व्यवसायी पण्डितले गरे पुख्र्यौली थलोमा बिद्यार्थीलाई शैक्षिक सामाग्री

चितवनः भरतपुर महानगरपालिका वडा नम्बर ६ गितानगरका उपेन्द्र पण्डीतले आफ्नो पुख्र्यौली थलो तनहुँको रतनपुर पुगेर एक बिद्यालयका बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण गर्नुभएको छ । भानु नगरपालिका वडा नम्बर १२ को श्री राष्ट्रिय जलदेवी आधारभूत बिद्यालयका बिद्यार्थीहरुलाई उहाँले आज शैक्षिक सामाग्री, सरसफाइका सामाग्री र बिद्यालयलाई आबश्यक नक्सा, ग्लोब जस्ता सामाग्रीहरु हस्तान्तरण गर्नुभएको छ । सो बिद्यालयमा … Read more

चितवन मेडिकल कलेजले रचनात्मक कार्यक्रम गरी मनायो १७ औं बार्षिकोत्सव

चितवन । चितवन मेडिकल कलेजले आफ्नो स्थापनाको १७ औँ वार्षिकोउत्सव विभिन्न रचनात्मक कार्यक्रम गरि मनाएको छ । कलेजले आज भरतपुरस्थित कैलाशनगरमा विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाएको हो । सो अवसरमा बोल्दै प्रमुख अतिथि चितवनका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले चितवन मेडिकल कलेजले स्वास्थ्य क्षेत्रका जनशक्ति उत्पादनमा महत्वपूर्ण भूमिका खेलेको बताउनु भयो । उहाँले सिएमसीले संस्थागत … Read more

आज वसन्त पञ्चमी: विद्याकी देवी सरस्वतीको पूजा गरी मनाइँदै

काठमाडौं। आज वसन्त पञ्चमी अर्थात् सरस्वती पूजा देशभर विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदै छ। विद्याकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्रलाई सरस्वतीका रूपमा पूजा-आराधना गर्छन्। सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन्। आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा … Read more

धुलोले दाउन्नेको व्यापार चौपट

नवलपुर। विगतमा जुनसुकै बेलामा पनि चहलपहल भइरहने नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्ने क्षेत्रका होटल अहिले सुनसान छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडकखण्डबीचको जङ्गल क्षेत्रमा रहेको यो ठाउँमा धुलाम्य सडकका कारण व्यापार चौपट भएको छ । धुलोले व्यापार व्यवसाय ह्वात्तै घटेको छ। प्रायः भरिभराउ नै रहने यहाँका होटल सडक विस्तारको काम सुरु भएसँगै अहिले सुनसान छन्। पूर्व–पश्चिम राजमार्गमा … Read more

हिंसा मच्चाउनेहरू १८ वर्ष अघि नै सत्तामा पुग्दा पनि पीडितले न्याय पाएनन् : ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायलाई पीडित मैत्री बनाएर टुङ्गो लगाउनुपर्ने बताएका छन्। मंगलबार काठमाडौंमा मानवअधिकार रक्षकहरुको चौथो राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै अध्यक्ष ओलीले पीडितलाई अन्याय हुने गरि सङ्क्रमणकालीन न्यायको विषय टुङ्गिन नसक्ने बताएका हुन्। उनले माओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवा सङ्क्रमणकालीन न्यायलाई टुङ्ग्याउने पक्षमा नै नरहेको बताए। त्यसकै … Read more

समाजलाई सभ्य, सुसंस्कृत र समृद्ध बनाउन नारीलाई स्वावलम्बी बनाउन आवश्यक : राष्ट्रपति

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले समाजलाई सभ्य, सुसंस्कृत र समृद्ध बनाउन नारीहरूलाई सुशिक्षित, स्वावलम्बी र सशक्त बनाउनै पर्ने बताएका छन्। “समाजलाई सभ्य सुसंस्कृत र समृद्ध बनाउन नारीहरूलाई सुशिक्षित, स्वावलम्बी र सशक्त बनाउनै पर्छ”, राष्ट्रपति पौडेलले भने, “गार्गी कन्या गुरुकुलमा आयोजित श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञको मंगलबार उद्घाटन गर्दै पौडेलले भने, “देशमा रहेका गुरुकुलमा कन्याहरूलाई यथोचितरुपमा वैदिक शिक्षा दिने … Read more

दुर्गा प्रसाईंको नेतृत्वमा आज काठमाडौंमा प्रदर्शन

काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईँको नेतृत्वमा काठमाडौँमा आज प्रदर्शन हुने भएको छ। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नामक संस्थामार्फत विभिन्न गतिविधि गर्दै आएका प्रसाईंको नेतृत्वमा काठमाडौँको भृकुटीमण्डपमा प्रदर्शन हुन लागेको हो। राजावादी र हिन्दुवादीहरूको ‘नैतिक समर्थन’ रहेको भनिएको सो आन्दोलनलाई राप्रपा र राप्रपा नेपालजस्ता पार्टीहरूले नैतिक समर्थन जनाएका छन्। यसैबीच पूर्वराजा ज्ञानेन्द्र … Read more

जनयुद्धका जगमा स्थापित अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति हुन् : प्रधानमन्त्री दाहाल

काठमाडौं। प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धका जगमा स्थापित अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति भएकाे बताएका छन्। जनयुद्धको २९औँ वार्षिकोत्सवका अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष दाहालले नेकपा (माओवादी) ले नेतृत्व गरेको भएता पनि जनयुद्ध पहिचान, अधिकार, मुक्ति, न्याय र स्वतन्त्रता चाहने सम्पूर्ण मुक्तिकामी एवं परिवर्तनप्रेमी नेपालीको साझा … Read more

मुग्लिन–पोखरा सडक विस्तार : दमौलीका घर भत्काइने

दमौली। मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको दमौली बजारका केही घर भत्काउनुपर्ने भएकाले त्यसमा स्थानीय सकारात्मक भएका छन्। व्यास नगरपालिका–२ वडा कार्यालयमा आइतबार भएको अनौपचारिक छलफलमा स्थानीयले यथाशक्य चाँडो सडक किनारमा पर्ने आफ्ना घर भत्काएर कामलाई तीव्रता दिन सहमति जनाएका हुन्। मुग्लिन–पोखरा सडक विस्तार योजना पूर्वीखण्डका इन्जिनियर, तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष वैकुण्ठनाथ मिश्रसहितका पदाधिकारीको बैठकले बाटो … Read more

राष्ट्रपतिद्वारा गायिका पौडेलको सम्मान

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले इंडियन आइडलको उत्कृष्ट दशमा पुग्न सफल नेपाली गायिका मेनुका पौडेललाई सम्मान गरेका छन्। राष्ट्रपति पौडेलले आज राष्ट्रपति कार्यालयमा आयोजित एक समारोहमा मेनुकालाई सम्मान गरेका हुन्। राष्ट्रपति पौडेलले मेनुकाको परिश्रम र योग्यताले सबै नेपालीको शिर उच्च पारेको बताए। उनले निरन्तरको अभ्यासबाट मानिसलाई सफलता प्राप्त हुने बताए।