बजेटलाई जनमुखी बनाउन एमालेका शीर्ष नेताद्वारा सुझाव

आगामी आर्थिक वर्ष २०८२/८३ बजेटमा सम्बोधन गरिनुपर्ने विषयमा नेकपा (एमाले)को शीर्ष तहमा छलफल भएको छ । ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज पार्टीका शीर्ष नेताहरुबीच बजेटका विषयमा छलफल भएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिनुभयो । “पार्टी अध्यक्ष एवं प्रधानमन्त्री बाहेक सबै सचिवालयका सदस्यहरु बैठकमा सहभागी हुनुहुन्थ्यो । बैठकमा बजेटलाई जनमुखी बनाउने … Read more

प्राधिकरण घाटामा रहेको विषयमा ऊर्जामन्त्रीले जवाफ दिनुपर्छः सांसद निशा

रास्वपाकी सांसद निशा डाँगीले विद्युत प्राधिकरणको नाफा घाटाबारे ऊर्जामन्त्री दीपक खड्काको जवाफ मागेकी छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भनिन्, ‘केही महिना अगाडिसम्म ४६ अर्ब ४७ करोड नाफा भएको विद्युत प्राधिकरण एक महिनाभित्र पाँच अर्ब २६ करोड घाटामा छ भनिएको सुनिएको छ, यस विषयमा सदनमा आएर ऊर्जामन्त्रीज्यूले स्पष्टीकरण दिनको लागि माग गर्न चाहन्छु।’ उनले मेरिटोक्रेसीको … Read more

पाकिस्तानले भारतका तीन राफेलसहित पाँच विमान खसाल्यो

भारतीय आक्रमणको जवाफमा पाकिस्तानी सेनाले पाँच भारतीय लडाकु विमान र एक ड्रोन खसालेको दाबी गरेको छ। पाकिस्तानी सेनाको सञ्चार शाखा इन्टर सर्भिसेज पब्लिक रिलेशन्स (आईएसपीआर) का महानिर्देशक लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले बुधबार जानकारी दिँदै भनेका छन्, ‘शत्रुको आक्रामकताको जवाफमा पाकिस्तानी सेनाले तीन राफेल, एक मिग(२९, एक एसयू विमान र एक हेरोन ड्रोन खसालेको छ।’ … Read more

सत्यको मार्गदर्शन गराउने ज्ञानलाई आत्मसात् गरौंः उपप्रधानमन्त्री सिंह

उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले समाजलाई सत्यको मार्गदर्शन गराउने ज्ञानलाई आत्मसात् गर्नुपर्ने बताउनुभएको छ । नागार्जुन नगरपालिकाको रामकोटमा निर्माणाधीन बद्रीनारायण धाममा आयोजित कार्यक्रममा उहाँले एउटा कानले सुन्ने र अर्को कानले विर्सने प्रवृत्ति बढेको बताउनुभयो । समाजलाई पवित्र बनाउँदै असत्यको बाटोबाट समाजलाई सत्यको बाटोमा लैजान यस्ता धार्मिक कार्यक्रमले सहयोग पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । … Read more

सरकारले स्रोत नखुलेको सम्पत्ति जफत गर्ने आँट गर्नुपर्छः धनराज गुरुङ

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले सम्पत्तिको स्रोत नखुले सरकारले जफत गर्न सक्ने हिम्मत राख्नुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रमको छलफलका क्रममा सांसदसमेत रहेका गुरुङले छानबिन आयोग गठन गरेर स्रोत नखुलेको सम्पत्ति जफत गर्नुपर्ने बताए । “हामीले छानबिन आयोग गठन गर्ने, जसको सम्पत्तिको स्रोत खुल्दैन, उसको सम्पत्ति जफत गर्ने आँट गर्नुपर्छ,” उनले भने, … Read more

जानकी जयन्तीमा बिदा नदिएकोमा झा र साहले गरे विरोध

जानकी जयन्तीको अवसरमा सार्वजनिक बिदा नदिएकोमा दुई सांसदले विरोध जनाएका छन् । आम जना पार्टीका सांसद प्रभु साह र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले जानकी जयन्ती (सीता जयन्ती)मा बिदा नदिएकोमा प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समयमा बोल्दै विरोध जनाएका हुन् । अन्य मुलुकमा जन्मिएकाहरूको जन्मजयन्तीमा बिदा दिने तर राष्ट्रकी विभूतिको जन्म जयन्तीमा बिदा नदिने किन … Read more

आज एकैदिन ५३ सयले बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

नेपाली बजारमा मंगलबार सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज थप ५ हजार ३ सय रुपैयाँले महँगिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ८९ हजार नौ सय रूपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुनको मूल्य १ लाख ८४ हजार ६ सय रुपैयाँ … Read more

बाख्रा चराउन गएका बालकको चट्याङ लागेर मृत्यु

कटारी नगरपालिकामा चट्याङ लागेर बालकको मृत्यु भएको छ । कटारी–८ फूलबारीका १३ वर्षीय बालक चित्रबहादुर वलम्पाकी मगरको मृत्यु भएको वडाध्यक्ष नवीन तामाङले जानकारी दिनुभयो । सोमबार दिउँसो बाख्रा चराउन गएका चित्र साँझसम्म घर नफर्किएको र बेलुकी खोजी गर्न जाँदा ढलिरहेको अवस्थामा फेला परेका थिए । “साँझ बाख्रा आए पनि छोरा नआएपछि बुबा मानबहादुर खोज्न गएका … Read more

सङ्घीय संसद्को दुवै बैठक बस्दैः सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल जारी

सङ्घीय संसद्को दुवै बैठक बस्दै छन् । प्रतिनिधिसभाको बैठक आज विहान ११ वजे र राष्ट्रियसभाको बैठक अपराह्न १२ः१५ वजे बस्ने छ । सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रममाथि ती दुवै सदनमा छलफल जारी छ । आजको बैठकमा पनि सरकारको नीति तथा कार्यक्रममाथि केन्द्रित रही सांसदहरूले आ आफ्नो भनाइ राख्नहुने कार्यसूची छ … Read more

बेबिलोन स्कुलका शिक्षक विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ

२२ वैशाख, काठमाडौं । काठमाडौको शान्तिनगरमा रहेको बेबिलोन बोर्डिङ स्कुलका एक जना शिक्षक विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन् । अभिभावकले दिएको जाहेरीका आधारमा शिक्षक टिकाप्रसाद सुवेदीलाई पक्राउ गरेर प्रहरी वृत्त, बानेश्वरको हिरासतमा राखिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एक अधिकृतले बताए ।उनले भने, ‘बाल यौनदुर्व्यवहारबारे छानबिन गर्न म्याद लिएर अनुसन्धान गरिरहेका छौं ।’प्रहरीका अनुसार, … Read more