फागुन १५ , काठमाडौँ
नेपाल राष्ट्रिय शिक्षक संगठन ललितपुर महानगर समितिले आयोजना गरेको महानगरस्तरीय वक्तृत्वकला प्रतियोगितामा प्रभात मा. वि. प्रथम भएको छ।
महानगरको ओमेगा माध्यमिक विद्यालयमा आयोजना गरिएको कार्यक्रममा २३ विद्यालयका २३ प्रतिस्पर्धिको सहभागिता रहेको थियो।
प्रतियोगितामा प्रभात माध्यमिक विद्यालयका कक्षा नौमा अध्यायनरत कृष्ण साह तेलिले प्रथम स्थान हासिल गरेका हुन् । वालकुमारी मा.वि.का सबिना तामाङ दोस्रो भएकि थिइन भने चन्डी आदर्श सरल मा. वि. का सुजना अछामी तेस्रो हुन सफल भएकी थिइन । कार्यक्रममा मुनलाइट स्कुलकि खुशी कटुवालले सान्त्वना पुरस्कार हात पारेकी थिइन । ललितपुर महानगरका शिक्षा बिभाग प्रमुख श्री देवि प्रसाद उपाध्याय को प्रमुख आथित्यतामा उक्त कार्यक्रम सम्म्पन्न भएको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि उपाध्यायले विद्यार्थी प्रतिस्पर्धामा सहभागी भएर कहिलै पनि नहार्ने तर जहिले पनि केहि न केहि सिक्ने कुरा बताउनु भयो। नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समितिका सदस्य सुरेन्द्रकुमार घिमिरे, नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति ललितपुरका अध्यक्ष देवीप्रसाद दुलाल, शिक्षक हित साकोसका अध्यक्ष शुक्र थापा विभिन्न संघ , संगठनका प्रतिनिधिहरु , प्रधानाध्यापकहरु लगायतको उपस्थिति रहेको उक्त कार्यक्रममा उपस्थित अतिथिहरुले बिजेता विद्यार्थीहरुलाइ नगद पुरस्कार , ट्रफी र प्रमाणपत्र वितरण गर्नुभएको थियो।
महानगरका अध्यक्ष श्री आनन्द ढुङ्गानाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन महानगरका सचिव गणेश तिमसिनाले गर्नु भएको थियो।