जनजाति साँस्कृतिक महोत्सवको समय तीन दिन लम्बियो

नारायणगढ । नारायणी नदी किनारमा जारी ‘प्रथम आदिवासी जनजाति साँस्कृतिक तथा व्यापारिक महोत्सव–२०८०’ को समय थप भएको छ। आइतबार सकिन लागेको महोत्सवको समय तीन दिन थप भएको महोत्सव मूल समारोह समितिका संयोजक एवम् नेपाल आदिवासी जनजाति महासंघ (निफिन) चितवनका अध्यक्ष महेन्द्र दुराले जानकारी दिए। दर्शकको उपस्थितिलाई हेरेर तीन दिन समय थप गरिएको उनले बताए। महोत्सवमा … Read more

ठमेललाई चौबिसै घण्टा खुला गर्नेबारे स्थानीयवासीको विरोध

काठमाडौं। काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल बजार २४सै घण्टा खुला गर्ने निर्णयमा स्थानीयले असन्तुष्टि व्यक्त गरेका छन्। उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले ठमेल र दरबारमार्गलाई २४सै घण्टा खुला गर्ने तयारी गरेपछि ठमेल क्षेत्रका घरधनीले उक्त निर्णयको विरोध गरेका हुन्। ठमेलका घरधनीको आज बसेको बैठकले ठमेललाई २४सै घण्टा खुलाउने निर्णयको विरोधमा … Read more

पक्राउ पर्नेबित्तिकै अस्पताल भर्ना हुने प्रवृत्ति बढ्यो, कार्यविधि बनाउँदै काउन्सिल

काठमाडौँ:  प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेका व्यक्ति अनुसन्धानकै क्रममा अस्पताल भर्ना हुने क्रम बढेपछि त्यसबारे कार्यविधि नै तर्जुमा गर्न लागिएको छ । विभिन्न आरोपमा पक्राउ भएका व्यक्तिले स्वास्थ्यको कारण देखाउँदै अस्पताल भर्ना हुने प्रवृत्ति बढेपछि नेपाल मेडिकल काउन्सिलले त्यससम्बन्धी कार्यविधि तर्जुमा गर्ने भएको हो । गत माघमा बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको आरोपमा पक्राउ परेका … Read more

धादिङ अस्पतलामा कार्यरत डाक्टर प्रतिभा मृत फेला

काठमाडौं: डाक्टर प्रतिभा धौभडेल मृत फेला परेकी छिन्। धादिङ अस्पतलामा कार्यरत धौभडेल घर विदामा आएकी थिइन्। उनी काठमाडौं महानगरपालिका–१३ छाउनीस्थित घरमा मृत बिहीबार भेटिएकी हुन्। सलले पासो लगाएर झुण्डेको अवस्थामा देखेपछि उनका पतिले वीरेन्द्र सैनिक अस्पतालमा लगेका थिए। अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। चितवनको कलेज अफ मेडिकल साइन्सेसबाट एमबीबीएस, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट … Read more

बराहक्षेत्रमा कुम्भमेलाः तीस लाख पर्यटक भित्र्याउने लक्ष्य

धरान। सुनसरीको बराहक्षेत्र नगरपालिका-१ स्थित चतराधाममा यही चैत्र २७ गतेदेखि वैशाख २८ गतेसम्म महाकुम्भ मेला आयोजना हुने भएको छ। पूर्ण महाकुम्भ मेला मूल आयोजक समितिले बुधबार पत्रकार सम्मेलन गरेर यसपटकको मेलामा ३० लाख पर्यटक आउने आकलन गरेर सोहीअनुरुप व्यवस्थापन थालिएको जनाएको छ। आयोजक समितिका सहअध्यक्ष तथा बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले आन्तरिक तथा बाह्य पर्यटक … Read more

रामनगरमा रोकिराखेको बसमा माइक्रो ठोक्किदा ८ जना घाइते, चार जनाको अवस्था गम्भिर

चितवन: भरतपुर महानगरपालिका–१ रामनगरस्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अगाडि चेकिङका लागि रोकिराखेको बसमा माइक्रो बस ठोक्किएको छ । बसमा ठोक्किएर नजिकैको मोटरसाइकल ग्यारेजमा समेत ठक्कर दिँदा माइक्रोमा सवार ८ जना घाइते भएका छन् । जसमध्ये चार जनाको अवस्था गम्भिर रहेको प्रहरीले जानकारी दिएको छ । आज बिहान ५ बजेको समयमा झापाबाट … Read more

तनहुँ र चितवनलाई जोड्ने ठिमुरामा पक्की पुल,चैत १७ गते उद्घाटनको तयारी

दमौली: तनहुँको देवघाट गाउँपालिका र चितवनको भरतपुर महानगरपालिका जोड्ने त्रिशूली नदीमा रु २१ करोड ६८ लाख ४८ हजारको लागतमा पक्की पुल निर्माण भएको छ ।तनहुँको देवघाट गाउँपालिका–५ घिनाटार र भरतपुर महानगरपालिका–१ ठिमुरा जोड्ने उक्त पुल सञ्चालन पनि सञ्चालन भइसकेको छ । देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले पुलको औपचारिक उद्घाटनको योजना रहेको बताउनुभएको छ । पुल … Read more

पँधेरोमा नुहाउन गएकी पाल्पाकी १९ वर्षिय युवतीको घाँटी रेटेर हत्या

पाल्पा: पाल्पामा एक युवतीको घाँटी रेटेर हत्या भएको छ। पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नम्बर १ ख्याहामा बीभत्स तरिकाले हत्या भएको अवस्थामा युवतीको शव फेला परेको हो। मंगलवार दिउँसो घर नजिकैको पँधेरोमा नुहाउन गएकी ती युवतीको धारीलो हतियारले शरीका विभिन्न स्थानहरूमा प्रहार गरेर हत्या गरेको अवस्थामा भेटीएको स्थानीयले बताएका छन्। रिब्दीकोट गाउँपालिका वडा नं १ ख्याहाका … Read more

दुर्गा प्रसाईंका बडिगार्डलाई तत्काल रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौं । हतियारसहित सर्वोच्च अदालत परिसरबाट पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंका २ बडिगार्डलाई तत्काल रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।मंगलबार सर्वोच्चका न्यायाधीश नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले हतियारसहित पक्राउ परेका प्रसाईंका बडिगार्डद्धय रामकुमार धिमाल र दीपक खड्कालाई छाड्न आदेश दिएको हो । लाइसेन्स सहितको हतियार बोक्दा प्रहरीले पक्राउ गरेका भन्दै प्रसाईका बडिगार्डका … Read more

श्रमिकलाई विमानस्थलमा हैरानी नदिन गृहमन्त्री लामिछानेको निर्देशन

काठमाडौँ:  उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले ‘रेमिट्यान्स’ पठाएर देशको अर्थतन्त्रमा योगदान दिने श्रमिकलाई विमानस्थल प्रयोग गर्दा अमर्यादित र अभद्र व्यवहार नगर्न अध्यागमनका कर्मचारीलाई निर्देशन दिनुभएको छ । उहाँले अनावश्यक दुःख, कष्ट र हैरानी दिने प्रवृत्ति तत्काल सुधार्न पनि आग्रह गर्नुभएको छ । अध्यागमन विभागमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले सहानुभूतिसहित सकारात्मक व्यवहार गरी आजैदेखि … Read more