गौर राइस मिलको जग्गा प्रकरण: दोषीलाई कारबाही गर्न प्रधानमन्त्रीलाई ज्ञापन पत्र

गौर राइस मिलको जग्गा भू-माफियाबाट बचाउन र दोषीलाई कारबाही गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाईएको छ। नेकपा एमालेका केन्द्रीय सदस्य तथा रौतहट जिल्ला इन्चार्ज अजयकुमार गुप्ताले बुधबार साँझ बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई ज्ञापन पत्र बुझाएका हुन्। गौर नगरपालिकाका पूर्वमेयर समेत रहेका एमाले नेता गुप्ताले प्रधानमन्त्री ओलीलाई भेटेर गौर राइस मिलको जग्गा भू(माफियाले बिक्री … Read more

परराष्ट्रमन्त्री राणाद्वारा लुम्बिनी भ्रमण

लुम्बिनी: परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आज बुद्धजन्मस्थल लुम्बिनीको भ्रमण गर्नुभएको छ । उहाँलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामा (खेन्पो छिमे)ले स्वागत गर्नुभयो । मन्त्री राणाले मायादेवी मन्दिरको दर्शन, अशोक स्तम्भ तथा पुष्पकरणी पोखरीका बारेमा जानकारी लिनुभयो । उपाध्यक्ष डा लामाले लुम्बिनी विकास कोषले गरेका काम र विकासका बारेमा उहाँलाई जानकारी दिनुभएको थियो … Read more

बुधबारको संसद् बैठकमा अनिवार्य उपस्थित हुन सांसदलाई कांग्रेस-एमालेको ह्विप

काठमाडौं। प्रमुख सत्तारूढ दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले बुधबार बस्ने संघीय संसद्, प्रतिनिधिसभाको बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरुलाई ह्विप जारी गरेको छ । बुधबार दिउँसो १ बजे बस्ने संसद् बैठकमा सरकारले ल्याएको ‘सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो … Read more

सिस्नोको कपडा बुनेर स्वरोजगार बन्दै महिला

हेटौँडा:  जिल्लाको थाहा नगरपालिका दामनका महिला स्वरोजगार बन्ने उद्देश्यले अल्लोको कपडा बनाउन थालेका छन् । वनमा जताजतै उपलब्ध हुने अल्लोको पाटबाट कपडा बुन्ने यहाँका स्थानीय महिलाले वार्षिक कार्यतालिका बनाएर काम गरिरहेका हुन् । तरकारीको मौसम सकिएपछि महिला वनमा गएर अल्लो ल्याउने र पाटबाट धागो बनाएर कपडा बुन्न व्यस्त हुने गरेका छन् । अहिले यहाँका महिला … Read more

थापाथलीमा मेलम्ची खानेपानीको पाइप फुट्यो, सडक अवरुद्ध

काठमाडौं। काठमाडौंको थापाथलीमा मेलम्चीको पाइप फुटेको छ। पाइप फुटेपछि अहिले सो क्षेत्रमा सडक अवरुद्ध भएको छ। थापाथलीमा के कारणले पाइप लाइन फुटेको हो भन्ने पत्ता लागिसकेको छैन। थापाथली चोकबाट नर्भीक इन्टरनेशनल अस्पताल आउने सडकमा पाइपको लाइन फुटेको हो। बिहानै पाइप फुटेपछि उक्त क्षेत्रमा बाढी आएको थियो। सडकसमेत अवरुद्ध भएको छ। पानी नजिकका घर र पसलहरुमा … Read more

संघीयता राम्रो बनाउन सरकारको ध्यान केन्द्रीत छ : उपप्रधानमन्त्री सिंह

अछाम । उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले एकात्मक केन्द्रिकृत शासन व्यवस्थाभन्दा संघीयता राम्रो हो भन्ने बनाउन तीनै तहको सरकारले मिलेर काम गर्नुपर्ने बताएका छन्। सोमबार अछामको पञ्चदेवल गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन गर्दै उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन्। प्रदेश र स्थानीय तहलाई प्रभावकारी बनाउन संविधानमा व्यवस्था भएअनुसार आवश्यक संघीय कानुन चाँडोभन्दा चाँडो बनाउनेतर्फ सरकारको … Read more

प्रकृतिलाई न्याय दिलाउँछौं : परराष्ट्रमन्त्री

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतको ओडिसास्थित केआईआईटी विश्वविद्यालयमा रहस्यमय मृत्यु भएकी नेपाली विद्यार्थी प्रकृति लम्साललाई न्याय दिलाउने विश्वास दिलाएकी छन्। प्रकृतिको मृत्युपछि शोकमा रहेका उनका बुबाआमा र आफन्तजनलाई आज भैरहवामा भेटेर समवेदना प्रकट गर्दै मन्त्री राणा र गृहमन्त्री रमेश लेखकले सो विश्वास दिलाएका हुन्। मन्त्री राणाले प्रकृतिका बुबाआमा र आफन्तजनलाई उनको मृत्युको … Read more

मछिन्द्रले जित्यो केपी ओली कपको उपाधि

काठमाडौं । केपी ओली कपको उपाधि  मछिन्द्र क्लबले जितेको छ। सोमबार दशरथ रंगशालामा सम्पन्न फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै मच्छिन्द्र क्लबले तेस्रो पटक केपी ओली कपको उपाधि जितेको हो। मछिन्द्रको जितमा स्टेफन जमाहा जालीले एक गोल गरेका थिए भने अर्को गोल आर्मीका विमल पाण्डेले आत्मघाती गोल गरेका थिए। खेलको २९औं … Read more

नेपाली काँग्रेसले बनायो स्ववियू निर्बाचनका लागि पर्यवेक्षक तथा अनुगमन समिति

चितवनः नेपाली काँग्रेस चितवनले यही चैत्र ५ गते हुने अस्ववियू निर्वाचनका लागि पर्यवेक्षक तथा अनुगमन समिति गठन गरेको छ । पाटी सभापति राजेश्वर खनालको संयोजकत्वमा ९ सदस्यिय समिति गठन गरेको हो । समितिका पूर्व सभापतिहरु बिकाश कोइराला, जीतनारायण श्रेष्ठ, नेपाली काँग्रेसका नेताहरु मिलन बाबु श्रेष्ठ, उत्तम जोशी, डा.सूर्यकान्त घिमिरे, प्रकाश अधिकारी, उत्तम आचार्य र सदस्य … Read more

इजरायलले गाजा क्षेत्रमा रोक्यो मानवीय सहायता

१९ फागुन, काठमाडौं । इजरायलले युद्धग्रस्त गाजा क्षेत्रमा पठाउने मानवीय सहायता रोकेको छ । प्रधानमन्त्री कार्यालयले यो निर्णयको पूर्ण विवरण सार्वजनिक गरेको छैन । तर, हमासले युद्धविरामको अवधि लम्ब्याउने अमेरिकी प्रस्तावलाई स्वीकार नगरेमा ‘अर्को नतिजा’ व्यहोर्नुपर्ने चेतावनी दिएको छ । इजरायलको निर्णयबाट राहत सामग्रीको आपूर्ति पूर्णरुपमा बन्द भइसक्यो कि भइसकेको छैन भन्ने अस्पष्ट छ । … Read more