आज सुनको मूल्य तोलामा एक हजार २०० ले वृद्धि , कतिमा हुदैँछ कारोबार ?

अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बुधबारको तुलनामा आज एक तोला सुन रु एक हजार २०० ले महँगो भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार रु दुई लाख ३८ हजारमा कारोबार भएको एक तोला सुनको मोल आज रु एक हजार २०० ले बढेर रु दुई … Read more

जोनसन एन्ड जोनसन बेबी पाउडरबाट मृत्यु प्रकरण: ९६६ मिलियन डलर क्षतिपूर्ति दिन आदेश

अमेरिकाको लस एन्जलसस्थित एक अदालतले मेसोथेलियोमा क्यान्सरबाट मृत्यु भएकी एक महिलाको परिवारलाई ९६६ मिलियन अमेरिकी डलर क्षतिपूर्ति तिर्न जोनसन एन्ड जोनसन कम्पनीलाई आदेश दिएको छ । अदालतले महिलाको मृत्युका निम्ति कम्पनीलाई जिम्मेवार ठहर गर्दै यो जरिवाना लगाएको हो । परिवारका सदस्यले महिलाले जीवनभर कम्पनीको बेबी पाउडर प्रयोग गरेको र सोही कारण उनलाई क्यान्सर भएको जिकिर … Read more

जेनजी आन्दोलनपछि पहिलोपटक देउवासहित कांग्रेस पदाधिकारी बैठक बस्दै

नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे ललितपुरको होटेल हिमालयमा बस्नेछ । पार्टी सभापति शेरबहादुर देउवाले बोलाएको बैठकले असोज २६ गते बस्ने केन्द्रीय कार्यसमितिको बैठकको एजेन्डा तय गर्नेछ । देउवाले असोज २६ गते आइतबार दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन् । भदौ २३ … Read more

दश वर्षीया बालिका हत्या अभियोगमा पक्राउ परेका युवक सार्वजनिक

बर्दियामा १० वर्षीया बालिका भारती (एन्जल) देउवाको कर्तव्य ज्यान अभियोगमा पक्राउ परेका युवकलाई आज सार्वजनिक गरिएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाले आज यहाँ पत्रकार सम्मेलन गरी उक्त घटनामा संलग्न रहेको अभियोगमा पक्राउ परेका गेरुवा गाउँपालिका झबहीका २१ वर्षीय समीर तिरुवा (सुनार) लाई सार्वजनिक गरेको हो । बर्दियामा १० वर्षीया बालिका भारती (एन्जल) देउवाको कर्तव्य … Read more

प्रदेश सरकारले बाढी र पहिरोमा भत्किएका घर निर्माण गरिदिने

कोशी प्रदेश सरकारले केही दिनअघि गएको बाढीपहिरोले भत्किएका र बगाएका सबै घर पुनःनिर्माण गरिदिने भएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीका अध्यक्षतामा आज बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले सबै घर बनाइदिने निर्णय गरेको हो । विपद्मा सबैभन्दा बढी क्षति भएको इलाम, झापा र मोरङका घरहरू तत्कालै बनाउन सुरु गर्ने कोशी प्रदेश सरकारले जानकारी दिएको छ … Read more

नेपाल सरकार र जर्मन सरकारबीच विभिन्न सम्झौतामा हस्ताक्षर

नेपाल सरकार र सङ्घीय गणतन्त्र जर्मनीबीच वित्तीय सहयोग र प्राविधिक सहयोगसम्बन्धी दुई महत्त्वपूर्ण सम्झौतामा आज हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा भएको उक्त सम्झौतामा नेपाल सरकारको तर्फबाट मन्त्रालयका सहसचिव धनिराम शर्मा र जर्मन सरकारको तर्फबाट काठमाडौँस्थित नेपालका लागि सङ्घीय गणतन्त्र जर्मनीका राजदूत उडो भोल्जले हस्ताक्षर गर्नुभयो । यी सम्झौताले नेपालको ऊर्जा, स्वास्थ्य, कृषि, शासन तथा … Read more

स्वच्छ प्रतिस्पर्धामार्फत राजनीतिक निकास खोज्न आयोगको आग्रह

राष्ट्रिय मानवअधिकार आयोगले जनमतमा आधारित स्वच्छ राजनीतिक प्रतिस्पर्धामार्फत राजनीतिक निकासको प्रक्रियामा सहभागी हुन राजनीतिक दल र समूहलाई आग्रह गरेको छ । आयोगले सो कार्यमा सघाउन नागरिक समाज, सञ्चारकर्मी तथा मानव अधिकारकर्मीलाई अनुरोध गरेको छ । “विभिन्न समूहले आगामी दिनमा गर्ने भनिएका प्रदर्शनलाई मर्यादित र संयमित बनाउन, अरुप्रति लक्षित घृणायुक्त अभिव्यक्ति बन्द गर्न, सामाजिक सद्भाव कायम … Read more

दसैँभरको सुनसानपछि सौराहामा आउन थाले पर्यटक

सौराहाको युनिक वाइल्ड रिसोर्टमा आज ३० जना तेस्रो मुलुकका पर्यटक आउँदै गरेको भन्दै सञ्चालक गुणराज थपलियाले खुसी व्यक्त गर्नुभयो । गत वर्षहरुमा यतिबेला पर्यटकले भरिभराउ हुने सौराहामा यस वर्ष दसैँभरको सुनसानपछि पर्यटक आउन थालेसँगै होटल व्यवसायीहरुमा केही उत्साह थपिएको छ । यहाँको अत्यन्तै राम्रो पर्यटकीय मौसममा राजनीतिक परिवर्तन र ठाउँ–ठाउँको पहिरोका कारण पर्यटकहरुले बुकिङ रद्द … Read more

लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार

यहाँको लहान नगरपालिकाले सगरमाथा चौधरी आँखा अस्पतालसँगको सहकार्यमा पछिल्लो तीन वर्षयता आँखासम्बन्धी समस्या भएका नगरबासीको निशुल्क उपचार गर्दै आएको छ । पछिल्लो तीन आर्थिक वर्षमा मात्र १५ हजार आँखाका रोगीको निःशुल्क उपचार गरेको नगरपालिकाले जनाएको छ । तीमध्ये दुई हजार जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको छ । लहान–१५ ढोड्नामा आज सञ्चालन गरिएको निःशुल्क आँखा जाँच शिविरको … Read more

चितवनमा जापानीज इन्सेफ्लाइटिसका कारण मृत्यु हुनेको सङ्ख्या छ पुग्यो

जिल्लामा जापानीज इन्सेफ्लाइटिसका कारण मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ । साउनयता हालसम्म उनीहरुको मृत्यु भएको हो । जनस्वास्थ्य कार्यालयका अनुसार मृत्यु हुनेमा दुई जना भरतपुर महानगरपालिका, एक जना खैरहनी नगरपालिका, दुई जना राप्ती नगरपालिका र एक कालिका नगरपालिकाका रहेका छन् । पछिल्लो पटक खैरहनी वडा नम्बर ४ की महिलाको यो रोगका कारण मृत्यु भएको … Read more