भरतपुर-२ मा रात्रीकालीन वजार सञ्चालन गरिने,स्थानीय उत्पादन तथा व्यवसायको प्रवर्द्धन हुने

भरतपुर महानगरपालिकामा उत्पादन भएका सामग्रीहरुको प्रवर्द्धनका लागि रात्रीकालीन बजार सुरु गर्न लागिएको छ । भरतपुर महानगरपालिका–२ को नमस्ते चोकदेखि मेयर चोकसम्म बजार प्रवर्द्धनका लागि रात्रीकालीन बजार सुरु गर्न लागिएको हो । स्थानीय उत्पादन तथा व्यवसायको प्रवर्द्धन गर्ने उद्देश्य सहित रात्रीकालीन बजार सुरु गर्न लागिएको वडा नम्बर २ का वडाध्यक्ष मनोज रानाभाटले बताउनुभयो । हरेक शुक्रबार … Read more

मनसुनजन्य विपद्‌बाट तनहुँमा ६६ हजार नागरिक प्रभावित हुने अनुमान

मनसुनजन्य विपद्बाट यस वर्ष तनहुँमा ६६ हजारभन्दा बढी नागरिक प्रभावित हुने अनुमान गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिले तयार गरेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना–२०८२ बमोजिम जिल्लामा ६६ हजार तीन सय ५० जना प्रभावित हुने अनुमान गरिएको हो । यस वर्षको मनसुनबाट प्रभावित हुने जनसङ्ख्या मुलुकभर १२ लाख ५० हजार अनुमान गरिएकामध्ये गण्डकी प्रदेशमा … Read more

रविको पक्षमा हस्ताक्षर गर्न वनस्थली पुगिन् मनीषा कोइराला

प्रख्यात अभिनेत्री मनिषा कोइरालाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको ‘न्यायका लागि’ हस्ताक्षर गरेकी छन् । रास्वपाले आयोजना गरेको हस्ताक्षर अभियानमा उनी आज सहभागी भएकी हुन् । मनिषाले बनस्थलीस्थित रास्वपा कार्यालयमै पुगेर हस्ताक्षर गरिन् । हस्ताक्षरलगत्तै उनलाई सञ्चारकर्मीले घेरेका थिए । संक्षिप्त प्रतिक्रिया दिँदै मनिषाले राज्यबाट रविमाथि अन्याय र दुव्यर्ववहार भइरहेको बताइन् । उनले भनिन्, … Read more

सात पुल बगाउँदा डेढ करोडभन्दा बढीको क्षति

उपल्लो मुस्ताङमा अकल्पनीय बाढीले पुर्‍याएको क्षतिको प्रारम्भिक अनुगमनका लागि अनुगमन सुरु भएको छ । लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङ, उपाध्यक्ष छ्युमी बिष्ट, प्रमुख प्रशासकीय अधिकृत विकास केसी, गाउँपालिकाका प्राविधिक टोली, पाँचवटै वडाका वडाध्यक्ष तथा सदस्यलगायत नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षा प्रतिनिधिहरूले संयुक्त रूपमा बाढीले त्यहाँ पु¥याएको क्षति यकिन गर्न बुधबार अनुगमन गरेका छन् । … Read more

कृषि र पशुपालनलाई रोजगारीको प्रमुख माध्यम बनाउँदै रुरुका किसान

रुरुक्षेत्र गाउँपालिकाका किसानले कृषि र पशुपालनलाई रोजगारीको प्रमुख माध्यम बनाएका छन् । गाउँपालिकाले सञ्चालन गरेको रुरु कृषि परियोजनाले किसानहरूलाई उत्पादन र उत्पादित उपजको बजारीकरणमा सहयोग गरेपछि उनीहरूले कृषि र पशुपालनलाई रोजगारीको प्रमुख माध्यम बनाएका हुन् । रिडीका ७८ वर्षीय रामचन्द्र भट्टराईले गत वर्ष रुरु कृषि परियोजनामार्फत १०० मेवाका बिरुवा निःशुल्क पाउनुभयो । परियोजनाका प्राविधिकले मेवा … Read more

आषाढ शुक्ल पूर्णिमाः गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदै

आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ। ‘गु’ को अर्थ अन्धकार र ‘रु’ अर्थ प्रकाश भनेर बुझिन्छ। ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य … Read more

रास्वपालाई गृहमन्त्रीको प्रश्नः रवि लामिछाने भिजिट भिसामै अमेरिका गएर बसेको कुरा के हो ?

गृहमन्त्री रमेश लेखकले सहकारी ठगी मुद्दामा हाल कारागारमा रहेका रास्वपा सभापति रवि लामिछाने भिजिट भिसामै अमेरिका गएर उतैको नागरिकता लिएको आफूले सुनेको बताएका छन् । यसको वास्तविकता खुलाउन उनले रास्वपासँग आग्रह गरे । बुधबार प्रतिनिधिसभा बैठकमा सभामुखसँग समय लिएर बोल्ने क्रममा गृहमन्त्री लेखकले भिजिट भिसामा अमेरिका गएर नागरिकता लिनु भिजिट भिसाको दुरुपयोग हो होइन ? … Read more

प्रतिनिधिसभा बैठक स् रास्वपा र राप्रपाद्वारा बैठक बहिष्कार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ‘भिजिट भिसा’ प्रकरणमा छानबिन गर्न सामान्य प्रशासनिक समिति बनाएर आफूहरुको माग बेवास्ता गरेको जनाउँदै प्रतिनिसभाको आजको बैठक बहिस्कार गरेका छन् । बैठक प्रारम्भ हुनासाथ रास्वपाका सांसद सोविता गौतमले भिजिट भिसा छानबिनका लागि उच्चस्तरीय आयोग वा संसदीय छानबिन समिति गठन नभएसम्म सदनको बैठक बहिस्कार जारी रहने … Read more

स्वास्थ्य बीमाबाट दुई लाखसम्मको उपचार सुविधा

स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध नागरिकले अब रु दुई लाखसम्मको उपचार सुविधा पाउने भएका छन् । स्वास्थ्य तथा जनसङख्यामन्त्री प्रदीप पौडेलले हालसम्म रु एक लाखमा सीमित यो सुविधा आगामी साउन १ गतेदेखि दोब्बर बनाइने घोषणा गर्नुभएको हो । आज सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिँदै मन्त्री पौडेलले आठ प्रकारका गम्भीर रोगका बिरामीका लागि उपचार खर्च दोब्बर बनाइएको … Read more

बाढीले कालुङ्खोला विद्युत् आयोजनाको पावर हाउस बगायो

जैमिनी नगरपालिका–९ पैयुथन्थापस्थित कालुङ्खोले उपल्लो कालुङ्खोला लघुजलविद्युत् आयोजनाको बाँध र पावरहाउस बगाएको छ । आज बिहानको बाढीले आयोजनाको बाँधसँगै पावरहाउस बगाएको स्थानीय गङ्गा आचार्यले राससलाई बताउनुभयो । गत वर्ष रु ३५ लाख खर्चेर निर्माण गरिएको स्टिल पुल पनि बगेको आचार्यले बताउनुभयो । बाढीले केन्द्रीय विद्युत् प्रसारण लाइनको ट्रान्सफर्मरमा पनि क्षति भएको छ । ट्रान्सफर्मरमा क्षति … Read more