रामेछापमा पहिरोले घर पुरिँदा २ को मृत्यु, ८ जना बेपत्ता

काठमाडौं। रामेछापमा पहिरोले ४ वटा घर बगाउँदा २ जनाको मृत्यु भएको छ भने ८ जना बेपत्ता भएका छन्।

शनिबार रातिको भीषण वर्षापछि आएको पहिरोले जिल्लाको शैलुङ गाउँपालिका वडा नम्बर ३ लेखर्क पहरीगाउँका चार वटा घर पहिरोले बगाएको छ। स्थानीय संगिता पहरीले दिएको जानकारी अनुसार घर बगाउदा नाबालकसहित ८ जना बेपत्ता भएका छन्।

घटनास्थलमा सुरक्षाकर्मी परिचालन भइसकेका छन्। अविरल वर्षातले वडा नम्बर २ र ३ को सीमा क्षेत्रमा पर्ने पक्की पुल पनि बगाएको छ। जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी इन्सपेक्टर कौशल न्यौपानेका अनुसार घटनास्थलबाट विस्तृत विवरण आउन बाँकी छ।

सेयर गर्नुहोस्