२०८२ मा हुने एसईईको रजिस्ट्रेसन फारम भर्नुस्

२०८२ सालमा सञ्चालन हुने एसईई परीक्षाको रजिष्ट्रेसन फाराम भर्न राष्ट्रिय परीक्षा बोर्डले विद्यालय र विद्यार्थीलाई सूचित गरेको छ। बोर्डले सूचना जारी गर्दै आजदेखि आगामी जेठ ११ गतेभित्र फाराम भरिसक्न विद्यालय र विद्यार्थीहरुलाई सचेत गराएको हो। शैक्षिक सत्र २०८२ मा कक्षा १० मा साधारण, परम्परागत (संस्कृत वेदविद्याश्रम गुरुकुल मदरसा, गोन्पा) र प्राविधिक धारतर्फ नियमित रुपमा अध्ययनरत … Read more

मोदीले गरे एसीसहितको जयनगर–पटना र्‍यापिड रेलको उद्घाटन, नेपाली यात्रुसमेत लाभान्वित हुने

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जयनगर-पटनाबीचको नमो भारत र्‍यापिड रेलको उद्घाटन गरेका छन् । बिहीबार मधुबनी शहरमा एक र्‍यालीलाई सम्बोधन गर्न पुगेका मोदीले हरियो झण्डा देखाएर नमो भारत र्‍यापिड रेलको उद्घाटन गरेका हुन् । ​ नमो भारत र्‍यापिड परियोजना नेपाल र बिहारको राजधानीसँग सिमानामा रहेको जयनगर बीचको सबैभन्दा छिटो र पहिलो पूर्ण वातानुकूलित रेल हो । … Read more

पहिचानवादी युवाहरूको अपिलः वार्ता र संवादबाट पाथीभरा केबलकार निर्माण गर्न चाहन्छौँ

पहिचानवादी युवाहरूले स्थानीय पहिचान र अस्तित्व संरक्षण गर्दै विकास निर्माण अघि बढाउन सबै पक्ष तयार रहन आग्रह गरेका छन् । ‘पहिचानका लागि युवा’ संस्थाले काठमाडौँ पत्रकार सम्मेलन गर्दै पाथीभरा केबलकार निर्माणको विषयलाई द्वन्द्वभन्दा वार्ता र संवादमार्फत समस्या समाधान गर्न सबै पक्ष तयार रहनुपर्ने बताएको हो । संस्थाले वार्ताका माध्यमबाट पाथीभरा केबलकारको समस्या समाधान गर्न पहिचानवादी … Read more

तेह्र बुँदे घोषणापत्र जारी गर्दै हिमाली संवाद सम्पन्न

सङ्घीय सरकारले आगामी जेठ २ देखि ४ गतेसम्म गर्ने सगरमाथा संवादको पूर्वतयारीका रूपमा आयोजना गरिएको हिमाली संवाद १३ बँुदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ । यही वैशाख ९ र १० गते जुम्लाको खलङ्गामा सम्पन्न हिमाली संवादमा कर्णालीका बालबालिका र सीमान्तकृत समूहहरूको आवाज प्रस्फूटन गराउने विषयमा विभिन्न सुझाव दिइएको हो । सगरमाथा संवादको सचिवालयसँगको … Read more

लोकतन्त्र दिवसका अवसरमा भृकुटीमण्डप गुञ्जायमान

जनताले जितेको दिन अर्थात् लोकतन्त्र दिवसको खुशीयालीका अवसरमा आज काठमाडौँको भृकुटीमण्डप गुञ्जायमान भएको छ ।4 नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले जनताले जितेको दिनको अवसरमा आयोजन गरेको ‘यूथ सेलिब्रेसन’ कार्यक्रममा सहभागी हुन देशभरका युवा लोकतन्त्रको पक्षमा नारा लगाउँदै भृकुटीमण्डपमा जम्मा हुने क्रम जारी छ । आजको कार्यक्रममा भृकुटीमण्डपमा विभिन्न कन्सर्ट, साङ्गीतिक कार्यक्रम, झाँकी, नृत्यलगायत प्रस्तुत भइरहेका छन् … Read more

