दयाहाङ र विजयको ‘वरिष्ठ बलराम’ लक्ष्मीपूजामा

‘कबड्डी’ जोडी दयाहाङ राई र विजय बराललाई मुख्य भूमिकामा लिएर निर्माण हुन लागेको फिल्म ‘वरिष्ठ बलराम’को प्रदर्शन मिति घोषणा गरिएको छ । महाशिवरात्रिको अवसर पारेर बुधबार युट्युबमार्फत टाइटल टिजर सार्वजनिक गर्दै आगामी वर्षको लक्ष्मीपूजा अर्थात् कात्तिक ३ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको हो । अहिलेसम्म उक्त मितिमा फिल्मलाई एकल रिलिजको अवसर छ । सुरेन्द्र पौडेलको … Read more

‘मायावी’ गीत : दीपिकासँग पल र समीमको प्रेम

महाशिवरात्रिको अवसर पारेर बुधबारदेखि प्रदर्शनमा आएको फिल्म ‘मायावी’को पाँचौं गीत सार्वजनिक गरिएको छ । ‘बिहानीको न्यानो मौसम’ बोलको सार्वजनिक गीतमा एसडी योगीको पार्श्व गायन तथा संगीत छ भने राम अविरल बिष्टको शब्द रचना रहेको छ । यसलाई निर्माण टिमले फिल्मको सबैभन्दा सशक्त गीत मानेको छ । फिल्म हेरेका दर्शकहरुले पनि यो गीतलाई रुचाएका छन् । … Read more

आगामी आर्थिक बर्षका लागि बजेट लेखन समिति गठन

काठमाडौं। आर्थिक वर्ष २०८२/०८३ को बजेट लेखनका लागि अर्थ मन्त्रालयले बजेट लेखन समिति गठन गरेको छ। समितिको संयोजकमा बजेट महाशाखा प्रमुख श्रीकृष्ण नेपाल छन्। सदस्यहरुमा वैदेशिक महाशाखा प्रमुख धनीराम शर्मा, राजस्व महाशाखा प्रमुख उत्तरकुमार खत्री, प्रशासन महाशाखा प्रमुख थानप्रसाद पंगेनी, आन्तरिक राजस्व विभागका उपमहानिर्देशक तिर्थ चिलुवाल र सहमहालेखा नियन्त्रक सुशीला अर्याल छन्। बजेट लेखन समितिको … Read more

१२ दिनको उपचारपछि पोखरा फर्किए मेयर आचार्य

काठमाडौं। पोखरा महानगरका मेयर धन राज आचार्य १२ दिनको उपचारपछि पोखरा फर्किएका छन्। यहि फागुन ३ गते ‘पोखरा भ्रमण वर्ष २०२५’ को औपचारिक घोषणा समारोहका क्रममा प्राविधिक त्रुटिका कारण उपप्रधानमन्त्री तथा अर्थमन्त्री माननीय विष्णु पौडेलसँगै मेयर आचार्य जलनका कारण घाइते भई कीर्तिपुर बर्न अस्पतालमा भर्ना भई उपचाररत रहेका थिए। मन्त्री पौडेल केहि दिन अघि नै अस्पतालबाट … Read more

मलद्वारमा लुकाएको चार किलो सुन भन्सार जाँच पासपछि कसरी भयो बरामद?

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध सुन भित्रिने क्रम रोकिएको छैन। बुधबार मात्र भन्सार परिषरबाट चार विदेशी नागरिकलाई प्रहरीले अवैध सुनसहित नियन्त्रणमा लिएको छ। दुबईबाट फ्लाई दुबईको एफजेएड ५७५ उडानबाट तीन महिला र एक पुरुष मलद्वारमा करिव चार किलो अवैध सुन बोकेर काठमाडौं आएका थिए। त्यसरी आउनेमा उज्वेकिस्तानी नागरिक गुलामदजानोवान उमिदा अख्मेदोभ, सरदार टुर्सुनोभ, अखमदजनोवना … Read more

