नेपालमा बंगलादेश र म्यानमारमा जस्तो चुनाव हुन नदिने सिलसिला शुरु भयोः ओली

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अधिनायकवाद शुरु भएको टिप्पणी गर्नुभएको छ । आईतवार काठमाडौंमा आयोजित राष्ट्रिय युवा संघ नेपालको केन्द्रिय समिति बैठकमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । अध्यक्ष ओलीले बंगलादेश र म्यानमारमा अधिनायकवादीहरुले चुनाव गर्ने नाममा त्यसको मिति सार्दै गएको दृष्टान्त पेश गर्दै नेपालमा पनि सोही त्यही सिलसिला दोहो¥याउन … Read more

चितवनको खैरहनीमा कन्टेनरको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु

चितवन,कात्तिक २३- पूर्वपश्चिम राजमार्ग अन्तर्गत चितवनको खैरहनी नगरपालिका–८ चैनपुर चोकमा कन्टेनर ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००२ ख ०७९९ नम्बरको कन्टेनर ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०६–००५ प ७७६८ नम्बरको मोटरसाइकललाई शनिबार राति १२ बजेतिर ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकल चालक … Read more

चितवन राइनोजको ‘ट्यालेन्ट हन्ट’ भोलिदेखि, भरतपुर र हेटौंडामा हुने

चितवन, कार्तिक २३– नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाईज चितवन राइनोजले दुई दिन ट्यालेन्ट हन्ट गर्ने भएको छ । यसपटक बागमती प्रदेशको राजधानी हेटौंडालाई समेटेर चितवनले ‘ट्यालेन्ट हन्ट’ गर्न लागेको हो ।पहिलो दिन भोलि (सोमबार) हेटौंडा, भरतपुर र रत्ननगरका विभिभन्न ठाउँमा गरी पहिलो चरणको ट्यालेन्ट हन्ट हुने चितवन राइनोजले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । पहिलो … Read more

बेमौसमी वर्षाः दुई अर्बभन्दा बढीको क्षति

अविरल वर्षाबाट कोशी प्रदेशमा कूल रु दुई अर्ब पाँच करोड ४३ लाख ६७ हजार मूल्य बराबरको धानमा क्षति भएको कृषि विकास निर्देशनालय विराटनगले जनाएको छ । कोशी प्रदेशमा कात्तिकको पहिलो हप्तादेखि १७ गतेसम्म अविरल वर्षा भएको थियो । जसमा अविरल वर्षाकै कारण सुनसरीमा २०० हेक्टर जग्गामा लगाइएको दुई हजार मेट्रिक टन अर्थात् रु चार करोड … Read more

समानुपातिक उम्मेदवार बन्न रास्वपाले गर्‍यो आह्वान, पहिले समानुपातिक सांसद बनेका फेरि बन्न नपाउने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अगामि फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनामा समानुपातिक प्रणालीतर्फको उम्मेदवार आह्वान गरेको छ । चितवनको सौराहामा दुई दिनसम्म चलेको विस्तारित बैठकले समानुपातिक प्रणालीतर्फको उम्मेदवार बन्न आजैदेखि आह्वान गर्ने गरेको हो । पार्टीका सहमहामन्त्री विपिन कुमार आचार्यले प्रस्तुत गरेको उम्मेदवार छनोट रूपरेखामा आधारित रहेर उम्मेदवारी आह्वान गरिएको प्रवक्ता मनिष झाले जानकारी … Read more

क्रिकेटको स्वर्णिम युग सुरु भयोः अध्यक्ष चन्द

नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले नेपाली क्रिकेटको स्वर्णिम युग सुरु भएको बताउनुभएको छ । नेपाल प्रिमियर लिग (एनपिएल) को ट्रफी टुरका क्रममा कैलालीको टीकापुर उद्यानमा भएको ट्रफी टुरको शुभारम्भ कार्यक्रममा अध्यक्ष चन्दले पछिल्लो समयमा नेपालमा लोकप्रिय खेलका रुपमा क्रिकेट उदाएको बताउनुभयो । “यो क्रिकेटको स्वर्णिम युग हो । यसभन्दा पहिले नेपाली क्रिकेट … Read more

केरा र अनारको मूल्य बढ्यो

२१ कात्तिक, काठमाडौं । स्थानीय बजारमा केरा र अनारको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांकले शुक्रबार यी दुई फलफूलको मूल्य बढेको देखाएको हो ।आज शुक्रबार अनारको मूल्य प्रतिकिलो थोकमा औसत ७२ रुपैयाँ बढेको छ । आज अनार किलोको ४ सय २ रुपैयाँमा किनबेच भइरहेको छ । हिजो … Read more

पर्वतमा १३ वर्षअघि हत्या गरेर दुबई पुगेका रेशमबहादुर समातिए

२१ कात्तिक, काठमाडौं । १३ वर्षअघि एक व्यक्तिको हत्या गरेर दुबई पुगेका व्यक्ति इन्टरपोलको सहयोगमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्वतको बेउलीबासका रेशमबहादुर राना छन् । उनलाई इन्टरपोलको सहयोगमा पक्राउ परेर शुक्रबार नेपाल ल्याइएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अबि नारायण काफ्लेले बताए ।राना समेत भएको कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत पर्वतको १५ … Read more

सुर्खेत प्रहरी हिरासतमा एक थुनुवाको मृत्यु

२१ कात्तिक, सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका–११, पिपिराका ३५ वर्षीय गंगे सुनारको शुक्रबार बिहान मृत्यु भएको हो । लागुऔषध मुद्दामा पक्राउ परेका सुनार ८७ दिनदेखि सुर्खेत हिरासतमा थिए । सुनार शुक्रबार बिहान ६ बजेको समयमा ओछ्यानमै सुतेको बेलामा बेहोस अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय … Read more

सडक मापदण्डभित्रका घरटहरा हटाउन आग्रह

गुल्मी, कात्तिक २१ – यहाँस्थित रुरुक्षेत्र गाउँपालिकाले सडक स्तरोन्नति सहज र प्रभावकारी बनाउन सडक मापदण्डभित्र पर्ने घरटहरा तथा संरचना हटाउन सम्बन्धित बासिन्दालाई अनुरोध गरेको छ । मदन भण्डारी राजमार्ग योजना कार्यालयले सडक मापदण्डभित्र पर्ने घरटहरा, पसल र अन्य संरचनाहरुले सडक निर्माणमा अवरोध पु¥याइरहेकाले गाउँपालिकालाई समयमै उक्त संरचना हटाइदिन पत्राचार गरेको थियो । सोही पत्राचारलाई आधार … Read more