गाउँगाउँमा गुञ्जिन छाडे पुराना भैली गीत

तिहारका बेला कञ्चनपुरसहित सुदूरपश्चिमका गाउँगाउँमा पुराना भैली (भैलो) गीत गुञ्जिन छाडेका छन् । आधुनिकताको प्रवेशसँगै घरघरमा पुगेर डिजेमा बजाइने देउसीभैली गीतमा नाच्ने प्रवृत्ति मौलाउँदै जाँदा पुराना भैली गीत गाउने चलन हट्दै जान थालेको हो । आधुनिक साउण्ड सिस्टममा गीतहरू बजाएर नाच्ने कार्यले पुरानो सांस्कृतिक परम्परालाई विस्थापित गर्दै लगेपछि मौलिक भैली गीत विस्तारै हराउँदै जान थालेका … Read more

कार्तिक कृष्ण त्रयोदशीः आज काग तिहार मनाइँदै

प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मीठोमीठो चिजबीज खान दिएर मनाइँदैछ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रूपमा आज आइतबारलाई यो पर्व मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले राससलाई जानकारी दिनुभयो । यमराजले लोकको … Read more

विश्वकप लिग–२ः यूएईमा हुने सिरिजका लागि नेपाली टोली घोषणा

आगामी अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म युएईमा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ का लागि नेपालले आफ्नो अन्तिम टोली घोषणा गरेको छ। कप्तान रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय टोली तयार पारिएको हो। उपकप्तानको जिम्मेवारी दिपेन्द्र सिंह ऐरीले सम्हाल्ने छन्। टोलीमा नियमित खेलाडी सन्दीप लामिछाने, आसिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी र करण केसी … Read more

कात्तिक ३ देखि ६ गतेसम्मको मौसम विवरण

नेपालीको दोस्रो ठूलो पर्व तिहारमा मौसम सामान्य रहने छ । पश्चिमी वायुको प्रभावका कारण देशका केही पहाडी भूभागमा आंशिकदेखि साधारण बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले उल्लेखनीय रूपमा मौसम प्रणालीको प्रभाव नपरे पनि पश्चिमी वायुका कारण पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीसम्म हुने जनाएको छ । तिहारको समयमा पहाडी भूभागका एकदुई स्थानमा फाटफुट … Read more

वीरगञ्जमा झिलीमिली बत्ती लगाउँदा करेन्ट लागेर एकको मृत्यु

वीरगञ्ज महानगर–१ छपकैयाका १७ वर्षीय युवाको घरमा झिलीमिली बत्ती लगाउने क्रममा करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगञ्ज महानगर–१ छपकैया टोलका पियुसकुमार साह रहेका छन् । पर्सा प्रहरीका सूचना अधिकारी हरिबहादुर बस्नेतले शनिबार साँझको समयमा आफ्नो एकतले घरको छतमा झिलीमिली बत्ती लगाउने क्रममा वाइरिङको तारमा अचानक करेन्ट लागेर गम्भीर घाइते भएका साहको अस्पताल … Read more

मन्त्रिपरिषद् बैठकका विभिन्न निर्णय सार्वजनिक

सरकारले विशेष अदालतका रजिस्ट्रार जितेन्द्रबाबु थपलियालाई नेपाल न्याय सेवाको राजपत्राङ्कीत विशिष्ट श्रेणीको पदमा बढुवा गरी नियुक्त गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकको निर्णय सार्वजनिक गर्न आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेलले बढुवा नियुक्ति हुनुभएका थपलियालाई न्याय परिषद्को सचिव पदमा पदस्थापन गर्ने निर्णय भएको जानकारी … Read more

सरकारको एकमात्र उद्देश्य छ महिनाभित्र निर्वाचन सम्पन्न गर्नु होः प्रधानमन्त्री कार्की

प्रधानमन्त्री सुशीला कार्कीले छ महिनाभित्र निर्वाचन सम्पन्न गरी जननिर्वाचित सरकारलाई शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । परराष्ट्रमन्त्रीको समेत जिम्मेवारी सम्हाल्नुभएकी प्रधानमन्त्री कार्कीले आज परराष्ट्र मन्त्रालयमा नेपालस्थित कूटनीतिक निकायका प्रतिनिधिसँगको ‘ब्रिफिङ’मा वर्तमान सरकारको एकमात्र उद्देश्य आगामी फागुन २१ गते स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्नुरहेको बताउनुभयो । प्रधानमन्त्री कार्कीले … Read more

राष्ट्रपति पौडेलसमक्ष निर्वाचन आयोगको प्रतिवेदन पेस

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित एक कार्यक्रममा आयोगका कार्यवाहक अध्यक्ष रामप्रसाद भण्डारीले प्रतिवेदन पेस गर्नुभएको हो । रासस

टी–२० विश्वकप छनोटः नेपाल र सामाओ भिड्दै, नेपालका तीन खेलाडी परिवर्तन

ओमानमा जारी टी–२० विश्वकप छनोट अन्तरगत आज अन्तिम खेलमा नेपाल र सामाओ भिड्दै छन् । मस्कटमा जारी खेलमा सामाओ विरुद्ध नेपाल पहिले ब्याटिङ गर्दैछ । सुपर सिक्सको शीर्ष स्थानमा रहेको नेपालले आजको अन्तिम खेलमा तीन खेलाडी परिवर्तन गरेको छ । आजको खेलमा अलराउण्डर करण केसी, आरिफ शेख र स्पिनर ललित राजवंशी मैदानमा उत्रिदैछन् । सुपर … Read more

देवघाटमा मलामी गएका युवा नदीमा बेपत्ता

चितवनमा मलामी गएका एक युवा नारायणी नदीमा बेपत्ता भएका छन्। राप्ती नगरपालिका ६ बाट शव लिई देवघाट मलामी गएका २५ वर्षीय विजय चौधरी नारायणी नदीमा बेपत्ता भएका प्रहरीले जनाएको छ। शव दाहसंस्कारको क्रममा पौडी उनी नदीमा डुबेर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय चितवनका नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए। बेपत्ता चौधरीको खोजी भइरहेको छ।