क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले क्यान्सर रोगको उपचारमा प्रयोग हुने अत्यावश्यक औषधि निःशुल्क उपलब्ध गराइने बताउनुभएको छ । नेपालमा औषधि उपलब्ध नभएकाले उपचारका लागि विदेश जानुपर्ने बाध्यता हटाउन अन्तरराष्ट्रिय च्यारिटी डाइरेक्ट रिलिफले ३७ प्रकारका औषधि सहयोग गर्ने प्रतिबद्धता जनाएअनुसार पहिलो चरणको औषधि नेपाल ल्याइएको उहाँको भनाइ छ । यसअघि मन्त्री पौडेलले त्यस्ता औषधि प्राप्त गरेर … Read more

बाढीग्रस्त रसुवागढी क्षेत्र सुनसान ! थुनिएको पानी खोल्नेसहित क्षतिको विवरण लिने काम सुरु

चिनियाँ पक्षले उपकरणको प्रयोग गरी ल्हेन्दे खोलामा आएको बाढीले थुनिएको केरूङ खोलाको पानी खोल्न सुरु गरेको छ । ल्हेन्दे खोलाको बाढीले केरूङतर्फबाट आएको खोलाको बहाव रोकिदिएपछि सीमापारी तिब्बतर्फ जमेको पानी उपकरणका सहायताले खोल्न सुरु गरेको हो । स्थानीय सीमासुरक्षा अधिकारीका अनुसार ल्हेन्दे र कुरुङ खोलाको दोभानमा ठूलाठूला ढुङ्गा, रुख तथा काठका मुढा थुप्रिएपछि चीनतर्फको सडकमा … Read more

आजको मौसमः कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको पूर्वानुमान

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । साथै मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थानभन्दा केही उत्तरतिर रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ … Read more

‘कार्यक्रममा दोहोरोपना हुन नदिन स्थानीय, प्रदेश र संघ बिच समन्वय हुन जरुरी छ’

बागमती प्रदेशका कृषि तथा पशुपन्छि विकास मन्त्रालयका सचिव वैगुण्ठ अधिकारीले कृषिका कार्यक्रम अनुदान केन्द्रित भएको बताएका छन् । कृषि विकास कार्यालय चितवनले शनिवार सौराण्हामा आयोजना गरेको स्थानीय तहमा कार्यरत कृषि प्राविधिकहरुसंग त्रैमासिक समन्वय गोष्ठीमा बोल्दै अधिकारीले कृषकलाई प्रविधिहरु वितरण भएपनि अनुदान केन्द्रित देखिएको बतादबकएका हुन् । ‘हामी प्रविधि प्रसार, प्राविधिक सेवा र नियमनका कुरामा पछाडि … Read more

छाउ गोठमा सुत्न गएकी एक महिलाको सर्पले टोकेर मृत्यु

कञ्चनपुरमा छाउपडी गोठमा सर्पले टोकेर एक महिलाको मृत्यु भएको छ। कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ निगालीमा छाउ गोठमा सुतेकी २८ वर्षीया कमला दमाईको गएराति सर्पदंशबाट ज्यान गएको हो। राति करिब ८ बजेको समयमा करेत जातको विषालु सर्पले डसेपछि कमलालाई उपचारका लागि कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पताल लगिएको थियो। उपचारकै क्रममा कमलाको मृत्यु भएको हो। स्थानीय सुचित्र सिंहकाअनुसार … Read more

SEE मा सम्मिलित २८ प्रतिसत विद्यार्थीले ४ जीपीए : SEE उत्रिण विद्यार्थीलाइ सम्मान कार्यक्रम

असार २८ , काठमाडौ काठमाडौको नयाँ बानेश्वोर शान्तिनगर ओम शान्ति चोकमा अवस्थित एमिल एकेडेमी इन्टरनेशनल विद्यालयले आज एक बिशेष कार्यक्रम गरी SEE २०८१ मा ४ GPA ल्याएका ६ जना र उच्च GPA प्राप्त गरेका अन्य सबै १६ गरी जम्मा २२ जना विद्यार्थीहरुलाई एकै साथ सम्मान गरेको छ। २२ जना विद्यार्थीहरु मध्ये झन्डै २८ प्रतिसत विद्यार्थीहरुले … Read more

कुमरोज वनमा घाँस काट्न गएका ६८ बर्षिय पुरुष बेपत्ता

चितवनको खैरहनी नगरपालिका–१३ स्थित कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका एक पुरुष बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार, आज बिहान सात घास काट्न गएका सोही ठाउँका ६८ वर्षिय पदमबहादुर राना मगर बेपत्ता भएका हुन् । मगर अन्य तीन जना सहित घाँस काट्न वन प्रवेश गरेका थिए । अन्य व्यक्ति सम्पर्कमा आएपनि … Read more

२० वर्ष कटेलगत्तै विवाह गर्नुस्, ३० पुग्दा तीन सन्तान पाइसक्नुस्ः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिसँगसँगै जनसङ्ख्याको समान विकास नभए मानव अस्तित्व खतरामा पर्ने भएकाले समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न आग्रह गरेका छन्। विश्व जनसङ्ख्या दिवसका अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित राष्ट्रिय जनसङ्ख्या नीति, २०८२ सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीले विकास र जनसङ्ख्याको गति सँगै हुनुपर्नेमा जोड दिँदै हरेकले आफ्नो सन्तान वृत्तिलाई धर्तीका … Read more

पर्साको तिलाबे नदीमा बेलिब्रिज जडान भएन

सडक विभागले पर्साको तिलाबे खोलामा यो वर्ष पनि बेलिब्रिज जडान गर्ने घोषणा गरे पनि त्यो पूरा भएको छैन । विभागले भनिएको ‘स्टिल बेलिब्रिज’को बोलपत्र रद्द गरेको छ । विसं २०८१ को वर्षायाममा बाढीले पर्साका ग्रामीण भेगलाई जोड्ने वीरगञ्ज महानगर बहुदरमाई नगरपलिकाको सिमानामा रहेको तिलाबे पुलमा क्षति हुँदा आवतजावतमा समस्या भएको छ । बाढीले तिलाबे पुलको … Read more

साढे ६ महिनापछि आज बस्दै काठमाडौँ महानगर कार्यपालिका बैठक

काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठक शुक्रबार बस्दैछ। बैठक दिउँसो २ बजेका लागि तय गरिएको छ। प्रत्येक महिना बस्नुपर्ने महानगरको कार्यपालिका बैठक नबसेको शुक्रबार साढे ६ महिनापछि बस्न लागेको हो। पछिल्लो पटक पुस १४ गते १६औँ नगरसभा बसेको थियो। प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईसँगको विवादका कारण बालेनले कार्यपालिका बोलाएका थिएनन्। उनलाई हटाएर मात्रै कार्यापालिका बोलाउने अडानमा रहेका … Read more