पूर्वसचिव भीम उपाध्यायसहित १८ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसचिव भीम उपाध्यायसहित १८ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । आयोगले मेलम्ची खानेपानी परियोजनामा भ्रष्टाचार गरेको अभियोगमा तीन पूर्व सचिवसहित १८ जनाविरुद्ध आइतबार विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दर्ता गरेको अख्तियार प्रवक्ता नरहरि घिमिरेले बताए । प्रवक्ता घिमिरेका अनुसार मेलम्ची खानेपानी विकास समितिको बोर्डका तत्कालीन अध्यक्ष एवं खानेपानी मन्त्रालयका तत्कालीन … Read more

गठबन्धनका कारण कांग्रेसको भोटको प्रतिशत घट्दै गयो : शेखर कोइराला

काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गठबन्धनका कारण कांग्रेसको भोटको प्रतिशत घट्दै गएको बताएका छन्। आइतबार काठमाडौंमा महासमिति बैठकमा सहभागी हुन आएका सदस्यका निम्ति आयोजित चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले सरकारमा सहभागी हुँदा रमाइरहेपनि यसका कारण कांग्रेसको भोटको प्रतिशत घट्दै गएकोप्रति गम्भीर हुन नसकेको बताएका हुन्। देशैभर कांग्रेस कार्यकर्तामा गठबन्धनप्रति निराशा छाएको भन्दै … Read more

अनन्तश्री ब्राह्माण्डीय महायज्ञ तयारी अन्तिम चरणमा

ढोरपाटन (बागलुङ)। सर्वसिद्धीधाम पञ्चकोटमा आयोजित अनन्तश्री ब्राह्माण्डीय महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ। यही फागुन ९ देखि २२ गतेसम्म सञ्चालन हुन लागेको महायज्ञका लागि पञ्चकोटलाई सिङ्गार्नुका साथै मालढुंगाबाट पञ्चकोटसम्म स्वागत ढोका निर्माण साथै अन्य व्यवस्थापनलाई तीव्रता दिइएको छ। पञ्चकोटधाम स्थापनाको १०औं वार्षिकोत्सवका अवसरमा आयोजना गर्न लागिएको महायज्ञ नेपालमै पहिलोपटक गर्न थालिएको हो। जल, जंगल र … Read more

सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियानको औपचारिक घोषणा

काठमाडौं। नेपाली कांग्रेसका नेताहरुले सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियानको औपचारिक घोषणा गरेका छन्। शनिबार काठमाडौंमा कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीको संयोजकत्वमा महाअभियानको घोषणा गरिएको हो। महाअभियानको घोषणा गर्दै भण्डारीले देशका प्रमुख विषयहरुलाई स्थापित गर्दै नेपालीहरु अघि बढ्न सकेमा नेपाल विश्वको एकमात्रै हिन्दुराष्ट्र बन्ने बताए। देशको सनातन धर्मलाई रक्षा गर्दै देशको आर्थिक समृद्धिको बाटोमा देशलाई अघि … Read more

कलाकारहरू भाइरल होइन, लोकप्रिय हुनुपर्छः प्रधानमन्त्री दाहाल

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली लोकसङ्गीतमा देखिएको बाह्य अतिक्रमण र विकृतिप्रति सचेत हुनुपर्ने बताएका छन्। राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालद्वारा आज आयोजित खुला लोकदोहोरी प्रतियोगिताको उद्घाटन गर्दै प्रधानमन्त्रीले नेपालीपनको संगीत विकृतितर्फ लालयित हुँदै गएकोप्रति गम्भीर हुनुपर्ने बताए। विविधतापूर्ण मौलिकतामा आधारित गीत संगीतले निकै राम्रो प्रगति गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भने, “दर्शक–स्रोतको मन … Read more

सुकुम्बासीलाई जग्गा फिर्ता हुने आश

महोत्तरी । आफ्नो भोगचलनमा रहेको जग्गा अर्कैको नाउँमा दर्ता हुँदा बिरक्तिएका महोत्तरीको भङ्गहा–४ थारूटोल बनराका सुकुम्बासीलाई अब भने राहत पाइने आश जागेको छ । आफ्नै ठाउँबाट धपिएको पीडा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सुनाएपछि उनमा आश पलाएको हो । ‘करिब २५ वर्षदेखि हाम्रो जग्गा अर्कैले भोगचलन गर्दैछ’, सुकुम्बासी बस्तीका कैलाश चौधरी थारूले भने, ‘प्रधानमन्त्रीले छानबिन आयोग … Read more

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले आज एक सुचना जारी गर्दै २०८१ वैशाख १४ गतेदेखि हुने परीक्षाको समय तालिका सार्वजनिक गरेको हो । आगामी वैशाख १४ गतेदेखि बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सकिने परीक्षा नियन्त्रण … Read more

बालकुमारी घटनाः छानबिन समितिले गृहमन्त्रीलाई बुझायो प्रतिवेदन

काठमाडौं। बालकुमारी घटनाबारे सत्यतथ्य जाँचबुझ गर्न सरकारले गठन गरेको आयोगले उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसमक्ष आफ्नो प्रतिवेदन प्रस्तुत गरेको छ । प्रतिवेदन बुझ्दै उपप्रधानमन्त्री श्रेष्ठले आयोगले सत्यतथ्य जाँचबुझ गरी मेहनतपूर्वक निकालेको निष्कर्षलाई कार्यान्यवन गरिने बताए। गत पुस १३ गते ललितपुरको बालकुमारीस्थित इपिएस कोरिया शाखा कार्यालयमा परीक्षा फारमा भर्ने विषयलाई लिएर भएको प्रदर्शनमा चौरपाटी अछामका वीरेन्द्र … Read more

दश जोड दुईपछि विद्यार्थी विदेश पलायन भएको भन्दै चिन्ता

गैँडाकोट । रोजगारीको नाममा कक्षा १२ पढे लगत्तै देश बाहिर युवाशक्ति पलायन हुने गरेको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । उनिहरुले कम्तीमा स्नातक तह सम्मको पढाइ नेपालमै गरेर मात्रै देश बाहिर गएमा भने अनुसारको रोजगारी सृजना हुने भन्दै त्यस तर्फ ध्यान दिन सबैलाई अनुरोध गरे । हिसान बागमती प्रदेशले नवलपुरको गैँडाकोटमा आयोजनाका गरेको अन्तर … Read more

भरतपुर विमानस्थलको विस्तारको कार्य सुरु, सोमबारदेखि सर्वे हुने

चितवन । भरतपुर विमानस्थलको विस्तारको प्रकृया अघि बढेको छ । शुक्रबार भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको अध्यक्षतामा बसेको बैठकले विमानस्थलको विस्तारको प्रकृया तत्काल बढाउने सहमति भएको हो । विस्तारका लागि सर्वे गरी डिजाइन गर्नुका साथै डिजाइन अनुरुप ओएलएस (अप्सट्रेकल लिमिटेशन सर्वे) गरिने भरतपुर महानगरपालिकाका वरिष्ठ ईन्जिनियर सन्तोष आर्चायले जानकारी दिनुभयो । सर्वे आगामी सोमबारबाट सुरु … Read more