संवैधानिक परिषद् विधेयक पारित, अब प्रधानमन्त्रीको सहमतिमा मात्र निर्णय हुने संवैधानिक परिषद्सम्बन्धी ऐन २०६६ लाई संशोधन गर्न बनेको विधेयक संसदीय समितिबाट पारित भएको छ । आज सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले विधेयक परिमार्जनसहित पारित गरेको हो । परिषद्को बैठकमा कुनै सदस्य उपस्थित हुन नसके उपस्थित हुन नसक्ने कारणसहितको जानकारी बैठक बस्ने समयभन्दा … Read more

माध्यमिक तहको समकक्षता प्रमाणपत्र अनलाइनबाटै

माध्यमिक तहको मान्यता तथा समकक्षताको प्रमाणपत्र अनलाइनबाटै पाइने भएको छ । पाठ्यक्रम विकास केन्द्रले नेपालमा सञ्चालित स्वदेशी वा विदेशी संस्था र बोर्डबाट शैक्षिक उपाधि हासिल गरी माध्यमिक तह (कक्षा १० र १२) सरह तथा कक्षा १० भन्दा तल्लो तह र कक्षाको मान्यता तथा समकक्षता पत्र अनलाइनमार्फत उपलब्ध गराउने भएको हो । केन्द्रको मान्यता तथा समकक्षता … Read more

ट्राफिक स्वयम्‌सेवकबारे राज्य व्यवस्था समितिको चासो

ट्राफिक नियम उल्लंघन गरेका व्यक्तिलाई स्वयम्‌सेवक बनाएर सडकमा खटाउने गृहमन्त्री रवि लामिछानेको निर्णयप्रति राज्य व्यवस्था तथा सुशासन समितिले चासो देखाएको छ । बिहीबार समिति सभापति रामहरी खतिवडाले मानव अधिकारको हनन हुनेगरी नागरिकलाई सडकमा उभ्याउने गृहमन्त्रीको निर्णय गलत भएको बताएका हुन् । उनले भने, ‘यो कानुनी राज्य हो । जतिखेर जसलाई जे मन लाग्यो त्यही निर्णय … Read more

प्रहरीको उमेरहदबारे अध्ययन गर्न कार्यदल गठन

नेपाल प्रहरी र सशस्त्र प्रहरीको उमेरहदबारे अध्ययन गर्न कार्यदल गठन गरिएको छ । गृहमन्त्री रवि लामिछानेले मन्त्रालयका सहसचिव एवं कर्मचारी महाशाखाका प्रमुख झक्कप्रसाद आचार्यको संयोजकत्वमा ७ सदस्यीय कार्यदल गठन गरेका हुन् । कार्यदलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका एक जना डीआईजी, अर्थ मन्त्रालयका उपसचिव, गृह मन्त्रालयको कानुन उपसचिव, मन्त्रालयले तोकेको सुरक्षा विज्ञ र … Read more

पशुपतिनाथका चारवटै ढोका असार १ गतेदेखि बिहान ४ बजे नै खोलिने

काठमाडौं। राष्ट्रदेव भगवान पशुपतिनाथका चारवटै ढोका आगामी असार १ गतेदेखि बिहान ४ बजे नै खोलिने भएका छन्। पशुपतिनाथ दर्शन गर्ने दशनार्थीको सङ्ख्या बढ्दै गएको र सबैले बिहानको समयमा पशुपतिनाथका चारवटै ढोकाबाट दर्शन गर्न पाउन भन्ने उद्देश्यका साथ असार १ गतेदेखि पशुपतिनाथको चारवटै ढोका खोलिने पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए। उनले भने, … Read more

सानेपामा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

ललितपुरको सानेपामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । मृत्यु हुनेमा रामेछापको मन्थली नगरपालिका–६ का २४ वर्षीय विजय घिसिङ रहेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीले बताए । मन्थली–६ कै सन्जयकुमार घिसिङ भने घाइते भएका छन् । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । … Read more

आगामी वर्ष ‘महिला लगानी वर्ष’ का रूपमा मनाइने

सरकारले आगामी आर्थिक वर्ष (आव) लाई ‘महिला लगानी वर्ष’ का रूपमा मनाउने घोषणा गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आव २०८१/८२ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् । गर्भवती तथा सुत्केरी महिलाको निःशुल्क हवाई उद्धारलाई थप प्रभावकारी बनाइने उनले बताए । राष्ट्रपति महिला सशक्तिकरण कार्यक्रम पुनर्संरचना गरी आर्थिक क्रियाकलापसँग जोडिने अर्थमन्त्री पुनले … Read more

मातृ तथा नवजात शिशु स्याहार कार्यक्रमका लागि ३ अर्ब ६ करोड

सरकारले आमा सुरक्षा, मातृ तथा नवजात शिशु स्याहार कार्यक्रमका लागि ३ अर्ब ६ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट मार्फत सो कार्यक्रमका लागि ३ अर्ब ६ करोड बजेट विनियोजन गरेका हुन् ।

बढेन कर्मचारीको तलब, ‘सेवाग्राहीसँग शुक्रबार कार्यक्रम’ घोषणा

सरकारले कर्मचारीको तलब सुविधा नबढाउने भएको छ । मंगलबार प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले पेश गरेको आगामी आर्थिक वर्ष २०८१/८२को बजेट वक्तव्यमा वर्षमान पुनले कर्मचारीको तलबमान वृद्धिको घोषणा गरेनन् । पछिल्लो पटक सरकारले १ साउन २०७९ देखि लागू हुनेगरी कर्मचारीको नयाँ तलबमान कायम गरेको थियो । त्यतिबेला निजामती कर्मचारी, सेना, प्रहरी, शिक्षक, … Read more

ऊर्जा मन्त्रालयले पायाे ३६ अर्ब ८१ करोड रुपैयाँ बजेट, यस्ता छन् कार्यक्रम

सरकारले ऊर्जा, जलस्राेत तथा सिँचाइ मन्त्रालयका लागि ३६ अर्ब ८१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आउँदो वर्ष १५ हजार ५ सय ७१ हेक्टर जमिनमा थप सिँचाइ विस्तार गर्ने बजेटमा उल्लेख छ । यस्तै रानीजमरा कुलरिया आयोजनाअन्तर्गत प्रथम चरणको १४ हजार ३ सय हेक्टर जमिनमा शाखा नहर सञ्चालन गर्ने र लम्की मूल नहरअन्तर्गत शाखा … Read more