पूर्वमन्त्री रायमाझीको मुद्दामा १८ गते पेसी

नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई वर्षदेखि पुर्पक्षका लागि थुनामा रहेका नेपाल कम्युनिष्ट पार्टी (एमाले) का निलम्बित सचिव टोपबहादुर रायमाझीको मुद्दामा जाहेरीवाला र साक्षीको वकपत्र (बयान) सकिएपछि यही साउन १८ गतेका लागि पेसी तोकिएको छ । पूर्र्वउपप्रधानमन्त्री एवं अर्घाखाँचीबाट निर्वाचित भई हाल निलम्बित सांसद रायमाझीसहित अन्य विरुद्धको सो मुद्दामा जाहेरी र साक्षीको इन्कारी वकपत्रसँगै कागज गर्नेहरूको … Read more

कसैले चाहँदैमा पार्टीको अस्तित्व समाप्त नहुने नेपालको दाबी : पूर्वप्रधानमन्त्री माधवकुमार नेपा

नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कसैले चाहँदैमा आफ्नो पार्टीको अस्तित्व समाप्त नहुने धारणा राख्नुभएको छ । पुष्पलाल स्मृति प्रतिस्ठानद्वारा आज कीर्तिपुर नगरपालिका–४ स्थित पुष्पलाल स्मृति पार्कमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले समाजवाद प्राप्तिको आन्दोलनमा पुष्पलालको प्रेरणाबमोजिम अघि बढ्नुपर्ने उहाँले बताउनुभयो । पुष्पलालले तत्कालीन सामाजिक परिस्थितिको सही विश्लेषण गर्नुभएको उल्लेख गर्दै उहाँले आफूले … Read more

आज एकैदिन सुनको मूल्य २१०० सयले बढ्यो

नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बुधबार) सुनको मूल्य प्रतितोला २१ सयले बढेको हो । अघिल्लो दिनको तुलनामा मूल्यवृद्धि भएसँगै छापावाल सुन प्रतितोला १ लाख ९७ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । मंगलबार छापावाल सुन तोलामा १ लाख ९५ हजार ५०० रुपैयाँ कायम भएको थियो । यस्तै … Read more

पुष्पलाल श्रेष्ठको ४७औँ स्मृति दिवस आज देशभर मनाइँदै

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७औँ स्मृति दिवस आज देशभर मनाइँदै छ । नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायत कम्युनिष्ट पार्टीले विविध कार्यक्रम गरी दिवस मनाउन लागेका छन् । विसं १९८१ असार १५ गते रामेछापको भँगेरीमा जन्मिनुभएका पुष्पलाल श्रेष्ठले नै कार्लमाक्र्स र फेडरिक एङ्गेल्सद्वारा लिखित ‘कम्युनिष्ट मेनिफेस्टो’ (कम्युनिष्ट … Read more

एनआरएनए क्यानडाको महासचिवमा रमेश भट्टराई, युवामैत्री र पारदर्शी नेतृत्वको प्रतिबद्धता

गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाको आगामी कार्यकाल २०२५–२०२७ का लागि टोरन्टो निवासी समाजसेवी तथा व्यवसायी रमेश भट्टराईले महासचिव पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । लामो समयदेखि सामाजिक सेवा, व्यवसायिक नेतृत्व र संस्थागत विकासमा सक्रिय भट्टराईले ‘कनेक्ट एण्ड मोर्टन एनआरएनए’ अभियानमार्फत नयाँ पुस्ता, पारदर्शिता र डिजिटल युगसँग समन्वय गर्ने खालको एजेन्डा अघि सार्दै उम्मेदवारी दिनु भएको … Read more

‘जलवायु परिवर्तनका असरहरू टार्न युवा र महिलाको सक्रिय सहभागिता आवश्यक’

राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसदहरूले जनचासोका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । उहाँहरुले जलवायु परिवर्तन, बाढीपहिरो, महिला सहभागितालगायतका विषयमा आफ्ना धारणाहरु राख्नुभयो । नेपाली कांग्रेसका सांसद नारायणदत्त भट्टले सबै राजनीतिक धारहरू अलग भए पनि जनसेवा, राष्ट्रिय हित र एकताको लक्ष्य साझा रहेको बताउँदै सबै मिलेर जाुनपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “पहाडमा बाढीपहिरो र तराईमा … Read more

ऊर्जामार्फत बिपीको सपना साकार पार्न लागेका छौँः ऊर्जामन्त्री खड्का

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ऊर्जामार्फत सरकारले बिपी कोइरालाले देख्नुभएको समृद्ध मुलुकको सपना पूरा गर्न लागेको बताउनुभएको छ । महामानव बिपी कोइरालाको ४३औँ स्मृति दिवसका अवसरमा आज बिपी सङ्ग्रहालय सुन्दरीजलमा आयोजित ‘बिपी स्मरण कार्यक्रम’मा उहाँले ऊर्जामार्फत बिपी कोइरालाले देख्नुभएको समृद्ध मुलुक निर्माणको सपना पूरा गर्न लागेको बताउनुभएको हो । मन्त्री खड्काले बिपी कोइरालालाई नेपाली … Read more

तीन महिनामा तेइस सय बढी विपद्जन्य घटना

गत वैशाख १ देखि यही साउन ५ गतेसम्म देशभरका विभिन्न क्षेत्रमा भएका विपदजन्य दुई हजार ३२६ घटनामा एक सय दुई जनाले ज्यान गुमाएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती विपद्मा परेर अझै २० जना हराइरहेका छन् । कुल पाँच सय १२ जना घाइते भएका छन्भने चार हजार ३२३ परिवार प्रभावित … Read more

वर्षाका कारण देशभरका ११ राजमार्ग पूर्ण रुपमा अवरुद्ध

मुलुकभर परेकोे अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट देशभरका ११ राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार शनिबार साँझदेखि परेको अविरल वर्षाका कारण ११ मुख्य राजमार्ग अवरुद्ध भएका हुन् । अवरुद्ध हुनेमा सङ्खुवासभास्थित कोशी राजमार्ग, पाँचथरस्थित मेची राजमार्ग, पाँचथरस्थित तमोर करिडोर सडकखण्ड, पाँचथरस्थित मध्यपहाडी लोकमार्ग रहेका छन् । यस्तै, रसुवास्थित पासाङ–ल्हामु राजमार्ग, … Read more

भारत भ्रमणमा जाँदै प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणमा जाने भएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा ओली भारत जाने भएका हुन्। परराष्ट्र मन्त्रालय स्रोतले प्रधानमन्त्रीको भारत भ्रमणको तयारी सुरु भइसकेको जानकारी दिएको छ। प्रधानमन्त्रीको भारत भ्रमण हुने भन्ने नै थियो। भ्रमण हुने कुरा अगाडि बढिसक्यो। तयारीमा नेपाल सरकार, परराष्ट्रमन्त्रालय लागिसक्यो, स्रोतले भन्यो, मिति र एजेन्डाका विषयमा दुई … Read more