सरकारका कामलाई प्रभावकारी रुपमा लैजान सकेमात्र पार्टी बलियो हुन्छः महासचिव पोखरेल

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले सरकारका कामलाई प्रभावकारी रुपमा लैजान सकेमात्र पार्टी बलियो हुने बताउनुभएको छ । ललितपुर, गोदावरीमा शुक्रबारदेखि जारी पार्टीको दोस्रो विधान महाधिवेशनमा समूहगत नेताबाट आएका सुझावको जवाफ दिने क्रममा उहाँले सरकारले गरेका कामलाई जनस्तरसम्म पु¥याउनुपर्ने बताउनुभयो । महासचिव पोखरेलले आफ्नो ठाउँ वडाबाट कार्यकर्ता र जनतालाई काममा जोड्नुपर्नेमा जोड दिनुभयो । … Read more

सुनचाँदीको मूल्य निरन्तर उकालोतिर

अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । गत शुक्रबार प्रतितोला रु दुई लाख १० हजारमा कारोबार भएको सुनको मोल आज रु दुई हजारले बढेर रु दुई लाख १२ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदीको मूल्य पनि तोलामा रु १० ले बढेको छ । … Read more

गुल्मीमा मकैको पिठो ‘ब्राण्डिङ’

जिल्लामा पहिलो पटक मकैको पिठो ब्राण्डिङ गर्न सुरु गरिएको छ । मुसिकोट नगरपालिकामा साना किसान कृषि सहकारी संस्थाले मकैको पिठो ब्राण्डिङ गर्न लागेको हो । मुसिकोट–४ स्थित फेदीमा खाद्य प्रशोधन उद्योग स्थापना गरेर मकैको पिठोको ब्राण्डिङसँगै त्यसको बजारीकरण गर्न लागिएको हो । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ, नगरपालिका र कृषि ज्ञान केन्द्रको रु ७३ … Read more

म्याग्दीमा करिब एक अर्बको आलु र सुन्तला बिक्री

गत आर्थिक वार्षिकमा यहाँबाट करिब रु एक अर्बको आलु र सुन्तला बिक्री भएको छ । जिल्लास्थित कृषि ज्ञान केन्द्रका अनुसार आव २०८१र८२ मा यहाँबाट रु ६० करोडको आलु र ३३ करोड ४६ लाख बराबरको सुन्तला बिक्री भएको हो । केन्द्रका प्रमुख सञ्जीव बाँस्तोलाले गत आवमा एक हजार आठ सय २० हेक्टर क्षेत्रफलमा उत्पादन भएको ३५ … Read more

स्वास्थ्य बीमा :अब काभ्रेका आठ संस्थाबाट प्रथम सेवा

स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गतको काभ्रेपलाञ्चोकको थप एक नगर अस्पतालले प्रथम सेवा सुरु गरेको छ । यसपछि जिल्लाका आठ संस्थाबाट स्वास्थ्य बीमाको प्रथम सेवा विन्दुबाट सेवा प्रवाह भइरहेको छ । पाँचखाल नगर अस्पतालले शुक्रबारदेखि स्वास्थ्य बीमाको प्रथम सेवा सुरु गरेको हो । यसअघि साउन अन्तिम साता बीमा बोर्डसँग सम्झौता गरी जिल्लाको सबैभन्दा पुरानो बनेपा नगरपालिकाद्वारा सञ्चालित बनेपा … Read more

आज राति लाग्दैछ खग्रास चन्द्रग्रहणः नेपालसहित एसियाका धेरै देशबाट अवलोकन गर्न सकिने

आज (भाद्र शुक्ल पूर्णिमा) आइतबार राति खग्रास चन्द्रग्रहण लाग्दै छ। नेपाल पञ्चांग निर्णायक विकास समितिका अध्यक्ष प्रा.श्रीकृष्ण अधिकारीका अनुसार राति १०ः११ बजे ग्रहण स्पर्श भएर १ः४१ बजे मोक्ष हुनेछ। यो चन्द्रग्रहण राति ११ः१५ बजे सम्मीलन, ११ः५६ बजे मध्य, १२ः३८ बजे उन्मीलन हुने छ। कूल १ घण्टा २३ मिनेट खग्रास रहने यो ग्रहणको सम्पूर्ण अवधि ३ … Read more

भन्सार छलीको कपडा र मोटरसाइकलसहित युवक पक्राउ

भारतबाट अवैध रूपमा भन्सार छली गरेर ल्याइएकोे लत्ताकपडा र दुईवटा मोटरसाइकलसहित एक युवकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । आज बिहान गोलबजार नगरपालिका–६ गुम्बाचोक नजिकै सशस्त्र प्रहरी बल नम्बर ७ गण सिरहाको गस्ती टोलीले उक्त सामानसहित २२ वर्षीय रामकुमार यादवलाई पक्राउ गरेको हो । यादव सुखीपुर नगरपालिका–७ सिसवा निवासी हुन् । उनीसँगै रहेका अर्का मोटरसाइकल … Read more

निजामती सेवा पुरस्कारद्वारा महानिर्देशक बराल सम्मानित

जलस्रोत तथा सिँचाइका क्षेत्रमा उत्कृष्ट सेवा पुर्याएबापत जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक ई मित्र बराललाई ‘निजामती सेवा पुरस्कार’ प्रदान गरिएको छ । निजामती सेवा दिवस २०८२ का आवसरमा आज यहाँ आयोजित कार्यक्रममा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले उहाँलाई प्रमाणपत्रसहित सो पुरस्कार अर्पण गर्नुभएको हो । सो अवसरमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपाने, … Read more

महानगर समितिको आयोजनामा कार्यक्रम सम्पन्न

२१ भदौ, काठमाडौ नेपाल राष्ट्रिय शिक्षक संगठन ललितपुर महानगर समितिले महानगर स्थरिय आधारभूत तहको हाजिरजवाफ प्रतियोगिता सम्पन्न गरेको छ। ललितपुर महानगरका शिक्षा महाशाखा निर्देशक देवी प्रसाद उपाध्यायको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा हाजिर जवाफ तर्फ ब्राइट फ्युचर मा. वि.प्रथम भएको थियो। यसै गरि क्रमश आदर्श सौल युवक मा. वि. र वाल बिनोद मा वि द्धितिय र … Read more

बीसीए अन्तरविद्यालय टी–२० क्रिकेटः चितवन मावि र न्यू क्यापिटल कलेज सेमीफाइनलमा

चितवनको भरतपुरमा जारी बीसीए अन्तरविद्यालय टी–२० क्रिकेट प्रतियोगिता अन्तरगत चितवन मावि र न्यू क्यापिटल कलेज सेमीफाइनलमा प्रवेश गरेका छन् । आज भएको पहिलो क्वाटरफाइनलमा चितवन माविले नारायणी इङलिस पब्लिक स्कुललाई ७ विकेटले पराजित गर्दै सेमीफाइनल यात्रा तय गरेको हो । नारायणी इङलिस पब्लिक स्कुलले दिएको ४७ रनको झिनो लक्ष्य चितवन माविले ५ ओभरमा ३ विकेट … Read more