२० लाखभन्दा बढी बच्चाहरुको ज्यान बचाएका रक्त प्लाज्मा दाता जेम्स ह्यारिसनको मृत्यु

काठमाडौं। विश्वका सबैभन्दा धेरै रक्तदाताहरू मध्ये एक जेम्स ह्यारिसनको मृत्यु भएको छ। उनको रक्त प्लाज्माले २० लाखभन्दा बढी बच्चाहरूको ज्यान बचाएको बीबीसीले उल्लेख गरको छ। जेम्स ह्यारिसनको फेब्रुअरी १७ मा अष्ट्रेलियाको न्यु साउथ वेल्सको एक नर्सिङ होममा मृत्यु भएको उनको परिवारले जानकारी दिएको छ। उनी ८८ वर्षका थिए। अस्ट्रेलियामा सुनौलो हात भएको मानिसको रूपमा चिनिने … Read more

कांग्रेस क्षेत्रीय सभापतिहरूको प्रशिक्षण भैरहवामा सुरु

भैरहवा– नेपाली कांग्रेसका क्षेत्रीय सभापतिहरूको प्रशिक्षण कार्यक्रम रूपन्देहीको भैरहवामा सुरु भएको छ । प्रशिक्षण कार्यक्रम पार्टी उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा रहेको पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा भोलिसम्म चल्नेछ । प्रशिक्षणमा देशभरका क्षेत्रीय सभापति, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रका सभापति, प्रशिक्षण शाखाका प्रमुख गरेर ३३० जना सहभागी छन् ।यस्तै, लुम्बिनी प्रदेशका सांसद, मन्त्री … Read more

गफ चुट्ने नेताबाट देशमा परिवर्तन सम्भव छैन: विप्लव

सुर्खेत, फागुन १९- नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले गफ चुट्ने नेताबाट देशमा परिवर्तन सम्भव नभएको बताएका छन् । वीरेन्द्रनगरमा पत्रकारहरूसँग कुराकानी गर्दै महासचिव विप्लवले वर्तमान नेतृत्वप्रति कटाक्ष गर्दै गफ चुट्ने नेताबाट देशमा परिवर्तन सम्भव नभएको दाबी गरे। ‘नेपालका नेताहरू अन्य देशहरूसँग भिख माग्ने तर गफ धेरै दिने प्रवृत्तिले विकास अवरुद्ध भएको छ,’उनले … Read more

भोजपुरको प्रसिद्ध सिद्धेश्वर शिवपञ्चायन मन्दिर संरक्षण गर्दै स्थानीयवासी

भोजपुर, फागुन १९- भोजपुरको टेम्केमैयुङ गाउँपालिका– ५ मझौलेमा रहेको सिद्धेश्वर शिव पञ्चायन मन्दिरको संरक्षणमा स्थानीयवासी जुटेका छन् । धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले स्थापना भएको यो देवस्थलको प्रचारप्रसारसँगै संरक्षणमा स्थानीयवासी जुटेका हुन् । स्थानीय युवाको सक्रियतामा यो मन्दिरको संरक्षण भइरहेको छ । स्थानीयवासीले वडा कार्यालयबाट प्राप्त बजेटबाट घेराबारा गरेका हुन् । सरोकारवाला पक्षसँग बजेट मागसँगै … Read more

स्थानीय तहद्वारा पाँच महिनासम्म प्रभावितको तथ्याङ्क पठाइएन

काभ्रेपलाञ्चोक, फागुन १९- पाँच महिनासम्म स्थानीय तहले प्रभावितको तथ्याङ्क नपठाउँदा काभ्रेपलाञ्चोकका बाढिपहिरोपीडितले अझै सरकारी राहत–अनुदान पाउन सकेका छैनन् । जिल्लास्थित विपद् व्यवस्थापन समितिले बैठकमार्फत स्थानीय तहलाई पटक–पटक ‘गाँस–बास–कपास गुमाएका’लाई राहत दिन स्थानीय प्रभावितको तथ्याङ्क पठाउन ताकेता गरिरहेको छ । समितिले पछिल्लोपटक गत बिहीबार प्रभावितको तथ्याङ्क पठाउन ताकेता गरेको हो । राहत–अनुदानका लागि स्थानीय तहले लाभग्राहीको … Read more

