आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइँदै

काठमाडौं। आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय संकटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित हुनुपर्नेमा जोड दिँदै नेपालसहित विश्वभर मनाइँदै छ। स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी गरेको दिनको सम्झनामा मे ३ तारिखलाई प्रेस स्वतन्त्रता दिवसको रुपमा मनाइने गरेको छ। संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक … Read more

सहकारी समस्या समाधानका लागि समिति गठन गर्ने मन्त्रिपरिषद बैठकको निर्णय

काठमाडौं। सरकारले समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समिति गठन गर्दै सोको अध्यक्षमा उच्च अदालतका पूर्वन्यायाधीश रमणकुमार गौतमलाई नियुक्त गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले सहकारीको समस्यालाई समाधान गर्न प्राथमिकता दिँदै अध्यक्ष नियुक्त गरेको हो। बैठकले वैशाख २८ गते शुक्रबार अपरान्ह २ बजे संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेको छ। … Read more

चितवनमा मोटरसाइकल अनियन्त्रित भई घरमा ठोक्किदा दुई जनाको मृत्यु

चितवन:  चितवनको रत्ननगर नगरपालिकामा मोटरसाइकल अनियन्त्रित भई घरमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर–३ बन्सी बस्ने २२ वर्षीय जीवन चौधरी र सोहि ठाउँ बस्ने १८ वर्षीय सुमित महतो रहेको प्रहरीले बताएको छ । बुधवार राति ११ः५५ बजेको समयमा रत्ननगर–४ वडा कार्यालय नजिक भित्री सडक खण्डमा जीवनले चलाएको ना २२ प ३४४४ … Read more

वन डढेलो विकराल बन्दै, देशभर एक सय ६५ ठाउँमा डढेलो

काठमाडौं। देशभर वन डढेलोको अवस्था विकराल बन्दै गइरहेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज ३९ जिल्लाका एक सय ६५ स्थानमा वन डढेलो लागिरहेको छ। वर्षा नभएमा अझै पनि वन डढेलो बढ्दै जाने भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन्। यता जल तथा मौसम विज्ञान विभागअन्तर्गत जल तथा मौसम पूर्वानुमान महाशाखाले भने तत्कालका … Read more

टी-२० विश्वकप खेल्ने नेपाली टिमको घोषणा, को को परे ?

काठमाडौं। नेपालले टी–२० विश्वकप खेल्ने टिमको घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपका लागि रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो। टी–२० विश्वकप खेल्ने नेपाली टिममा रोहितकुमार पौडेल (कप्तान) आसिफ सेख, कुशल भुर्तेल, अनिल शाह, सन्दीप जोरा, दिपेन्द्र सिंह … Read more

कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता

धरान। सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट सञ्चालन भइरहेको बाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलामा एकै दिनमा डेढ लाखभन्दा बढी भक्तजन सहभागी भएका छन्। महाकुम्भ मेला मूल आयोजक समितिका सचिव चन्द्र मगरले अहिलेसम्मकै सबैभन्दा धेरै दर्शनार्थी उपस्थित भएका हुन्। आतबारदेखि शुक्रअन्ध सुरु हुने भएकाले यति धेरै दर्शनार्थी सहभागी भएको उनको भनाइ छ। मेलामा भक्तजनको … Read more

आजदेखि तेस्रो लगानी सम्मेलन काठमाडौंमा शुरू हुँदै

काठमाडाैं। दुईदिने तेस्रो लगानी सम्मेलन आजदेखि काठमाडौंमा सुरु हुँदैछ। सम्मेलनमा स्वदेश तथा विदेशबाट गरेर एक हजार ६ सय जनाभन्दा बढीको सहभागिता सुनिश्चित भएको छ। लगानी बोर्डको कार्यालयले उपलब्ध गराएको विवरणअनुसार सम्मेलनका लागि दुई हजार चार सयभन्दा बढी व्यक्तिलाई निमन्त्रणा पठाइएको थियो। विभिन्न ५५ देशका लगानीकर्ता सम्मेलनका लागि आउँदैछन्। सम्मेलनका नेपालका तीन सय ८५ जनाको सहभागिता … Read more

इलाम–२ को राति ११ बजेपछि र बझाङको भोलि बिहान १० बजेपछि मतगणना हुने

काठमाडौं। इलाम–२ को मतपेटिका राति ११ बजेसम्म मतगणना स्थलसम्म जम्मा हुने भएको छ। निर्वाचन आयोगले सबै मतदानस्थलबाट मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ढुवानीको कार्य भइरहेको जानकारी दिएको छ। इलाम–२ मा  इलाम नगरपालिका वार्ड नं. ७ स्थित गौतम बुद्ध सभागृहमा मतगणनाको तयारी गरिदै छ। आयोगका अनुसार राति १० बजेसम्म सबै मतपेटिका मतगणना स्थलमा आइपुग्ने जनाएको छ। त्यसपछि … Read more

भरतपुर महानगर प्रमुख रेनु दाहालले ३९ किसानलाई बाडिन् बाख्रा र हाँसको चल्ला

चितवन:  भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले ३९ किसानलाई बाख्रा र हाँसको चल्ला बाडेकी छन् । महानगरपालिकाले पशुपालन गरिरहेका कृषकलाई प्रोत्साहन गर्न भरतपुर–२२ का परिवारलाई बाख्रा र हाँस बितरण गरेको हो । २०८० सालदेखि सुरु निर्वाहमुखी कृषिकर्म गरिरहेका कृषकलाई प्रोत्साहन गर्ने अभियान यो वर्ष पनि निरन्तरता दिएको मेयर दाहालले जानकारी दिइन् । अभियानकै क्रममा शनिबार १९ … Read more

लागुऔषधको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै चितवन, सातवटै पालिकामा नियन्त्रण महाअभियान सुरु

चितवन: लागुऔषधको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै गएको चितवनमा लागुऔषध निष्तेज पार्ने अभियान सुरु भएको छ । जिल्लामा लागुऔषधको प्रयोगकर्ता युवाको संख्या बढेसँगै चितवन प्रशासनको नेतृत्वमा तीन महिने महाअभियान सुरु गरिएको हो । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले आज तीन महिने महाअभियानको उद्घाटनसँगै कार्ययोजना पुस्तिका सार्वजनिक गरेकी छन् । सो अवसरमा महानगर प्रमुख दाहालले सभ्य, सुन्दर सुसंस्कृत … Read more