लुक्लाका लागि उडेको समिट एयरको विमानमा समस्या देखिएपछि आकस्मिक अवतरण

काठमाडौँबाट लुक्लाका लागि उडेको समिट एयरको उडान नम्बर ३०१ विमानमा प्राविधिक समस्या देखिएपछि उक्त विमानलाई आकस्मिक अवतरण गरिएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार बिहान लुक्ला उडेको उक्त विमान सोलुखुम्बुको फाफ्लु क्षेत्रमा पुगेपछि विमानमा प्राविधिक समस्या देखिएपछि विमानचालकले विमानलाई काठमाडौँ फर्काउने निर्णय लिएका थिए । बिहान ७ बजेर २४ मिनेटमा विमान आकस्मिक … Read more

इजरायली हमलाबाट गाजामा १०३ जनाको मृत्यु

इजरायली आक्रमणमा गाजा पट्टीभरि शनिबार रातभर र आइतबारसम्म इजरायली आक्रमण हुँदा कम्तीमा एक सय तीन जनाको मृत्यु भएको यस क्षेत्रका अस्पताल र चिकित्सकहरूले बताएका छन् । इजरायलले १९ महिनाभन्दा बढीपछि यस क्षेत्रमा आफ्नो युद्ध तीव्र बनाएको छ र यसले कम हुने कुनै सङ्केत देखाएको छैन । दक्षिणी सहर खान युनिस र वरपरको हवाई आक्रमणमा ४८ … Read more

कोशी प्रदेशसभाः आजदेखि बजेट अधिवेशन सुरु

कोशी प्रदेशसभाको सातौँ तथा बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । कोशी प्रदेशसभा सचिवालयका कार्यवाहक सचिव गौतमराज आमात्यले दिउँसो २ बजेदेखि सुरु हुने बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रहरु वाचन हुने, ‘केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८२ सभामा टेबल गर्ने र सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलको तर्फबाट सभामा धारणा प्रस्तुत हुने कार्य सूची तय … Read more

वायुप्रदूषण नियन्त्रणका लागि तत्काल कदम चाल्नुपर्ने’

वन तथा वातावरण राज्यमन्त्री रुपा विकले तीव्र सहरीकरण र जनसङ्ख्या वृद्धिका कारण वायुको गुणस्तर खस्किएको उल्लेख गर्दै नियन्त्रणका लागि तत्काल कदम चाल्नुपर्ने आवश्यकता आँैल्याउनुभएको छ । यही जेठ २ गतेदेखि यहाँ सुरु भएको सगरमाथा संवादको तेस्रो दिन आज आयोजित ‘जलवायु न्याय कार्य र दिगो विकासमा वित्तीय चुनौतीको समाधान’ विषयक उच्चस्तरीय सत्रमा उहाँले वायुप्रदूषणले नागरिकको औसत … Read more

चितवनमा दुई दिनमा आठ ठाउँमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु

जिल्लाका विभिन्न ठाउँमा शनिबार मध्याह्नदेखि आइतबार बिहान सबेरैसम्म आठ ठाउँमा भएको मोटरसाइकल तथा स्कुटर दुर्घटनामा एक जनाको निधन भएको छ । आठ दुर्घटनामध्ये चार ठाउँमा मोटरसाइकल अनियन्त्रित भएर पल्टेको चितवन प्रहरीले जानकारी दिएको छ । चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) रवीन्द्र खनालका अनुसार मोटरसाइकल दुर्घटनामा परेर पर्सा ठोरी गाउँपालिका–१ का ५५ … Read more

भरतपुरमा मोटरसाइकल अनियन्त्रित भई विजुलीको पोलमा ठोक्कियो,चालकको मृत्यु

चितवनको भरतपुरमा मोटरसाइकल अनियन्त्रित भई पल्टदा एक जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–१४ नमस्ते चोकमा शनिबार मोटरसाइकल अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको हो । शनिबार दिउँसो १२ः४० बजेको समयमा गितानगरबाट पटिहानीतर्फ जाँदै गरेको बा प्र ०३-००३ प २९७६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भइ रोड छेउमा रहेको विजुलीको पोलमा ठोक्किएको जिल्ला … Read more

उडानका क्रममा एयर होस्टेसलाई यौन दुर्व्यवहार गर्ने भारतीय यात्रीलाई जेल

एउटा विमानमा एयर होस्टेसलाई यौन दुर्व्यवहार गरेका भारतीय यात्रीले जेल सजाय पाएका छन् । अस्ट्रेलियाको पर्थबाट सिंगापुरतर्फ जाने क्रममा सिंगापुर एयरलाइन्सको विमानमा रजत नाम गरेका २० वर्षीय यात्रीले एयर होस्टेसलाई यौन दुर्व्यवहार गरेका थिए । २८ फेब्रुअरीका दिन उक्त घटना भएको बताइएको छ । ती यात्रीले आफूलाई पछाडिबाट समातेर शौचालयतर्फ धकेलेको एयर होस्टेसको आरोपपछि मुद्दा … Read more

रवि लामिछानेमाथि राज्यले किर्ते जाहेरी खडा गरेर फौजदारी मुद्दा तयार पार्‍योः सोविता गौतम

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले पार्टी सभापति रवि लामिछानेमाथि राज्यले किर्ते जाहेरीकर्ता खडा गरेर अभियोग लगाएको आरोप लगाएकी छन्। बिहीबारको प्रतिनिधिसभाको शून्य समयमा बोल्दै गौतमले यसबारे सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएकी हुन्। म यो सम्मानित सभामार्फत पुनः एकपटक ध्यानाकर्षण गराउन चाहन्छु कि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राज्यद्वारा लगाइएको फौजदारी अभियोगमा किर्ते र जालसाजीको … Read more

भरतपुरमा पार्क तथा खुल्ला चिडियाखाना बनाइने,दुई करोड २३ लाख बजेट विनियोजन

भरतपुर महानगरपालिका–१२ मा रहेको रामवेल सामुदायिक वनमा पार्क तथा खुल्ला चिडियाखाना बनाइने भएको छ । महानगरपालिकाले गौरवको आयोजनाका रुपमा प्राथमिकता दिँदै वनको राइनो पार्क क्षेत्रको आठ बिगाहा क्षेत्रफलमा वन्यजन्तु उद्घारसमेत गर्न मिल्नेगरी संरचना निर्माण गर्न लागेको हो । आयोजनाको आज शिलन्यास गर्दै महानगर प्रमुख रेनु दाहालले पर्यटकीय गतिविधिसँगै वन्यजन्तु उद्घारमा टेवा पुग्नेगरी पार्क निर्माण गर्न … Read more

वीरगञ्जका विद्यालयमा बिहान पठनपाठन

अत्यधिक गर्मीका कारण वीरगञ्ज महानगर क्षेत्रका विद्यालयमा बिहान पठनपाठन प्रारम्भ भएको छ । वीरगञ्ज महानगरको निर्णयअनुसार आजदेखि महानगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा बिहानी सत्रमा पठनपाठन सुरु भएको हो । अर्को सूचना जारी नभएसम्म बिहान समयमा ६ बजेदेखि अध्यापन हुनेछ । महानगरपालिकाका अनुसार वीरगञ्ज नगर क्षेत्रमा ९२ सामुदायिक र १३८ वटा निजी विद्यालय छन् भने सामुदायिक … Read more