विपिन जोशीको त्याग र बहादुरीलाई राष्ट्रले कहिल्यै बिर्सने छैन : प्रधानमन्त्री कार्की

प्रधानमन्त्री सुशीला कार्कीले विपिन जोशीको त्याग र बहादुरीलाई राष्ट्रले कहिल्यै बिर्सन नसक्ने बताउनुभएको छ । प्रधानमन्त्री कार्कीले आज जारी गर्नुभएको समवेदनामा जोशीको त्याग र बहादुरीलाई राष्ट्रले कहिल्यै नबिर्सने उल्लेख छ । “उहाँ त अब हामीमाझ रहनुभएन, तर बन्धक हुनुपूर्वका अन्तिम क्षणमा उहाँले अभूतपूर्व साहस, बहादुरी र त्याग देखाएर अन्य कैयौँ साथीहरूको ज्यान बचाउनुभएको कुराले हामी … Read more

धनकुटामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु,६ जना घाइते

धनकुटाको निगालेमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । विराटनगरबाट धनकुटाको महालक्ष्मी नगरपालिका जाँदै गरेको प्रदेश १०२००१ ख ९६०६ नम्बरको बुधबार दिउँसो दिगालेमा दुर्घटना भएको थियो । जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार बस दुर्घटना हुँदा महालक्ष्मी–७ की ५५ वर्षीया गंगा कार्की र ६० वर्षीय डिल्ली बरालको भएको … Read more

सभामुख घिमिरे र राजनीतिक दलका प्रतिनिधिबीच छलफल

सभामुख देवराज घिमिरेले मुलुकको समसामयिक वर्तमान राजनीति अवस्थाका बारेमा विभिन्न दलहरूसँग छलफल तथा परामर्श गर्नुभएको छ । सभामुखको कार्यकक्ष सिंहदरबारमा आज भएको बैठकमा दलका प्रतिनिधिहरूले आ–आफ्ना दलका तर्फबाट दृष्टिकोण र धारणा राख्नुभयो । छलफलमा सभामुख घिमिरेले अहिलेकोे परिस्थितिमा संविधान र लोकतन्त्रको रक्षाका लागि आफ्नो महत्त्पूर्ण भूमिका रहने जनाउँदै त्यसका लागि सबै दलको आवश्यक सहयोगको अपेक्षा … Read more

असहज परिस्थितिमा पार्टीभित्र सुदृढ एकता कायम गर्न अध्यक्ष ओलीको आग्रह

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अप्ठ्यारो र असहज परिस्थितिमा पार्टीभित्र सुदृढ एकता हुनुपर्नेमा जोड दिनुभएको छ । आजदेखि ललितपुरको भनिमण्डलस्थित रामबाघ महलमा सुरु भएको एमालेको दशौँँ केन्द्रीय कमिटी बैठकको प्रारम्भ गर्दै उहाँले आफूहरू सिमलको भुवाजस्तो जता हावा लाग्यो उतै बग्ने खालको पार्टी नभएको स्पष्ट पार्नुभयो । एमाले देशभक्ति, राष्ट्रियता, विकास र सामाजिक … Read more

अखिल (क्रान्तिकारी) चितवनको अध्यक्षमा कार्की चयन

अखिल (क्रान्तिकारी) चितवनको अध्यक्षमा इन्जिनियर सुशिल कार्की (अब्दुल) चयन भएका छन् । जिल्ला समन्वय समितिको २९औं जिल्ला सम्मेलनबाट इन्जिनियर कार्कीलाई सर्वसम्मत रूपमा जिल्ला अध्यक्षमा चयन गरेको हो । सम्मेलनबाट वरिष्ठ उपाध्यक्ष चोक बहादुर गुरुङ, उपाध्यक्षहरू सचिन भट्ट, देवराज अधिकारी र सविन गुरुङ रहेका छन्। त्यस्तै, सचिवमा सिद्दान्त मगर र सह–सचिवहरूमा अनुस्का मानन्धर, युनिक सापकोटा, सुसान्त … Read more

मंगलबार बेलुका खुलालु नदीको पुलबाट हाम फालेकी किशोरी बेपत्ता

खुलालु नदीको पुलबाट मंगलबार बेलुका ७ बजे नरहरिनाथ गाउँपालिका ७ उत्सवकी १४ वर्षीया किशोरी सिर्जना बटलाले पुलको बीच भागबाट हाम फालेर बेपत्ता भएको प्रहरीले जनाएको छ। हाम फालेकी किशोरीको खोजी भइरहे पनि अहिलेसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ । सिर्जना नरहरिनाथ गाउँपालिका ७ उत्सवका अनिपाल बटालाकी छोरी हुन्। बटालाको खुलालु बजारमा कपडा … Read more

संसद् विघटन असंवैधानिक, अराजनीतिक, अलोकतान्त्रिक हो :बर्तौला

नेकपा एमालेका नेता महेश बर्तौलाले संसद् विघटन असंवैधानिक, अराजनीतिक, अलोकतान्त्रिक भएको बताए। बुधबार सिंहदरबारमा सभामुखसँगको छलफपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले संसद् विघटन असंवैधानिक, अराजनीतिक, अलोकतान्त्रिक भएको बताए। जेनजीका राम्रा विषयहरू समेटेर जाने माध्यम भनेकै संसद रहेकाले संसद पुनःस्थापना जरुरी रहेको बताए। सरकार र सरकारका गृहमन्त्री निर्वाचन गराउनेभन्दा निर्वाचन हुनै नदिने काममा लागेको आरोप लगाएका छन् … Read more

चितवनमा उद्योगको पर्खाल भत्किदा तीन मजदुरको मृत्यु

चितवनमा एक दाना उद्योगको पर्खाल भत्किँदा च्यापिएर तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । रत्ननगर नगरपालिका वडा नम्बर १२ स्थित शान्तिकुञ्ज टोलमा रहेको किसान दानाको पर्खाल भत्किँदा च्यापिएर उद्योगमा काम गर्ने तीनजना मजदुरको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान ९ः५० को समयमा पर्खाल भत्किएर गम्भीर घाइते … Read more

देशलाई प्रतिक्रान्तितिर जान नदिन एमालेले प्रभावकारी कदम चाल्नुपर्छ : ओली

केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै एमालेका अध्यक्ष केपी ओलीले देशलाई प्रतिक्रान्तितिर जान नदिन एमालेले प्रभावकारी कदम चाल्नुपर्ने बताए। ‘देश बर्बादीतर्फ धकेलिएको छ, यस अवस्थालाई हामीले अविलम्ब लोकतान्त्रिक, जनपक्षिय, शान्तिपूर्ण, सुशासन युक्त, भ्रष्टाचारमुक्त र विकासोन्मुख शान्तिपूर्ण बाटोमा फर्काउनुपर्नेछ।’उनले भनेका छन् । उनले एमालेको नीति राम्रो भएर सबैभन्दा धेरै प्रहार भएको जिकिर गरे। एमाले नै कम्युनिस्ट आन्दोलनको … Read more

सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, घट्यो चाँदी

दिनदिनै नयाँ रेकर्ड बनाइरहेको सुन बुधबार तोलामा ४ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनको भाउ प्रतितोला २ लाख ४८ हजार ९ सय रुपैयाँ तोकेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ४ सय बढी हो । अघिल्लो दिन २ लाख ४८ हजार ५ सयमा सुनको कारोबार भएको थियो । … Read more