कोशी प्रदेश आमसञ्चार विधेयकसम्बन्धी प्रतिवेदन पेस

कोशी प्रदेशसभाको आजको बैठकमा ‘कोशी प्रदेश आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सम्बन्धी प्रतिवेदन पेस भएको छ । न्याय, प्रशासन तथा विधायन समितिको सभापति कमला दर्नालले समितिको प्रतिवेदन सदनमा पेस गर्नुभएको हो । विशेष समय र शून्य समयमा विविध विषयमा ध्यानाकर्षण विशेष समय राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेशसभा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले सन्दकपुरमा पर्यटक भित्र््याउन … Read more

सरकारी कर्मचारीले काम गरेनन्, लोकसेवा रटेर बसेः मन्त्री न्यौपाने

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले सरकारी कर्मचारीहरूले कामभन्दा बढी लोकसेवामा ध्यान दिने गरेको बताएकी छन् । शुक्रबार विधायन व्यवस्थापन समितिको बैठकमा मन्त्री न्यौपानेले कर्मचारीहरूमा काम गर्ने मनोवृत्ति नदेखिएको बताइन् । उनका अनुसार, अहिले पनि सरकारी कर्मचारी काम गरेर बस्दैनन् । कर्मचारीहरू हाजिर लगाएर लोकसेवाको तयारीमा जुट्दा सरकारले चाहेजसरी नतिजा दिन नसकेको उनको भनाइ … Read more

भारत र चीनले नेपालको भूमि प्रयोग गर्नेगरी भएको व्यापारिक सम्झौता खारेज गर्न माग

सांसदहरुले भारत र चीनले नेपालको भूमि भएर गरेको व्यापारिक सम्झौता खारेज गर्न माग गर्नुभएको छ । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा बोल्दै लिपुलेक क्षेत्रको विवादबारे प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणको समयमा जोडदारका साथ उठाएर समाधान खोज्न आग्रह गर्नुभयो । सांसद घनश्याम रिजालले भारत र चीनले नेपालको उपस्थिति र सहमतिबिना नै आपसी व्यापारिक प्रयोजनका … Read more

पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमण बढ्दै

डेङ्गीको सङ्क्रमण ७४ जिल्लामा फैलिएको छ । पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमण पनि बढ्न थालेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालका अनुसार तीन हजार २४७ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ । पछिल्लो एक हप्तामा २११ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ । यसैगरी, डेङ्गी सङ्क्रमणबाट दुई जनाको … Read more

यूएईमा एकै महिना ३२ नेपालीको मृत्यु

खाडी राष्ट्र युनाइटेड अरब इमिरेट्स (यूएई)मा एकै महिना ३२ जना नेपालीको मृत्यु भएको छ । यूएईस्थित नेपाली दूतावासका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउनमा वैदेशिक रोजगारीका क्रममा यूएईमा रहेका ३२ नेपालीको मृत्यु भएको हो । अघिल्लो आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना यूएईमा ३० जना नेपालीले ज्यान गुमाएका थिए । नेपाली दूतावासका … Read more

कलेजका नक्कली शैक्षिक प्रमाणपत्र बनाउन संलग्न भएको आरोपमा रास्वपा चितवनका नेता कँडेल पक्राउ

नक्कली शैक्षिक प्रमाणपत्र बनाउन संलग्न भएको आरोपमा रूपन्देही प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का एकजना नेतालाई पक्राउ गरेको छ। चितवनको कालिका नगरपालिका-५ पदमपुरका हरिप्रसाद कँडेललाई प्रहरीले बिहीबार पक्राउ गरेको हो। उनी रास्वपाको बागमती प्रदेश प्रशिक्षण विभाग संयोजक हुन्। कँडेल प्रशिक्षण विभाग संयोजक रहेको कुरा रास्वपा चितवनका अध्यक्ष कृष्ण भुसालले पनि पुष्टि गरेका छन्। उनले आफ्नो नामको अगाडि … Read more

विद्यार्थी बोकेको भ्यान दुर्घटना हुँदा छ घाइते

बागलुङमा विद्यार्थी बोकेको भ्यान दुर्घटना हुँदा छ जना घाइते भएका छन् । जिल्लाको गलकोट नगरपालिका–५ स्थित शिवालय मन्दिर नजिकै आज बिहाने गलकोट बहुमुखी क्याम्पसको भ्यान दुर्घटना भएको हो । हरिचौरबाट हटिया जाँदै गरेको क्याम्पसको ग१झ ७४३ नं को भ्यान दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय गलकोटले जनाएको छ । दुर्घटनामा १८ वर्षीया सुस्मिता विक, १८ वर्षीया … Read more

मासिक ५०० बालबालिकालाई स्वर्णबिन्दु खुवाउँदै आयुर्वेद तथा वैकल्पिक चिकित्सालय

आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, रत्ननगरले विगत दुई वर्षदेखि बालबालिकालाई स्वर्ण बिन्दु प्राशन खुवाउँदै आएको छ । बागमती प्रदेश सरकारअन्तर्गतको यो अस्पतालमा मासिक ५०० बालबालिकाले यसको सेवन गर्दै आएको जनाइएको छ । चिकित्सालयका प्रमुख डा कोपिला अधिकारीका अनुसार स्वर्णबिन्दु प्राशन एक आयुर्वेदिक औषधीय मिश्रण हो, जसमा स्वर्ण भस्म, घ्यू, महलगायत जडीबुटी मिसाएर तयार गरिन्छ । यो … Read more

आज पनि सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

स्थानीय बजारमा बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ९५ हजार २०० निर्धारण भएको छ । त्यति नै परिमाणको चाँदी रु दुई हजार ३३० मा खरिदबिक्री भइरहेको छ । बिहीबार एक तोला सुन रु एक लाख ९४ हजार ८०० … Read more

ओहोदाको प्रमाणपत्र प्रस्तुत

ब्राजिलका लागि नेपालका राजदूत निर्मलराज काफ्लेले आज पेरुका राष्ट्रपति दिना एर्सिलिया बोलुआर्टे जेगारासमक्ष नेपालका गैरआवासीय राजदूतका रूपमा आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ । लिमामा आयोजित एक विशेष समारोहमा ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्दै राजदूत काफ्लेले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट राष्ट्रपति जेगारालाई उहाँको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै पेरुका जनताको निरन्तर शान्ति … Read more