रामेछापमा पहिरोले घर पुरिँदा २ को मृत्यु, ८ जना बेपत्ता

काठमाडौं। रामेछापमा पहिरोले ४ वटा घर बगाउँदा २ जनाको मृत्यु भएको छ भने ८ जना बेपत्ता भएका छन्। शनिबार रातिको भीषण वर्षापछि आएको पहिरोले जिल्लाको शैलुङ गाउँपालिका वडा नम्बर ३ लेखर्क पहरीगाउँका चार वटा घर पहिरोले बगाएको छ। स्थानीय संगिता पहरीले दिएको जानकारी अनुसार घर बगाउदा नाबालकसहित ८ जना बेपत्ता भएका छन्। घटनास्थलमा सुरक्षाकर्मी परिचालन … Read more

नारायणगढ–मुग्लिन सडकको घुमाउनेमा बस दुर्घटना, १५ जना घाइते

चितवन। नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ घुमाउनेमा यात्रुवाहक बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । महेन्द्रनगरबाट काठमाडौँतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १३३२ नम्बरको बस दुर्घटना हुँदा उनीहरु घाइते भएका हुन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिनुभयो । घाइते सबैको चितवन … Read more

तनहुँ दुर्घटनामा मृतकको शव लिन भारतीय बिमान चितवन आउने,१६ जनाको पोष्टमाटम सकियो

चितवन:  तनहुँ दुर्घटनामा मृतकको शव लिन भारतीय बिमान चितवन आउने भएको छ । शनिवार अपरान्ह ३ बजे बिमान भरतपुर विमानस्थलमा आउने चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेब यादवले जानकारी दिनुभयो । उहाँका अनुसार अहिलेसम्म १६ जनाको शब पोष्टमाटम गरिएको छ । अब ११ जनाको पोष्टमाटम बाँकी छ । यस्तै तनहुँ बस दुर्घटनाका घाइते यात्रीहरूलाई भेट्न र … Read more

संस्कृत भाषाको लोकप्रियता विश्वमै बढ्दै गएको छः राष्ट्रपति पौडेल

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले संस्कृत भाषाको लोकप्रियता नेपाल र भारतमा मात्र नभई विश्वमै बढ्दै गइरहेको बताएका छन्।जयतु संस्कृतम् संस्थाले शीतल निवासमा आज आयोजना गरेको पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले विश्वका विभिन्न विश्वविद्यालयमा संस्कृत वाङ्मयको पठनपाठन हुनुले यसको महत्व विश्वव्यापी हुँदै गएको पुष्टि हुने बताए।उनले संस्कृत अमृत भाषा भएको उल्लेख गर्दै यसभित्र अमर … Read more

बाढीले कञ्चनपुरमा चारजनाको मृत्यु, करोडौंको क्षति

कञ्चनपुर। असार तेस्रो साताको बाढीबाट जिल्लामा एक अर्ब ५० करोडको क्षति भएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार भौतिक पूर्वाधार, कृषि बाली, उद्योग तथा पशुधनमा उक्त रकम बराबरको क्षति भएको हो। “बाढी र डुबानबाट भएको क्षतिको मूल्यांकन गरेर यहाँका कार्यालयहरुलाई विवरण पठाउन भने बमोजिम हामीलाई क्षतिको विवरण प्राप्त भएको छ। जिल्लाभर एक अर्ब ५७ करोड १० … Read more

पर्वतमा एक वर्षमा सात चितुवा मृत भेटिए

पर्वत, पर्वतका विभिन्न स्थानमा एक वर्षको अवधिमा सातवटा चितुवा मृत अवस्थामा भेटिएका छन् । जिल्लास्थित डिभिवन वन कार्यालयका अनुसार गत आर्थिक वर्षमा विभिन्न स्थानबाट सातवटा चितुवा मृत भेटिएका हुन् । कार्यालय प्रमुख झ्यामनारायण सापकोटाले गत पुस १ गतेदेखि गत जेठसम्ममा पोथी चितुवा र चितुवाका बच्चा मृतावस्थामा भेटिएका जानकारी दिनुभयो । गत पुस १ गते जिल्लाको … Read more

भैँसीले हान्दा बाघ मर्‍यो

मकवानपुर । मकवानपुरको मनहरिमा बाघ मृत अवस्थामा फेला परेको छ । आज बिहान ३:१५ बजेको समयमा मनहरि गाउँपालिका–६ प्रतापुर स्थित बल बहादुर राईको गोठमा बाघ मृत भेटिएको हो । बाघले राईको गोठमा रहेको भैँसीलाई आक्रमण गर्दा एक वटा भैँसी घाइते भएको र सोही गोठमा बाघ मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ  । … Read more

अभिनेता विपिन कार्कीलाई मातृशोक

अभिनेता विपिन कार्कीलाई मातृशोक परेको छ । उनकी आमा सरस्वती कार्कीको ७२ वर्षको उमेरमा बिहीबार बिहान पाटन अस्पतालमा उपचारको क्रममा निधन भएको हो । विभिन्न दीर्घरोगबाट पीडित रहेकी उनको ४ दिनदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उनलाई पछिल्लो समय फोक्सोमा पानी जम्ने र मस्तिकष्मा समस्या देखिएको थियो । उनको पार्थिव शरिरलाई बिहीबार बिहान १० … Read more

नेशनल लाइफको अत्याधुनिक सुविधासम्पन्न भवनको वास्तु पूजा सम्पन्न

काठमाडौं- नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले नेपालगंज सुर्खेत रोडमा निर्माण सम्पन्न गरेको अत्याधुनिक सेवा सुविधा सहितको व्यापारिक भवनको कम्पनीका अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहबाट वास्तु पुजा सम्पन्न भएको छ ।कम्पनीका अनुसार वास्तु पुजामा कम्पनीका संचालक समितिका सदस्य, प्रमुख कार्यकारी अधिकृत लगायत उच्च पदस्थ कर्मचारीहरु सहित बरिष्ठ अभिकर्ताहरुको सहभागिता रहेको थियो । सो समारोहमा अध्यक्षले कम्पनीको यो … Read more

भरतपुर अस्पतालमा उपचाररत महिलाको मृत्यु, उपचारमा लापरबाही भएको आफन्तको आरोप

चितवन, भदौ ५-चितवनको भरतपुर अस्पतालमा उपचाररत एक महिलाकाे मृत्यु भएकाे छ । पाठेघरको मासुको टुक्रा (बायोप्सी) निकाल्न खोज्दा गैंडाकोट नगरपालिका–५ की ३९ वर्षीया सम्झना काफ्ले ढकाल मृत्यु भएको हाे ।अस्पतालमा मंगलबार बायोप्सी निकाल्ने क्रममा स्पाइनल एनेस्थेसिया (कम्मरभन्दा तलको भाग लठ्याउने) दिइएकी उनको मृत्यु भएको भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए । पाठेघरमा सिष्ट … Read more