आजको मौसम : यी पाँच प्रदेशमा हावाहुरीको सम्भावना, सतर्कता अपनाउन आग्रह

हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावका साथै स्थानीय वायुकोसमेत प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली, लुम्बिनी प्रदेशलगायत बाँकी पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहेको छ। कर्णाली प्रदेशका थोरै स्थानहरू तथा सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भैरहेको छ। … Read more

धनगढीमा नुहाउने क्रममा नदीमा डुबेर दुई किशोरको मृत्यु

कैलालीको धनगढीमा नुहाउने क्रममा नदीमा डुबेर दुई किशोरको मृत्यु भएको छ । शनिबार धनगढी उपमहानगरपालिका–१९ फूलबारीमा मोहना नदीमा नुहाउने क्रममा डुबेर सोही ठाउँका १५ वर्षीय दिनेश ओझा र १६ वर्षीय आशिष ओझाको मृत्यु भएको प्रहरीले जनाएको छ । नदीमा डुबेका उनीहरूलाई मृत अवस्थामा निकालिएको थियो । उनीहरूसँगै नदीमा नुहाउन गएका अन्य दुई किशोर पनि डुबेर घाइते … Read more

घाइते भएपछि ब्राजिलको टिमबाट हटाइए नेइमार

ब्राजिलका सुपरस्टार फुटबलर नेइमार फेरी घाइते भएका छन्। शुक्रबार तिघ्राको चोटका कारण नेइमार आगामी विश्वकप छनोटको लागि ब्राजिलको टिमबाट बाहिरिएका छन्। अक्टोबर २०२३ देखि ब्राजिलको टिम बाहिर रहेका नेइमारलाई ब्राजिलको विश्वकप छनौटका आगामी खेलका लागि राष्ट्रिय टिममा समावेश गरिएको थियो। मार्च २ मा ब्रागान्टिनोविरुद्ध सान्तोसको २-० को जितमा नेइमारको मांसपेशीमा समस्या आएको बताइएको छ। नेइमार … Read more

नेकपा माओवादीको पार्टि कार्यालयमा शिक्षकहरुको धर्ना 

चैत्र १ , काठमाडौँ नेपाल शिक्षक महासंघले अविलम्ब शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै सुरु गरेको दोस्रो चरणको आन्दोलनअन्तर्गत शुक्रबार नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय, पेरिसडाँडामा धर्ना दिएको छ। मंगलबार सत्तारुढ नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपा र बुधबार नेकपा एमाले कार्यालयमा धर्ना दिएका शिक्षक र विद्यालय कर्मचारीहरूले शुक्रबार माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा धर्ना दिएका हुन्। … Read more

एमाले पार्टी कार्यालयमा शिक्षकहरुको धर्ना

२८ फागुन, काठमाडौं । बुधबार दोस्रो दिनको धर्नाअन्तर्गत महासंघले एमाले पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिएको हो। अब नेपाली शिक्षक, कर्मचारीहरू अन्तिम चरणको आन्दोलनमा रहेको र चैत २० गतेसम्म पनि सरकारले विगतका सबै सहमति सम्बोधन हुनेगरी विद्यालय शिक्षा ऐन जारी नगरे अन्तिम र निर्णायक चरणको आन्दोलन गर्ने चेतावनी दिए। धर्ना कार्यक्रम स्थलमा उपस्थिति भएका एमाले  महासचिव … Read more

न्यून भिजिविलिटीका कारण विमान आकाशमै ‘होल्ड’

प्रतिकुल मौसमका कारण आवश्यक भिजिविलिटी नहुँदा आन्तरिक र अन्तरराष्ट्रियतर्फका हवाई उडान प्रभावित भएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार मौसम प्रतिकुलका कारण न्यून भिजिविलिटीका कारण केही विमान आकाशमै ‘होल्ड’मा परेका हुन्। विमानस्थल कार्यालयका अनुसार जापानको नारिताबाट आएको नेपाल एयरलाइन्सको विमान केही समय होल्ड भएपछि अवतरण भएको छ। कतारको दोहाबाट आएको कतार एयरवेज, भारतको … Read more

स्थानीय र प्रदेशको काम संघले गर्नु संविधानको मर्म विपरित : अर्थमन्त्री पौडेल

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्थानीय तह र प्रदेशले गर्ने काम संघले गर्नु संविधान र संघीयताको मर्म र भावना विपरित हुने बताएका छन्। आर्थिक वर्ष २०८२/०८३ वर्षको बजेट सम्बन्धी अर्थ मन्त्रालयले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग गरेको छलफलमा अर्थमन्त्री पौडेलले स्थानीय तह र प्रदेशले गर्ने काम अब संघले गर्न नहुने बताए। २०७२ सालामा … Read more

माओवादी उपाध्यक्ष अग्नि सापकोटाविरुद्धको मुद्दाको सुनुवाई जारी

पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा दायर मुद्दामा आजबाट फेरि सुनुवाइ सुरु भएको छ। सापकोटाविरुद्ध काभ्रेकी पूर्णिमाया लामाले दायर गरेको सो रिट सर्वोच्चको संवैधानिक इजलासमा पेशी तोकिएको थियो। आज प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार रेग्मी मनोजकुमार शर्मा र कुमार चुडाल सम्मिलित संवैधानिक इजलास गठन गरिएर सुनुवाई भइरहेको हो। … Read more

देशभरका ८४ क्याम्पसमा स्ववियुको नेतृत्व निर्विरोध

देशभरका ८४ वटा क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नेतृत्व निर्विरोध चयन भएका छन्। मंगलबार मनोनयन दर्ता गर्नेक्रममा पदमा एक जनाको मात्रै उम्मेदवारी परेपछि उनीहरू निर्विरोध निर्वाचित भएका हुन्। कतिपय ठाउँहरूमा भने विद्यार्थी संगठनहरूले आपसी समझदारीमा सर्वसम्मत नेतृत्व चयन गरेका छन्। निर्विरोध भएका ८४ क्याम्पसमध्ये अहिलेसम्म नेपाल विद्यार्थी संघले ३३ वटा क्याम्पसको अध्यक्ष जितेको दाबी … Read more

पाकिस्तानमा ४०० यात्रुसहित सिंगै रेल अपहरण गर्ने बीएलए के हो र उसले के चाहन्छ ?

मंगलबार दिउँसो पाकिस्तानको बलुचिस्तान प्रान्तको सिब्बी जिल्लामा क्वेटाबाट पेशावर जाँदै गरेको जाफर एक्सप्रेस रेलमा हतियारधारी अतिवादीहरूले आक्रमण गरे र धेरै यात्रुहरूलाई बन्धक बनाए। प्रतिबन्धित बलुच लिबरेशन आर्मीले आक्रमणको जिम्मेवारी लिएको छ। पाकिस्तानी सेनाले बीबीसी उर्दूलाई बताएअनुसार अहिलेसम्म १०४ यात्रुलाई सुरक्षित रूपमा बाहिर निकालिएको छ र १६ जना अतिवादी मारिएका छन्। अर्कोतर्फ, बलुच लिबरेशन आर्मीले धेरै … Read more