भोजपुरमा भूमि आयोगद्वारा काम सुरु

भोजपुर, माघ १२- जिल्लामा सरकारले गठन गरेको भूमिसम्बन्धी समस्या समाधान आयोगको कार्यालय सञ्चालनमा आएको छ । भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि सरकारले गठन गरेको आयोगका जिल्ला समिति अध्यक्ष देवीराम चौलागाईंले पदभार ग्रहण गरेसँगै कार्यालय सञ्चालनमा आएको हो । पदभार ग्रहणपश्चात् जिल्लाका सबै खाले भूमिसम्बन्धी समस्या समाधानका लागि सबै पक्षसँग समन्वय … Read more

उत्पादित कफी सहकारीले किनेपछि कृषक उत्साहित

दमौली (तनहुँ), माघ १२- तनहुँको शुक्लागण्डकी नगरपालिकाका विभिन्न ठाउँमा उत्पादित कफी सहकारीले खरिद गर्न थालेपछि कृषक उत्साहित भएका छन् । दुलेगौडास्थित कृष्मी सहकारी संस्थाले कृषकले उत्पादित कफी खरिद गरिदिन थालेपछि यहाँका कृषक उत्साहित भएका हुन् । सहकारीले नै कफी खरिद गर्ने व्यवस्था मिलाएपछि उत्पादित कफीको बजार खोज्दै हिँड्नुपर्ने बाध्यताबाट मुक्ति पाएको शुक्लागण्डकी–१ थप्रेकका सुरज वाग्लेले … Read more

राइट टु प्रोटिन’ हाफ म्याराथनः सन्तोषी र राजन प्रथम

काठमाडौँ, माघ १२- मुलुककै सबैभन्दा धेरै खेलाडीको सहभागिता रहेको चौथो संस्करणको ‘राइट टु प्रोटिन’ दौड प्रतियोगिता सम्पन्न भएको छ । नेपाल भेटेरिनरी एशोसिएसनको आयोजनामा भएको प्रतियोगितामा विभिन्न आठ विधामध्ये खुला हाफ म्याराथनमा महिलातर्फ सन्तोषी श्रेष्ठ र पुरुषतर्फ राजन रोकाय प्रथम हुनुभएको छ । दश किलोमिटर (खुला) पुरुषतर्फ सञ्जय श्रेष्ठ, पाँच किमी (खुला) महिलातर्फ फूलमति राना, … Read more

शीतलहर तथा बाक्लो हुस्सुबाट जनजीवन प्रभावित

कञ्चनपुर, माघ १२- सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरको जनजीवन शीतलहर र बाक्लो हुस्सुबाट प्रभावित भएको छ । बिहानै विद्यालय जाने बालबालिका, वृद्धवृद्धा, विपन्न परिवार शीतलहर र बाक्लो हुस्सुबाट प्रभावित भएका छन् । शीतलहर चल्ने क्रमसँगै निकै चिसो बढेपछि विद्यालय जाने बालबालिकामा ज्वरो, टाउको दुख्न, पेट दुख्नेलगायतका समस्या देखा पर्न थालेको छ । वृद्धवृद्धामा श्वासप्रश्वासको समस्या … Read more

झापामा समर्थन मूल्यभन्दा बढीमा धान बिक्री

भद्रपुर (झापा), माघ १२- यस वर्ष झापाका धान उत्पादक किसानले सरकारले तोकेको न्यूनतम समर्थन मूल्यभन्दा बढी मूल्यमा धान बिक्री गरेका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय विर्तामोडले किसानको धान खरिद गर्न गत मङ्सिरमा न्यूनतम समर्थन मूल्य तोकेको थियो । “यस वर्ष ५० हजार क्विन्टल धान किसानबाट खरिद गर्ने तयारी थियो, … Read more

‘कोशी विचार उत्सव–२०२५’ विराटनगरमा आयोजना हुने

मोरङ, माघ १२- विणा फाउण्डेशनले विराटनगरमा ‘कोशी विचार उत्सव–२०२५’ आयोजना गर्ने भएको छ । फाउण्डेशनद्वारा शुक्रबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा आगामी फागुन १५ देखि १७ गतेसम्म कोशी विचार उत्सव आयोजना हुने जानकारी दिइएको हो । उक्त उत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रदेशको ऐतिहासिक, भौगोलिक, सांस्कृतिक, सामाजिक लैङ्गिक, शैक्षिक, भाषिक, साहित्य, राजनीतिक, पर्यटन, उद्योग, व्यवसाय, औद्योगिक अवस्था, … Read more

सार्वजनिक जग्गा कसैले अतिक्रमण गरेर राख्यो भने सरकारले फिर्ता ल्याउँछः उपप्रधानमन्त्री सिंह

काठमाडौँ, माघ १२- उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले अतिक्रमित सार्वजनिक जग्गा सरकारले फिर्ता ल्याउने दाबी गरेका छन्। बुद्धनगर टोल सुधार समितिले शनिबार (आज) राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सरकारले सार्वजनिक जग्गा अतिक्रमण हुन नदिने र भएका पनि फिर्ता ल्याउने बताएका हुन्। उनले भने, ‘सरकारले नीति बनाएको छ। कानून पनि छ। सार्वजनिक जग्गा … Read more

शिक्षणलाई सूचना प्रविधिसँग जोड्न प्राध्यापकलाई तालिम

चितवन,माघ १२- शिक्षण विधि र अनुसन्धान क्षमतामा सुधार ल्याउने तथा शिक्षणलाई सूचना प्रविधिसँग जोड्ने उद्देश्यले प्राध्यापकलाई तालिम दिइएको छ । त्रिभुवन विश्वविद्यालयको वन विज्ञान अध्ययन संस्थान डीनको कार्यालयले २४ जना प्राध्यापकलाई १० दिनसम्म तालिम प्रदान गरिएको हो । उच्च शिक्षा सुधार कार्यक्रमअन्तर्गत विश्वविद्यालय अनुदान आयोगको सहयोगमा यही माघ ३ देखि ६ गतेसम्म अनलाइन विधिबाट र … Read more

‘प्रभावकारी सेवा प्रवाह गर्न प्रदेश सरकारले जनशक्ति व्यवस्थापन गरिरहेको छ’

अर्घाखाँची, माघ १२- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सार्वजनिक निकायमा चुस्त, प्रभावकारी र गुणस्तरीय सेवा प्रवाह गर्न प्रदेश सरकार जनशक्ति व्यवस्थापनमा सक्रिय भएर अघि बढेको बताउनुभएको छ । नेपाल निजामती कर्मचारी सङ्गठन जिल्ला कार्यसमितिले सन्धिखर्क नगरपालिका–६ नरपानीमा सहिद मनोज–झपेन्द्र–सुरेन्द्र स्मृति पार्कसहित निर्माण गरेको शालिकको आज अनावरण गर्दै उहाँले परिवर्तन र समानताका लागि सहिदद्वारा गरिएका बलिदानीले … Read more

युक्रेनको विषयमा वार्ताका लागि रुस तयार

मस्को– रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनबारे वार्ताका लागि मस्को तयार रहेको बताएका छन् ।नेता पुटिनले भने, ‘हामीले जहिले पनि यो कुरा भन्दै आएका छौँ र म फेरि एक पटक यसमा जोड दिन चाहन्छु, हामी युक्रेनी विषयमा वार्ताका लागि तयार छौँ ।’ राष्ट्रपति पुटिनले केही विषयमा विशेष ध्यान दिन आवश्यक रहेको बताउँदै भने, ‘प्रतिबन्धित भइसकेको अवस्थामा … Read more