गर्भवतीका लागि निःशुल्क एम्बुलेन्स सेवा

जनकपुरधाम, फागुन १९- धनुषाको गणेशमान चारनाथ नगरपालिकाले गर्भवती तथा सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स सेवा थालनी गरेको छ । घरमा सुत्केरी हुने दरलाई शून्यमा झार्न तथा अस्पतालमा सुरक्षित रुपमा सुत्केरी गराउनका लागि अभिप्रेरित गराउने उद्देश्यका साथ एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको हो । नगरप्रमुख जितनारायण यादवले नगरक्षेत्रका गर्भवती तथा सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको जानकारी … Read more

दयाहाङ र विजयको ‘वरिष्ठ बलराम’ लक्ष्मीपूजामा

‘कबड्डी’ जोडी दयाहाङ राई र विजय बराललाई मुख्य भूमिकामा लिएर निर्माण हुन लागेको फिल्म ‘वरिष्ठ बलराम’को प्रदर्शन मिति घोषणा गरिएको छ । महाशिवरात्रिको अवसर पारेर बुधबार युट्युबमार्फत टाइटल टिजर सार्वजनिक गर्दै आगामी वर्षको लक्ष्मीपूजा अर्थात् कात्तिक ३ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको हो । अहिलेसम्म उक्त मितिमा फिल्मलाई एकल रिलिजको अवसर छ । सुरेन्द्र पौडेलको … Read more

‘मायावी’ गीत : दीपिकासँग पल र समीमको प्रेम

महाशिवरात्रिको अवसर पारेर बुधबारदेखि प्रदर्शनमा आएको फिल्म ‘मायावी’को पाँचौं गीत सार्वजनिक गरिएको छ । ‘बिहानीको न्यानो मौसम’ बोलको सार्वजनिक गीतमा एसडी योगीको पार्श्व गायन तथा संगीत छ भने राम अविरल बिष्टको शब्द रचना रहेको छ । यसलाई निर्माण टिमले फिल्मको सबैभन्दा सशक्त गीत मानेको छ । फिल्म हेरेका दर्शकहरुले पनि यो गीतलाई रुचाएका छन् । … Read more

आगामी आर्थिक बर्षका लागि बजेट लेखन समिति गठन

काठमाडौं। आर्थिक वर्ष २०८२/०८३ को बजेट लेखनका लागि अर्थ मन्त्रालयले बजेट लेखन समिति गठन गरेको छ। समितिको संयोजकमा बजेट महाशाखा प्रमुख श्रीकृष्ण नेपाल छन्। सदस्यहरुमा वैदेशिक महाशाखा प्रमुख धनीराम शर्मा, राजस्व महाशाखा प्रमुख उत्तरकुमार खत्री, प्रशासन महाशाखा प्रमुख थानप्रसाद पंगेनी, आन्तरिक राजस्व विभागका उपमहानिर्देशक तिर्थ चिलुवाल र सहमहालेखा नियन्त्रक सुशीला अर्याल छन्। बजेट लेखन समितिको … Read more

१२ दिनको उपचारपछि पोखरा फर्किए मेयर आचार्य

काठमाडौं। पोखरा महानगरका मेयर धन राज आचार्य १२ दिनको उपचारपछि पोखरा फर्किएका छन्। यहि फागुन ३ गते ‘पोखरा भ्रमण वर्ष २०२५’ को औपचारिक घोषणा समारोहका क्रममा प्राविधिक त्रुटिका कारण उपप्रधानमन्त्री तथा अर्थमन्त्री माननीय विष्णु पौडेलसँगै मेयर आचार्य जलनका कारण घाइते भई कीर्तिपुर बर्न अस्पतालमा भर्ना भई उपचाररत रहेका थिए। मन्त्री पौडेल केहि दिन अघि नै अस्पतालबाट … Read more