पूर्वाधार विकासको जनचाहना पूरा गर्न दलहरूले मिलेर काम गर्नुपर्छ : उपप्रधानमन्त्री सिंह

धनगढी । उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले जनताको चाहना पूर्वाधार विकास भएको भन्दै विकास निर्माणमा दलहरु मिलेर काम गर्नुपर्ने बताएका छन्। सहरी विकास मन्त्रालय अन्तर्गतको सघन शहरी विकास कार्यक्रमअन्तर्गत कञ्चनपुर बेलौरी नगरपालिकामा एकीकृत शहरी विकास कार्यक्रमका विभिन्न योजना उद्घाटन गर्दै उनले यस्तो बताए। उनले पूर्वाधार विकासका कामहरु गरेर जनतालाई सेवासुविधा दिनुपर्नेमा आफ्नो जोड … Read more

ललितपुर महानगरमा प्रभात मा. वि. प्रथम

फागुन १५ , काठमाडौँ नेपाल राष्ट्रिय शिक्षक संगठन ललितपुर महानगर समितिले आयोजना गरेको महानगरस्तरीय वक्तृत्वकला प्रतियोगितामा प्रभात मा. वि. प्रथम भएको छ। महानगरको ओमेगा माध्यमिक विद्यालयमा आयोजना गरिएको कार्यक्रममा  २३ विद्यालयका २३ प्रतिस्पर्धिको सहभागिता रहेको थियो। प्रतियोगितामा प्रभात माध्यमिक विद्यालयका कक्षा नौमा अध्यायनरत कृष्ण साह तेलिले प्रथम स्थान हासिल गरेका हुन् । वालकुमारी मा.वि.का सबिना … Read more

टोटनह्याममाथि म्यानचेस्टर सिटीको संघर्षपूर्ण जित

काठमाडौं। इङ्लिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले टोटनह्याममाथि संघर्षपूर्ण जित हासिल गरेको छ। गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले टोटनह्यामलाई १-० गोल अन्तरले पराजित गरेको हो। म्यानचेस्टर सिटीको जितमा खेलको १२औं मिनेटमा इर्लिंग हालाण्डले गरेको गोल नै खेलको निर्णायक गोल बनको थियो। यो जितपछि म्यानचेस्टर सिटीको २७ खेलमा ४७ अंक रहेको छ र लिगमा चौथो स्थानमा … Read more

पशुपतिनाथमा चार प्रहरमा चार किसिमका पूजा

काठमाडौं। महाशिवरात्रिको रात्रिमा पशुपतिनाथ मन्दिरमा चार प्रहरको पूजा चलिरहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। बुधबार बेलुकी करिब ६ बजे सुरु भएको पूजा आज बिहान ६ बजेसम्म जारी रहने कोषका सदस्यसचिव डा मिलनकुमार थापाले जानकारी दिए। सांस्कृतिक पर्वका रूपमा रहेको यस रात्रिमा बुधबार पशुपतिनाथमा चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सवका … Read more

महाशिवरात्रिका अवसरमा एकसाथ तीन चलचित्र प्रदर्शनमा

काठमाडौं। महाशिवरात्रिको अवसर पारेर बुधबारदेखि एकसाथ तीन नेपाली चलचित्र ‘लाज शरणम्’, ‘फेरि रेशम फिलिली’ र ‘मायावी’ को प्रदर्शन सुरु गरिएको छ। नयाँ चलचित्र शुक्रबारदेखि प्रदर्शन हुने भए पनि महाशिवरात्रिको बिदाको अवसर पारेर तीनै चलचित्र बुधबार नै प्रदर्शन भएका हुन्। केही चलचित्रले सार्वजनिक प्रदर्शन अगाडि आयोजित विशेष प्रदर्शनीमार्फत सकारात्मक प्रतिक्रिया बटुलिसकेका छन्। ‘लाज शरणम्’ लाई हास्य … Read more