नेपाल आज श्रीलंकासँग भिड्दै

यू २० साफ महिला फुटबल च्याम्पियनसिप अन्तर्गत नेपाल आज श्रीलंकाविरुद्ध मैदानमा उत्रदैछ। खेल नेपाली समय अनुसार साँझ पौने ७ बजे बंगलादेशको ढाकास्थित बसुन्धारा किंग्स एरिनामा हुनेछ । नेपालले पहिलो खेलमा भुटानलाई ६-१ गोल अन्तरले पराजित गरेको थियो भने दोस्रो खेलमा बंगलादेशसँग ३-२ गोल अन्तरले पराजित भएको थियो। श्रीलंकाले भने आफ्ना सुरुका दुवै खेलमा हार बेहोरेको … Read more

सरकारले तत्काल विपद् प्रतिकार्यलाई सशक्त बनाउनुपर्छ : अध्यक्ष दाहाल

प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हालैको बाढीपहिरोका घटनाप्रति गहिरो चिन्ता व्यक्त गर्दै सरकारले तत्काल विपद् प्रतिकार्यलाई सशक्त बनाउनुपर्नेमा जोड दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले हिमताल फुटेर आउने बाढी, नदी थुनिएर जलप्रवाह बढ्ने अवस्था र हिमाली पर्यावरणको जोखिम न्यूनीकरणका लागि अन्तरदेशीय … Read more

स्पेन पठाउने गिरोहमाथि अनुसन्धान गर्न गृहमन्त्री लेखकको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएको स्पेनको कार्यक्रममा पठाउने गिरोहमाथि अनुसन्धान गर्न गृहमन्त्री रमेश लेखकले निर्देशन दिएका छन्। सोमबार बिहान गृहसचिव गोकर्णमणि दुवाडी र प्रहरी महानिरीक्षक दीपक थापालाई गिरोहका बारेमा अनुसन्धान गर्न निर्देशन दिएका हुन्। प्रधानमन्त्री सहभागी भएको स्पेनको कार्यक्रममा अन्य नेपालीलाई पनि लगिएको र उनीहरू नफर्किएको राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले आरोप लगाएकी … Read more

सुनसरी गोली प्रहारबाट किशोरीको मृत्यु

सुनसरीको हरिनगर गाउँपालिका–६, घुस्कीमा गएराति गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हरिनगर –६ कि १७ वर्षीया किशोरी अर्चना खातुन रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिनुभयो । घरेलु विवाद हुँदा भारत अररिया घर भएका २५ वर्षीय आजाज मियाँले गोली प्रहार गरेका जनाइएको छ । गोली प्रहारबाट अर्चनाको … Read more

असार सकिनै लाग्दा देशभर ५९ प्रतिशत धान रोपाइँ, सुदूरपश्चिममा सबैभन्दा धेरै

देशभर हालसम्म करिब ५९ प्रतिशत धान रोपाइँ भएको छ । कृषि विकास मन्त्रालयका अनुसार यही असार २९ गतेसम्म आठ लाख १६ हजार ४०५ हेक्टर जमिनमा रोपाइँ भएको हो । गत वर्षको तुलनामा झण्डै ८ प्रतिशतले रोपाइँमा कमि आएको हो । प्रतिशतका हिसाबले सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा करिब एक लाख ६४ हजार हेक्टरमा रोपाइँ भएको छ … Read more

चितवनबाट तीस हजार बढीले लिए सवारी लाइसेन्स, ६८ प्रतिशत फेल

चितवनमा सवारी चालक अनुमती पत्र (लाइसेन्स)को परीक्षा दिने मध्ये ६८ प्रतिशत फेल भएको पाइएको छ । यातायात व्यवस्था कार्यालय चितवनका अनुसार, लाइसेन्स परीक्षा सुरु भएपछि एक लाख १२ हजार २ सय ७ जनाले निवेदन दिएकोमा ३० हजार ६७८ जना उत्र्तिण भएका छन् । चितवनबाट २०८० बैशाख ३ गतेबाट लाइसेन्स दिन थालिएको थियो । त्यस यत्ता … Read more

केपी ओलीबिनाको एमाले हेर्नलाई २०/२५ वर्ष पर्खिनुपर्छः प्रधानमन्त्री ओली

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको नेतृत्व गर्न पार्टी सदस्यता नविकरण गरेर पार्टीको काममा सक्रिय रहेको बताएको केही दिनपछि नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफू अझ २०/२५ बर्ष पार्टीको नेतृत्वमा रहने बताएका छन्। आइतबार नेकपा एमाले झापाद्वारा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले अझै २०/२५ बर्ष पार्टीको नेतृत्वमा रहने दोहोर्‍याए। उनले यस्ता अभिव्यक्ति … Read more

टोल विकास संस्थाको निर्वाचनमा रास्वपाको ‘क्लिन स्वीप’,कांग्रेस र एमालेको गठबन्धन पराजित

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर– ८ स्थित मिलन टोल विकास संस्थाको निर्वाचनमा सत्तारुढ कांग्रेस र एमालेको गठबन्धनलाई हराउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बाजी मारेको छ । कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणको समेत वडाको मिलन टोल विकास संस्थाको चुनावमा ४ जना पदाधिकारीमा रास्वपाले ‘क्लिन स्वीप’ गरेको हो । उक्त टोल नेकपा एमाले रुपन्देहीका अध्यक्ष यज्ञ … Read more

जनताकाबीचमा गएर झुट बोल्ने मन्त्रीलाई कारबाही हुनुपर्छः ज्ञानेन्द्र शाही

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले अहिले भिजिट भिसाका नाममा निरन्तर मानवतस्करी भएको भन्दै छानविनका लागि संसदीय समिति गठन गर्न सरकार डराएको बताएका छन् । आइतबार बसेको प्रतिनिधिसभा बैठकको सुरुमै उनले संसदीय समिति नभएसम्म आफूहरूको आन्दोलन जारी रहने जिकिर गरे । त्यस्तै शाहीले केही महिना अघि खानेपानीमन्त्रीले जुम्लामा रहेको संघीय खानेपानी कार्यालय खारेज … Read more

प्रधानमन्त्रीबाट हुलाकी राजमार्गको रतुवा पुल उद्घाटन

प्रधानमन्त्री केपी शर्मा ओलीले हुलाकी राजमार्गअन्तर्गत गौरीगञ्ज(आमबारी खण्डको झापा र मोरङ जोड्ने रतुवा पुलको आज उद्घाटन गर्नुभएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको हुलाकी सडक निर्देशनालयद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सो पुलको उद्घाटन गर्नुभएको हो । त्यस अवसरमा प्रधानमन्त्री ओलीले खेत नजिकै नदी भए पनि सिँचाइ र उत्पादन नहुने स्थिति अन्त्य गर्दै विकास निर्माणलाई … Read more