अध्यक्ष ओली भेट्न पूर्वराष्ट्रपति विद्या च्यासल जाँदै

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने भएकी छन् । एमाले पार्टी केन्द्रीय कार्यालय च्यासल पुगेर ३ बजे ओलीलाई भेट्ने तय भएको भण्डारी सचिवालयले जानकारी दिएको छ ।

अत्यावश्यकबाहेक लामो यात्रा नगर्न प्रधानमन्त्रीको अनुरोध

प्रधानमन्त्री केपी शर्मा ओलीले अत्यावश्यकबाहेक लामो यात्रा नगर्न र सुरक्षित स्थानमा रहन समस्त देशवासीमा अनुरोध गर्नुभएको छ । साथै उहाँले मौसमजन्य विपद्बाट जोगिन तथा सजग रहन आह्वान पनि गर्नुभएको छ ।’ “शुभ बिहानी ! मौसम विज्ञान विभागले आज दिउँसो देशका विभिन्न स्थानमा भारी वर्षा हुने अनुमान गरेको छ । मौसमजन्य विपद्बाट बच्न सुरक्षा निकायले आवश्यक … Read more

चितवनमा वर्षमा तीन हजार ८८९ जनामा डेङ्गु सङ्क्रमण, सबैभन्दा धेरै सङ्क्रमित भरतपुरमा

जिल्लामा गत आर्थिक वर्षमा तीन हजार ८८९ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । जनस्वास्थ्य कार्यालयका अनुसार सो अवधिमा एक हजार ५४८ पुरुष र एक हजार ४७२ महिला गरी तीन हजार २० जना चितवन जिल्लाभित्रै डेङ्गु सङ्क्रमित भएका हुन् । त्यसैगरी, अन्य जिल्लाबाट आएका चार सय १२ पुरुष र चार सय ५७ महिला गरी आठ … Read more

हात्तीको त्रासः घर भत्कियो, अन्न सखाप

कृष्णपुर नगरपालिका–१ दोमिल्ला, साउन २ गतेको मध्यरात । रातको करिब १ः०० बजेको थियो । मन्सरादेवी साउद छोरासँग कच्ची घरको भित्री कोठामा निदाएकी थिइन् । अचानक भित्तो हल्लियो । उहाँलाई ठूलो जनावरले पर्खालमै हिर्काएजस्तो भयो । “पहिलोपल्ट त भूकम्प हो कि भनेर डराएँ”, मन्सराले सम्झिइन्, “बाहिर निस्किएँ, आँगनमा अँध्यारो थियो, तर छायाँजस्तो देखेँ– हात्तीको विशाल शरीर … Read more

एमालेले भन्यो- विद्या भण्डारीको सदस्यता स्थगन अवस्थामा छ

नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण ‘पेन्डिङ’ अवस्थामै रहेको जनाएको छ । एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पोलिटब्युरो बैठकको बारेमा जानकारी गराउँदै भने, “उहाँको सदस्यता पेन्डिङमा छ अर्थात् जहाँ जस्तो अवस्थामा छ स्थगन अवस्थामा छ ।” एमालेको विधानको धारा ८ मा सदस्यता त्याग गरेको व्यक्तिको नवीकरण हुन नसक्ने उल्लेख गरिएको उनको धारणा … Read more

पूर्वी नेपालमा शनिबार रातिदेखि भारी वर्षा, सोमबारसम्म देशभर फैलिने

पूर्वी नेपालमा शनिबार रातिदेखि भारी वर्षा हुने पूर्वानुमान गरिएको छ । सोमबारसम्म नेपालभर भारी वर्षा हुने त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलले जनाएका छन् । “शनिबार रातिदेखि पूर्वी नेपालबाट भारी वर्षा सुरु हुने र सोमबारसम्म नेपालभरि भारी वर्षाको पूर्वानुमान रहेकाले सचेत रहनुहोला,” पोखरेलले फेसबुकमा लेखेका छन् । उनका अनुसार, … Read more

देशको शान्ति सुरक्षा ठिक छः गृहमन्त्री रमेश लेखक

गृहमन्त्री रमेश लेखकले मुलुकमा शान्ति सुरक्षाको समग्र अवस्था ठिक रहेको दाबी गरेका छन्। शुक्रबार संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले गृह मन्त्रालय मुलुकमा शान्ति सुरक्षालाई सुनिश्चित गर्ने काममा, नागरिकको जीउ धनको रक्षा गर्ने काममा लागिरहेको बताएका हुन्। उनले अपराधको न्युनीकरण, नियन्त्रण गर्ने र अपराध भइहाले त्यसमा उचित अनुसन्धान गरेर अपराधीलाई कानुन बमोजिम … Read more

समाजवादीमा आउन ४ वर्ष लाग्यो: बामदेव गौतम

नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्नका लागि आफूलाई ४ वर्ष लागेको बताएका छन् । शुक्रबार काठमाडौंमा माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीसँग एकता अभियानलाई सम्बोधन गर्दै उनले भने, ‘आजभन्दा ४ वर्ष पहिलेदेखि यात्रा गरेँ । एकीकृत समाजवादीसम्म आउन मलाइ ४ वर्ष लाग्यो । ४ वर्षपछि मैले भनेजसरी हामी एकीकृत हुँदैछौं,’ … Read more

श्रम बिना प्रगति सम्भव छैनः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले श्रम बिना प्रगति सम्भव नभएको तथा श्रमिकको सम्मान बिना समृद्धि नहुने बताउनुभएको छ । साउन १ गतेदेखि लागू हुनेगरी श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि भएकामा खुशी व्यक्त गर्दै प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत उक्त कुरा बताउनुभएको हो । “यसअघि हामीले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू गरेर श्रमिकको भविष्य सुरक्षित गर्ने पाइला चालेका … Read more

चितवनमा पुँजीगत खर्च ७७ प्रतिशत मात्र

यहाँको विकासका लागि सङ्घीय सरकारले आर्थिक वर्ष २०८१/८२ मा विनियोजन गरेको बजेटमध्ये ७७  दशमलब ८५ प्रतिशत मात्र खर्च भएको छ । पुँजीगत खर्चका लागि रु १० अर्ब चार करोड ९५ लाख ८० हजार ६९१ बजेट विनियोजन गरिएकामा रु सात अर्ब ८२ करोड ३८ लाख ८० हजार ६२७ खर्च भएको हो । कोष तथा लेखा नियन्त्रण … Read more