगारीमा हुनुहुन्छ । मासिक शुल्क तिरेर परिवारले उनलाई स्कुलको … Read more

निप्पोन एजुकेसनल सेन्टर १५ औं वर्षमा प्रवेश

चितवन – नारायणगढस्थित निप्पोन एजुकेसनल सेन्टर १५ औं वर्षमा प्रवेश गरेको छ । निप्पोन एजुकेसनल सेन्टर हिजो (मंगलबार) बाट स्थापनाको १४ वर्ष पुरा गरी १५ औं वर्षमा प्रवेश गरेको हो ।हिजो कार्यालयमा एक कार्यक्रमबीच केक काटेर वार्षिकोत्सव मनाईएको छ । सेन्टरले  वार्षिक उत्सवको अवसरमा बुझ्न सरल जापानिज भाषा ‘वाकरी यासुई निहोनगो’ नामक पुस्तक समेत बिमोचन गरेको छ … Read more

भरतपुरमा कवाडी कर तिर्न रोकिएको ट्रकमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु

चितवन, भरतपुर महानगरपालिका–३ पुलचोकस्थित महानगरको ढाट अगाडि कवाडी कर तिर्न रोकिराखेको ट्रकमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु भएको छ ।गएराति करिब १ बजेको समयमा धादिङबाट आएको मधेष प्रदेश०३–००१ ख ९४७३ नम्बरको ट्रकको पछाडि पुलचोकबाट गैंडाकोटतर्फ जादै गरेको ना ५८ प ८५९४ नम्बरको मोटरसाइकल ठोक्किएको थियो । ट्रकमा ठोक्किएर गम्भिर घाइते भएका मोटरसाइकल चालक रत्ननगर नगरपालिका–६ बस्ने २८ … Read more

जनताको मुद्दा बोक्न प्रहरीलाई गृहमन्त्री लेखकको निर्देशन

काठमाडौं। गृहमन्त्री रमेश लेखकले जनताको मुद्दा बोक्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंको नवनिर्मित भवन तथा भौतिक पूर्वाधारहरुको समुद्घाटन समारोहमा गृहमन्त्री लेखकले जनताको मुद्दा बोक्दा प्रहरीहरुको मुद्दा पनि सँगै आउने बताएका हुन्। ‘प्रहरी साथीहरुलाई आत्मविश्वास काम गर्न आग्रह गर्दछु। जनताको मुद्दा बोक्नुपर्‍याे। जनताको मुद्दा बोक्दा आफ्नो मुद्दापनि आइहाल्छ,’ उनले भने। सरकार बनेको … Read more

आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

काठमाडौं। वैदिक सनातन हिन्दू धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा-आराधना गरी श्रद्धा-भक्तिपूर्वक मनाउँदैछन्। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ। यसदिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा-आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन … Read more

अदालतको आदेशलाई महानगरको निर्णय भनेर जनतामा भ्रम नछर्न बालेनको चेतावनी

काठमाडौं। काठमाडौं महानगरका मेयर बालेन शाहले अदालतको आदेशलाई महानगरको निर्णय भनि गलत व्याख्या गरेर पार्टीको नेता कार्यकर्ताहरुले जनता माझ भ्रम नछर्न चेतावनी दिएका छन्। सामाजिक सञ्जालमा लेख्दै बालेन कागले कान लग्यो भनेर हल्ला गर्दैमा कागको पछि लाग्ने हैन, आफ्नो कान छाम्ने हो भन्दै अदालतको आदेशलाई महानगरको निर्णय भनि गलत व्याख्या गरेर पार्टीको नेता कार्यकर्ताहरुले जनता … Read more

बिजुली बक्यौता छुट दिने पूर्वप्रधानमन्त्री र ऊर्जामन्त्री बस्नेतलाई स्पष्टिकरण सोध्नुपर्छः भट्टराई

काठमाडौं,नेकपा एमालेका सांसद योगेश भट्टराईले बिजुली बक्यौता छुट पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र ऊर्जामन्त्री शक्ति बस्नेतलाई स्पष्टिकरण सोध्नुपर्ने बताएका छन्। आइतबार बसेको प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्दै सांसद भट्टराईले यस्तो बताएका हुन्। समितिमा विद्युत महसुलका विषयमा छलफल सुरु भएको छ। उनले अघिल्लो लेखा समितिको निर्देशनको आधारमा महालेखा परीक्षकले भनेको २१.८८ अर्ब बक्यौता उठाउनुपर्नेमा जोड … Read more

जिपले ठक्कर दिंदा मोटरसाइकल चालकको मृत्यु

काठमाडौं, नागार्जुनमा जिपले मोटरसाइकल ठक्कर दिंदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।नागार्जुन नगरपालिका-७ स्थित सडकमा प्र.०१-०२५ च ९२४३ नम्बरको जिप र बा.प्र.०२-०१७ प १०९ नम्बरको मोटरसाइकललाई शनिबार राति ठक्कर दिएको थियो ।दुर्घटनामा मोटरसाइकल चालक प्रवेश खड्का गम्भीर घाइते भएका थिए । उपचारको क्रममा उनको शहीद मेमोरियल अस्पताल कलंकीमा क्रममा मृत्यु भएको हो । जिप चालकलाई प्रहरीले … Read more

करेन्ट लागेर बालकको मृत्यु

फिदिम, । फिदिम नगरपालिका –२ पल्लोटारमा करेन्ट लागेर १५ वर्षीय एक जना बालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा नुवाकोट तादी गाउँपालिका घर भई हाल फिदिम –२ मा भाडामा बसोबास गर्दै आउनुभएका युवराज पाण्डे रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक हेमन्त भण्डारीले बताउनुभयो । शनिबार साँझ मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लाग्दा पाण्डेको मृत्यु भएको … Read more