मिल्ने साथीले नै झुक्क्याएर दिल्ली पुर्‍याएपछि

कञ्चनपुरको भीमदत्तनगरकी १७ वर्षीया किशोरी हिमा (नाम परिवर्तन गरिएको) ‘साथी’ शब्दसँग डराउँछिन्। स्कुलमा पनि एक्लै बस्छिन्। साथीहरूसँग बोल्न, खेल्न र सँगै बसेर खाजा खान मन गर्दिनन्। आजकाल आफ्नो साथी भन्नु उनी आफै हुन्। स्कुलमा पहिले उनकी साथी थिइन् रिमा (नाम परिवर्तन गरिएको)। हिमा र रिमाको खुब मिल्ती थियो। दुवै जना १० कक्षामा पढ्थे। केही समययता रिमाले आफू … Read more

नामिबियाका संस्थापक राष्ट्रपतिको निधन

नामिबिया, माघ २८ गते । नामिबियाका संस्थापक राष्ट्रपति साम नुजोमाको ९५ वर्षको उमेरमा निधन भएको देशका राष्ट्रपति नाङ्गोलो म्बुम्बाले आइतबार घोषणा गर्नुभएको छ । राष्ट्रपति म्बुम्बाले संस्थापक राष्ट्रपतिलाई विगत तीन हप्तादेखि स्वास्थ्य समस्याका कारण उपचार र अवलोकनका लागि राजधानी विन्डहोकमा अस्पतालमा भर्ना गरिएको जानकारी दिनुभयो । मे १२, १९२९ मा उत्तरपश्चिमी नामिबियाको ओमुसाती क्षेत्रको एटुन्डा गाउँमा … Read more

जापान पठाउने भन्दै १ करोड २३ लाख ठगी गर्ने युवती पक्राउ

 माघ २८ गते । वैदेशिक रोजगारमा जापान पठाइदिन्छु भनी विभिन्न व्यक्तिसँग एक करोड २३ लाख रकम ठगी गर्ने युवतीलाई प्रहरीले पक्राउ गरेको छ । बैजनाथ गाउँपालिका ५ बाँकेका २३ वर्षीया तिर्सना बाठा मगरलाई प्रहरीले पक्राउ गरेको छ । वर्किङ भिसामा जापान पठाइदिने भन्दै रकम लिएर उनी तीन महिनादेखि बेपत्ता भएकी थिइन् ।

बिहेमा झगडा हुँदा एक जनाको मृत्यु, छ जना पक्राउ

नेपालगन्ज, माघ २८ गते । बाँकेको बैजनाथमा भएको ‘ग्याङ फाइट’मा खुकुरी प्रहारबाट घाइते एक जनाको मृत्यु भएको छ । बैजनाथ गाउँपालिका–८ स्थित पुष्पनगर बीचलाइनमा भएको ग्याङ फाइटमा खुकुरी प्रहारबाट घाइते भएका स्थानीय दिनेश रोकायाको मृत्यु भएको प्रहरीले जनाएको छ । रोकायाको उपचारका क्रममा भारतको लखनउमा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार स्थानीय युवा … Read more

राष्ट्रियसभा बैठक बस्दै

संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक बस्दैछ । बैठक दिउँसो सवा १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित ‘मिडिया काउन्सिल विधेयक, २०८० माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । यस्तै, सञ्चारमन्त्री गुरुङले ‘मिडिया काउन्सिल विधेयक, २०८० पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत … Read more

रोहितको शतकमा भारतको जित

भारतले इङ्गल्यान्डसँगको दोस्रो एक दिवसीय खेलमा चार विकेटको सफलता पाएको छ। आइतबार भएको दिवा रात्रि खेलमा इङ्गल्यान्डले दिएको ३०५ रनको लक्ष्य पछ्याएको भारतले ३३ बल बाँकी रहँदा ६ विकेटको क्षतिमा ३०८ रन जोडेको हो। भारतका लागि कप्तान रोहित शर्माले शतकीय योगदान गरे। ९० बलको सामना गरेका उनले १२ चौका र ७ छक्काको सहयोगमा ११९ रन … Read more

भरतपुरमा ईभी कारको ठक्करबाट मोटरसाइकलमा सवार एकको मृत्यु, एक जना घाइते

चितवन, माघ २८- भरतपुर महानगरपालिका–१४ भावना चोकमा ईभी कारको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ भने मोटरसाइकल चालक घाइते भएका छन् । आइतवार बेलुका ५ः४० बजेको समयमा गीतानगरबाट पार्वतीपुरतर्फ जाँदै गरेको बागती प्रदेश०१–०२९ च ७५९७ नम्बरको ईभी कार र शिवनगर स्कुलबाट हनुमाननगरतर्फ आउदै गरेको बागमती प्रदेश०६–००१प ५०४८ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका थिए … Read more

पाथीभरा केबलकार वार्ता : आन्दोलित पक्षले गृहमन्त्री खोजे, विवाद जहाँको तहीँ

काठमाडौं– ताप्लेजुङको मुक्कुमुलुङ-पाथीभरा केबलकार विवादमा आइतबार सरकार र आन्दोलित पक्षबीच भएको वार्ता बिनानिष्कर्ष टुङ्गिएको छ । काठमाडौंको बबरमहलस्थित बसेरा होटलमा भएको वार्ता बिनानिष्कर्ष टुङ्गिएको आन्दोलित पक्षकी वार्ताकार सरस्वता लिम्बूले बताइन् । उनका अनुसार २ घण्टासम्म भएको वार्तामा सरकारका तर्फबाट संयोजक तोकिएका गृहमन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराई मात्रै उपस्थित थिए । यता आन्दोलनकारीले आइतबारको वार्तामा गृहमन्त्री रमेश लेखक … Read more

भरतपुरका छ स्थानमा ‘ट्राफिक लाइट’ राखिने

चितवन, माघ २७- भरतपुर महानगरपालिकाको मुख्य सहरी क्षेत्रका छ स्थानमा ट्राफिक लाइट जडान गरिने भएको छ । पुलचोक–गोन्द्राङ छ लेन र बाइपास सडकका मुख्य छ स्थानमा लाइट जडान गर्न लागिएको हो । भरतपुर महानगरपालिकाले मुख्य स्थानमा ट्राफिक लाइट जडानका लागि डिभिजन सडक कार्यालयलाई आग्रह गर्दै आएको थियो । सडक विभागको सडक सुरक्षा तथा ट्राफिक शाखाले … Read more

देवघाटको झोलुङ्गे पुल जीर्ण बनेपछि जोखिममा

दमौली (तनहुँ), माघ २७- तनहुँको देवघाट र चितवन जोड्ने त्रिशूली नदीमाथिको झोलुङ्गे पुल जीर्ण बनेपछि स्थानीयवासीले वैकल्पिक पुलको माग गरेका छन् । सो पुल हुँदै दैनिक हजारौँ भक्तजनले आवतजावत गर्ने गर्छन् । पुल जीर्ण भएकाले जोखिमपूर्ण बनेको स्थानीयवासीको भनाइ छ । विसं २०३७ मा सो पुल निर्माण भएको थियो । अब पुल यात्रु धान्न नसक्ने … Read more