कैन्दीबन्दीलाई सिलाइकटाइ तालिम

जिल्ला कारागारका कैदीबन्दीलाई सिलाइकटाइ तालिम दिन सुरु गरिएको छ । पर्यटन तथा उद्योग कार्यालयको आयोजनामा पुरुष कैदीबन्दीहरुको सीप क्षमता विकास, आयआर्जन, व्यवसायिक तथा आत्मनिर्भर बनाउने उद्देश्यले आजदेखि एक महिनाको सिलाइकटाइ तालिम सञ्चालन गरिएको हो । पर्यटन तथा उद्योग कार्यालयको आार्थिक सहयोग तथा कारागार शाखाको व्यवस्थापनमा १० पुरुष कैदीबन्दीलाई तालिम दिइने कारागार शाखा मुस्ताङका निमित्त प्रमुख … Read more

कश्मीरमा मारिएका सुदीप न्यौपानेको अन्त्येष्टि

भारतको जम्मू–कश्मीरमा भएको आतंकवादी आक्रमणमा मारिएका बुटवलका सुदीप न्यौपानेको अन्त्येष्टि गरिएको छ । उनको आज (बिहीबार)त्रिवेणीमा अन्त्येष्टि गरिएको हो । आक्रमणमा मारिएका बुटवल–११, कालिकानगरका सुदीपको शव बिहीबार बिहानै गृहनगर ल्याइएको थियो । उनको शव श्रीनगरबाट दिल्ली हुँदै लखनऊ ल्याइएको थियो । लखनऊबाट सुनौली हुँदै बुटवल ल्याइएको हो । शवलाई केहीबेर निवासमा राखेपछि अन्त्येष्टिका लागि त्रिवेणीमा … Read more

राप्रपाद्वारा जम्मुकश्मिरको घटनाप्रति दुःख व्यक्त

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भारतको जम्मुकश्मिरको पहलगाममा मङ्गलबार आतङ्कवादी समूहले पर्यटकको समूहमाथि गरेको आक्रमण गरेको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले विज्ञप्ति प्रकाशित गरी उक्त आक्रमणमा परी एकजना नेपाली नागरिकसहित २६ जनाको मृत्यु भएको र आक्रमणका कारण दर्जनौँ व्यक्ति घाइते भएका जनाउँदै मानवताविरोधी घटनाप्रति गहिरो दुःख प्रकट गर्नुभएको हो । … Read more

काभ्रेमा रगतको चरम अभावः बिरामी समस्यामा

बनेपास्थित नेपाल रेडक्रस सोसाइटी काभ्रेको रक्त सञ्चार सेवा केन्द्रमा रगत मौज्दात शून्य अवस्थामा रहेको छ । विरामीका लागि स्थानीय नागरिक तथा अस्पतालद्वारा रगत लिन आज केन्द्रमा पुग्दा केन्द्रले एक यूनिट रगतसमेत दिन नसकेको जनाइएको छ । केन्द्रमै केही दिनदेखि रगत अभाव भएको बताइएको छ । “केन्द्रमा एक यूनिट रगत पनि छैन, जिल्लाका अस्पताल र व्यक्तिबाट … Read more

आवासीय चिकित्सक सडकमा, शुक्रबार देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने चेतावनी

निजी मेडिकल कलेजमा कार्यरत आवासीय चिकित्सकहरु प्रदर्शनमा उत्रिएका छन् । सरकारी सरह निर्वाह भत्ता माग गर्दै सेतो पोशाक लगाएका उनीहरु माइतीघर मण्डलामा भेला भएका छन् । उनीहरुले आज स्वास्थ्य मन्त्रालयसम्मै पुगेर प्रदर्शन गर्ने चेतावनी दिएका छन् । तर प्रहरीहरुले उनीहरुलाई अघि बढ्नबाट रोक्ने प्रयास गरिरहेका छन् । चिकित्सा शिक्षा आयोगको २५ माघमा बसेको १६ औं … Read more