वैशाख शुक्ल तृतीयाः आज देशभर अक्षय तृतीया पर्व मनाइँदै

प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आज सातु र सर्वत दान एवं सेवन गरी मनाइँदैछ ।शास्त्रीय विधानअनुसार आज सबेरै उठी घर लिपपोत गर्नाका साथै स्नान गरेर पूजासामान तयार पारी सङ्कल्प गरिन्छ । दियो, कलश र गणेशलाई पूजा गरी कलशमाथि अष्टदल लेखेको तामाको थाली राखी अष्टदलमा भगवान् विष्णुको सोह्र सामग्रीद्वारा पूजा गरिन्छ … Read more

लोसपा चितवनको सचिबमा २४ वर्षका रामप्रसाद ढकाल

चितवन– लोकतान्त्रिक समाजवादी पार्टी नेपाल चितवनको सचिवमा रामप्रसाद ढकाल निर्वाचित भएका छन । उमेरले मात्रै २४ टेकेका उनी लोसपाको जिल्ला सचिवमा सर्बसम्मत निर्वाचित भएका हुन । चितवनको पर्यटकीय नगरी सौराहामा सम्पन्न जिल्ला भेलाबाट अध्यक्षमा किशोर मण्डल चयन भएका छन । त्यस्तै उपाध्यक्षमा राधा पराजुली, सहसचिवमा सूर्यबहादुर भुजेल, ओमप्रसाद सिम्खडा र कोषाध्यक्षमा राजु भुजेल चयन भएका … Read more

भन्सार विधेयक बहुमतले पारित

प्रतिनिधिसभाको आजको बैठकले ‘भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८१’ बहुमतले पारित गरेको छ उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव पेस गर्नुभएको थियो । विधेयकमाथिको छलफलमा सांसद प्रभु साहले प्रस्तुत विधेयकमा भएको व्यवस्थाले सीमा क्षेत्रको जनतालाई दुःख दिने बताउनुभयो । अवैध रुपमा चोरी पैठारी भएका सामान समाउने … Read more

गगन थापाविरुद्धको अवहेलना मुद्दाको प्रारम्भिक सुनुवाइ सकियो

नेपाली कांग्रेसका महामन्त्री गगन थापाविरुद्धको अवहेलना मुद्दाको प्रारम्भिक सुनुवाइ सकिएको छ । सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश सपना मल्ल प्रधान र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासमा अधिवक्तात्रय विशाल थापा, अनन्तराज लुइँटेल र प्रतिभा उप्रेतीले आज निवेदकको तर्फबाट बहस गरेका हुन् । उनीहरुले आइतबार सर्वोच्चमा अवहेलना मुद्दा दायर गरेका थिए । थापाले बिहीबार आयोगका पदाधिकारीहरुको कार्यकाल सकिन लाग्दा … Read more

हनुमानढोका दरबार क्षेत्रको आम्दानी बढ्यो

अघिल्लो आर्थिक वर्षभन्दा चालु आर्थिक वर्षमा हनुमान ढोका दरबार संरक्षण कार्यक्रमको आम्दानीमा वृद्धि भएको छ । गत आवको वैशाख पहिलो हप्तासम्ममा रु १४ करोड छ लाख ६३ हजार पर्यटनबाट शुल्क सङ्कलन गरेको उक्त कार्यक्रमले चालु आवको सोही अवधिमा रु १५ करोड २६ लाख ३५ हजार सङ्कलन गरिसकेको कार्यक्रमका प्रमुख चन्द्रगोपाल प्रधानले जानकारी दिनुभयो । प्रमुख … Read more

मेटमणिको चेतावनी: शिक्षकको माग पूरा नगरे सिंहदरबार र बालुवाटारबाट भाग्नुपर्ला

नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले सरकारले शिक्षकहरूका माग सम्बोधन नगरे सिंहदरबार र बालुवाटारबाट भाग्ने दिन आउने चेतावनी दिएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद चौधरीले शासकहरू भाग्नुपरेको इतिहास स्मरण गराए । ‘शिक्षकका मागअनुसार शिक्षा विधेयकलाई टुंग्याउनको लागि हार्दिक अनुरोध गर्दछु । अन्यथा सिंहदरबार र बालुवाटारबाट भाग्नुपर्ला,’ उनले भने, ‘शासकहरू भागेको कुरा सुन्नुभएको … Read more

पोषणभत्ता वृद्धि गर्न सरकारलाई सांसदहरूको सुझाव

प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा सांसदहरुले बालबालिकालाई दिँदैआएको पोषणभत्ता वृद्धि गर्न सरकारलाई सुझाव दिएको छ । सांसद रञ्जुकुमारी झाले बालबालिकाको पोषणभत्ता वृद्धि हुनेगरी आगामी नीति तथा कार्यक्रम र बजेट ल्याउन सरकारलाई सुझाव दिइन् । सांसद माधव सापकोटाले  सिन्धुपाल्चोक जुगल गाउँपालिका–२ गुम्बास्थित बोल्दे आधारभूत विद्यालयका कार्यालय सहयोगी पेम्बानुर्बु तामाङलाई  आन्दोलनका क्रममा हातपात भएको भन्दै आपत्ति जनाए … Read more

प्रतिनिधिसभामा विपक्षीको विरोध

विपक्षी दलहरूले प्रतिनिधिसभा बैठक सुरु हुनेवित्तिकै उठेर विरोध गरेका छन् । सभामुख देवराज घिमिरेले बस्न भन्दा पनि विपक्षी सांसदहरू बस्न नमानेपछि प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न दिएका थिए । उनले आफूहरूले सोमबार संघीय संसद् सचिवालयमा दर्ता गराएको चिकित्सक र शिक्षकको आन्दोलनबारे दर्ता गराएको सार्वजनिक महत्वको प्रस्तावलाई कार्यसूचीमा राख्न गरेको … Read more

बालाजुमा एक महिलाले लगाइन् आफ्नै शरीरमा पट्रोल छर्केर आगो

काठमाडौं महानगरपालिका–१६ बालाजुमा एक महिलाले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएकी छिन् । बालाजुस्थित जागृती टोल बस्ने ४५ वर्षीया बिना श्रेष्ठले आफ्नो शरीरमा आफैं आगो लगाएकी हुन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपीलराज बोहराका अनुसार आइतबार राति करिब १० बजेतिर ती महिलाले शरीरमा आगो लगाएकी हुन् । श्रीमानसँग विवाद भएपछि उनले आफ्नै … Read more

भारत मध्यप्रदेशमा इनारमा गाडी खस्दा १२ जनाको मृत्यु

भारतको मध्य प्रदेशमा इनारमा गाडी खस्दा १२ जनाको मृत्यु भएको छ । मध्य प्रदेशको मन्दसौर क्षेत्रमा दुर्घटना भएको हो । मन्दिरतिर जाँदै गरेका भक्तजनहरू दुर्घटनामा परेको त्यहाँको प्रहरीले जनाएको छ । गाडी पहिले मोटरसाइकलसँग ठोक्किएको थियो । त्यसपछि अनियन्त्रित भएर नजिकैको इनारमा खसेको हो । दुर्घटनामा मोटरसाइकल चालकको पनि घटनास्थलमै मृत्यु भएको छ । गाडीमा … Read more