चितवनमा फूल आयात रोक्न फ्लोरिकल्चर एसोसिएसन नेपाल चितवन शाखाको माग

जिल्लामा फूल आयात रोक्न फ्लोरिकल्चर एसोसिएसन नेपाल चितवन शाखाले माग गरेको छ । शाखाले प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई आज ज्ञापनपत्र बुझाउँदै जिल्लामा तिहारका लागि आवश्यक फूल तयार रहेकाले आयातित फूल र माला रोक्न माग गरेको हो । एसोसिएसनका सचिव सुलभ श्रेष्ठले जिल्लामा आयातित फूल मालासहित प्लाष्टिकजन्य मालामा रोक लगाउन माग गर्नुभयो । उहाँका अनुसार … Read more

अदालतको सेवा एक दिन पनि रोक्न मिल्दैनः प्रधानमन्त्री कार्की

प्रधानमन्त्री सुशीला कार्कीले अदालतको सेवा एक दिन पनि रोक्न नमिल्ने बताउनुभएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको सञ्चालक समिति र सर्वोच्च अदालतको प्रतिनिधिमण्डलसँगको संयुक्त बैठकमा उहाँले अदालतको सेवा रोक्न नहुने धारणा राख्नुभयो ।काठमाडौँ जिल्ला अदालतको भवन क्षतिग्रस्त भएपछि वैकल्पिक व्यवस्थाका लागि बैठकमा छलफल भएको प्रधानमन्त्री कार्कीको सचिवालयले जनाएको छ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल … Read more

बिआइटिएम अध्ययन गर्न चाहानेका लागि भोलि सेन्ट्रल मोडेल कलेजमा ग्राण्ड एडमिशन डे,एकैदिन लाखौंको छात्रबृत्ति प्रदान गर्ने

सेन्ट्रल मोडेल कलेज भरतपुरले बिआइटिएम (व्याजलर इन इन्फरमेशन टेक्नोलोजी म्यानेजमेन्ट) कार्यक्रममा ६६ लाख रुपैंया सम्मको छात्रबृत्ति एकैदिन प्रदान गर्ने भएको छ । कलेजले छात्रबृत्ति प्रदान गर्नका लागि असोज ३१ गते (अक्टोबर १७) मा ग्राण्ड एडमिशन डे को आयोजना गरेको छ । स्थापनाको बर्षमै उत्कृष्ट नतिजा दिन सफल कलेजले बिआइटिएम कार्यक्रमका लागि सय प्रतिशतसम्म तिहार बिशेष … Read more

जेनजी र हाम्रा माग एउटै हुन्,माओवादी अझै पनि मूलधारको पार्टी बन्छः प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी फेरि जनताको विश्वास जितेर मूलधारको पार्टी बन्ने दाबी गरेका छन् । शुक्रबार बिहान चितवनको भरतपुरस्थित पार्टी कार्यालय प्राङ्गणमा आयोजित भेटघाट कार्यक्रममा प्रचण्डले हालको ‘जेनेरेसन जेड (जेनजी) आन्दोलन’ का माग माओवादीका पुराना आदर्शसँग मेल खाने बताएका हुन् । युवाले उठाएका मागहरू हाम्रो आन्दोलनसँग गहिरो रूपमा जोडिएका छन्,उनले … Read more

विपिन जोशीका आमा र बहिनी स्वदेश फर्किए

हमासको कब्जामा रहेका विपिन जोशीको रिहाइका लागि अमेरिका गएका उनकी आमा र बहिनी आज स्वदेश फर्किएका छन् । विपिनको मृत्यु भएको पुष्टि भएपछि उनीहरु खाली हात फर्किएका हुन्। उनीहरु कतार एयरवेजबाट बिहीबार बिहान काठमाडौं आइपुगेका हुन् । हमासले बन्धक बनाएका कञ्चनपुरका विपिन जोशीको रिहाइको माग गर्दै आमा पद्मा जोशी र बहिनी पुष्पा साउनमा इजरायलसमेत पुगेका … Read more

माडीमा प्रहरीद्धारा मर्दनियालाई कुटपिट प्रकणः संलग्न प्रहरीलाई कारवाही गरिदै

गत असोज २२ गते राति माडी नगरपालिका–२ का कालुराम मर्दनियालाई घरमै पुगेर प्रहरीको एउटा समूहले कुटपिट गरेपछि घटनामा संलग्नहरुलाई कारवाहीको दायरमा ल्याइने भएको छ । जिल्ला प्रशासन कार्यालय भरतपुरमा बुधबार माडी नगरपालिकाका मेयर, उपमेयर, थारु कल्याणकारिणी सभाका जिल्ला तथा क्षेत्रीय सभापतिसहित स्थानीय जनप्रतिनिधि र अगुवाहरुसहितको छलफलमा घटनामा संलग्न प्रहरीहरुलाई कारवाहीको दायरमा ल्याउन लागिएको जानकारी गराईएको … Read more

बाढीले पाँच करोडको धान नष्ट

यही असोज १८ देखि २० गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीले झापामा ४६३ दशमलव ४२ हेक्टर जमिनको धानबाली नष्ट गरेको छ । कृषि ज्ञान कार्यालयका प्रमुख सागर विष्टले ७०३ कृषकको रु पाँच करोड ७५ लाख २३ हजार बराबरको एक हजार ६४४ दशमलव ३३ मेट्रिक टन धान नष्ट गरेको जानकारी दिनुभयो । “बाढीले अन्य कृषिबालीमा पनि … Read more

प्रधानमन्त्री कार्कीसँग बेलायती राजदूत फेनको शिष्टाचार भेट

प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत रोब फेन नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज भएको भेटवार्तामा उहाँहरूबीच द्विपक्षीय हितका विषयमा विचार आदानप्रदान भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उक्त भेटमा प्रधानमन्त्री कार्कीले यो असामान्य परिस्थितिमा बनेको सरकारका मुख्य प्राथमिकता एवं जिम्मेवारी सुशासन र निर्वाचन रहेका बताउँदै … Read more

तिहारमा अवाञ्छित गतिविधि देखिएमा प्रहरीलाई खबर गर्न आग्रह

नेपाल प्रहरीले सुख, शान्ति, समृद्धि र आपसी सद्भावका साथ मनाइने चाड तिहारमा आफ्नो घर र समुदायमा कुनै अवाञ्छित गतिविधि देखिएमा प्रहरीलाई तत्काल खबर गर्न आग्रह गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले आज एक सूचना जारी गरी चाडपर्वलाई अपराधरहित बनाई हर्षोल्लासपूर्वक मनाउन आफ्नो घर र समुदायमा कुनै अवाञ्छित गतिविधि देखिएमा तत्कालै प्रहरी कन्ट्रोल नम्बर १०० … Read more

सर्वोच्च बारद्वारा निष्पक्ष चुनावका लागि सघाउने प्रतिबद्धता

सर्वोच्च अदालत बार एसोसिएसनले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष तुल्याउने सरकारको अभियानमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालसँग सर्वोच्च अदालत बार एसोसिएसनका कार्यवाहक अध्यक्ष अम्बर राउतसहितका पदाधिकारीले आज भेट गरी मुलुकमा शान्ति सुव्यवस्था र आमजनतामा सुशासनको प्रत्याभूति दिलाउन आग्रह गर्नुभयो । उहाँहरूले भ्रष्टाचार नियन्त्रण, … Read more