बहुगुणी अन्न कोदोः खेती गर्न किसानको अरुची

देशको चौथो मुख्य बाली कोदोखेती गर्न पहाडी र तराई क्षेत्रका किसानले अरुची देखाएका छन् । मकैपछिको दोस्रो मुख्य बालीका रूपमा विगतमा पहाडमा खेती हुँदैआएकामा केही वर्षयता ती भेगका किसानले पनि यसलाई खासै महत्व नदिएका हाम्रा स्थानीय समाचारदाताहरूले जनाएका छन् । कुनै समय गरिबको खाना भनेर होच्च्याइएको कोदो र यसबाट बन्ने परिकारको माग हाल सहर बजारमा … Read more

चितवन राष्ट्रिय निकुञ्जले राप्तीमा छाड्यो १३३ गोही

चितवन राष्ट्रिय निकुञ्जले घडियाल गोही प्रजनन् केन्द्रमा हुर्काइएका १३३ गोहीलाई राप्ती नदीमा छाडेको छ । ती मध्ये दुईवटा भाले र अन्य पोथी छन् । गत अर्थिक वर्षमा विभिन्न समयमा ती गोही राप्ती नदीमा छाडीएको हो । निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार यस वर्ष छाडिएका गोही सहित २०९० गोही प्रजनन् केन्द्रमा हुर्काएर विभिन्न नदीमा छाडीएको … Read more

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार

स्थानीय बजारमा बिहीबार सुनको मूल्य घटेको छ । बुधबार तोलामा १४ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने घटेको हो । आज अघिल्लो दिनको तुलनामा सुनको मूल्य ८ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको … Read more

‘तराई–मधेशमा ‘स्यालो वाटर एक्फर’ आवश्यक छ ’

राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिका अध्यक्ष डा किरण पौडेलले तराई–मधेशमा भूमिगत रुपमा दुई सय ५० मिटर गहिराइमा डिप बोरिङ जडान गरिएमा पर्याप्त मात्रामा पानी उपलब्ध हुने जानकारी दिनुभएको छ । ग्रिनसिटि सामुदायिक सेवा केन्द्र वीरगञ्जद्वारा आज यहाँ आयोजित बृहत वृक्षरोपण कार्यक्रममा उहाँले तराई मधेशका जिल्लामा एक सय देखि १५० मिटर गहिराइमा पानीको पर्याप्त स्रोत … Read more

सरकारी जागिर छाडी नाम र दामसहित औषधी व्यवसायमा जम्दै युवा दिनेश पौडेल

चितवन, साउन १४ गते । उद्यमी, व्यवसायी तथा इमानदारीपूर्वक काम गर्नेका लागि नेपाल नेपाल उर्वरभूमि रहेको दृष्टान्त अनेकौँ भेटिन्छन् । देशका सिर्जनशील एवं महत्वाकाङ्क्षी युवाहरू पछिल्ला दिनमा जागिर खाने वा विदेशमा रमाउनेभन्दा स्वदेशमै विभिन्न पेसा व्यवसाय तथा उद्यमतर्फ आकर्षित भएको देखिन्छ । हुँदाखाँदाको शिक्षक पेसासहित सरकारी जागिर छोडी तथा विदेशबाट फर्की आधुनिक तरिकाले सागसब्जी खेती … Read more

पोखरा साहसिक पर्यटनको हबः परराष्ट्रमन्त्री देउवा

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले पोखरा साहसिक पर्यटनको हबका रूपमा विकसित भएको बताउनुभएको छ । पोखराको लेकसाइटमा अंशुभरा ग्रुपले सञ्चालनमा ल्याएको बगैँचा रिसोर्ट स्पाको आज शुभारम्भ कार्यक्रममा उहाँले पोखरा आफैँमा प्राकृतिक रूपमा सुन्दर सहरका रूपमा स्थापित भइसकेको उल्लेख गर्नुभयो । आफू बाल्यकालमा पोखरामा आएको स्मरण गर्दै मन्त्री देउवाले त्यसबेलामा यहाँको सुन्दरताले लोभ्याएको धारणा राख्नुभयो । … Read more

चितवनका दुई सांसद बागमती प्रदेशको मन्त्रीमा नियुक्त

संसदीय दलको नेताबाट हैसियत गुमाई सकेका बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले तीन जना मन्त्री नियुक्त गरेका छन् । मुख्यमन्त्री लामाले चितवनका दुई जना सांसद माया श्रेष्ठ र गीता गुरुङका साथै गोविन्द लम्साललाई मन्त्री नियुक्त गरेका हुन् । मन्त्रीमा नियुक्त भएका श्रेष्ठ र गुरुङको जिम्मेवारी तोकिएको छैन । लम्साललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी … Read more

रुसमा ८.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, जापानसम्म सुनामीको चेतावनी

रुसमा शक्तिशाली भूकम्प गएको छ । रुसको कामचट्का प्रायद्वीप क्षेत्रमा बुधबार बिहान ८.७ म्याग्निच्युडको भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । अमेरिकी भूगर्भ सर्वेक्षणले भूकम्प ८.७ म्याग्निच्युडको भएको बताएको छ । भूकम्प १९.३ किलोमिटर गहिराइमा गएको थियो । यसैगरी अलजजीरा र सीएनएनको समाचारमा रुसमा ८.७ म्याग्निच्युडको भूकम्प गएको उल्लेख छ । भूकम्प गम्भीर र … Read more

पानी नपरेर खेत सुक्खा भएपछि किसानले सांसदलाई पक्रेर हली बनाए

सर्लाही क्षेत्र निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित सांसद रामप्रकाश चौधरी र मधेश प्रदेशसभा सदस्य उर्मिला सिंहलाई मङ्गलबार प्रहरीको भेषमा आएका महिलाले पक्राउ गरे । त्यसपछि उहाँहरुलाई गाउँलेले हलो जोत्न लगाए । अझ रोचक त महिलाहरु नै हल गोरु बनेर हलो तानेका थिए । लामो समयदेखि वर्षा हुन नसकेपछि ईश्वरपुर नगरपालिका–९ रामनगरका स्थानीयले जनप्रतिनिधिलाई पक्राउ … Read more

मुख्यमन्त्री लामाले गुमाए संसदीय दलको नेताको हैसियत,अविश्वासको पक्षमा २२ मत

नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय दलको नेताबाट मुख्यमन्त्री बहादुरसिंह लामालाई हटाइएको छ । पार्टीका प्रदेशसभा सदस्य इन्द्र बानियाँको नेतृत्वमा दर्ता अविश्वास प्रस्तावका पक्षमा २२ र विपक्षमा १५ मत परेको सांसद मीना पराजुलीले जानकारी दिइन् । मंगलबार ९साउन १३० मकवानपुरको हेटौँडास्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकमा लामालाई उक्त पदबाट हटाउने प्रस्ताव पारित गरिएको हो । … Read more