दक्षिण कोरियामा नेपाली कामदार : सुनौलो अवसर र सहकर्मी बीचको द्वन्द्वले निम्त्याउने दुष्परिणाम

सोल। दक्षिण कोरिया पछिल्लो समय नेपाली युवायुवतीको रोजगारका निम्ति आकर्षण गन्तब्य बनिरहेको छ। पछिल्लो समय यहाँको द्रूत आर्थिक बिकास, आधुनिक जीवनशैली, उच्च पारिश्रमिक, सुरक्षित कार्य वातावरण र रोजगारीका अवसरहरुले लाखौं बिदेशी कामदारहरु रोजगारका निम्ति आकर्षित भैरहेका छन्। तर कोरियामा बसोबास गर्ने आप्रबासी कामदारहरुको दैनिकी केवल सकारात्मक पक्षहरुबाट मात्र भरिएको छैन। श्रमको शोषण, भाषा अवरोध, मानसिक तनाव, … Read more

विवश र नेहाले जिते ‘मोडल हन्ट नेपाल’ सिजन ९ को ताज

काठमाडौँ । ‘जोय मोडल हन्ट नेपाल’ सिजन ९को उपाधि विवश विष्ट र नेहा बुढाले जितेका छन् । विवश पुरुष र नेहा पहिला तर्फको शीर्ष विजेता बनेका हुन् । विजेता दुवैले विभिन्न पुरस्कार उपहारका साथमा क्याम्बोडियामा आयोजना हुने ‘मिष्टर एण्ड मिस सेलिब्रेटी इन्टरनेसनल २०२५’मा नेपालको प्रतिनधित्व गर्दै जाने अवसर प्राप्त गरे । दरबारमार्ग स्थित होटल याक … Read more

ट्रम्पले राजकुमार ह्यारीलाई निर्वासन नगर्ने

वासिङ्टन, माघ  २७ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राजकुमार ह्यारीको आप्रवासन स्थितिमाथि प्रश्न गर्दै चलिरहेको मुद्दाका बाबजुद उहाँलाई संयुक्त राज्य अमेरिकाबाट निर्वासन नगर्ने बताउनुभएको छ । शुक्रबार न्युयोर्क पोस्टसँगको अन्तर्वार्तामा ट्रम्पले ह्यारीविरुद्ध कुनै कारबाही नगर्ने स्पष्ट पार्नुभयो । “म त्यसो गर्न चाहन्नँ”, उहाँले भन्नुभयो, “म उहाँलाई एक्लै छोडिदिन्छु । उहाँकी श्रीमतीसँग पर्याप्त समस्या छ । … Read more

सल्यान महोत्सवका ८० स्टलमा आगलागी : करोडौँको क्षति

प्रतीक इच्छुक शर्मा  सल्यान, माघ २७ गते। सल्यानमा जारी दोस्रो सल्यान महोत्सवमा आगलागी भएको छ।  राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान सल्यानले आयोजना गरको दोस्रो बृहत् सल्यान महोत्सव स्थलमा आगलागी भएको हो। आठ दिनदेखि जारी महोत्सवमा आगलागी हुँदा करोडौँ मूल्य बराबरको सामान जलेर नस्ट भएको छ। १८ गतेबाट जारी महोत्सवमा हिजो ८ औं दिन  राति आगलागी हुँदा करोडौँ मूल्य … Read more

‘तुवाचुङ मिनी ग्रेटवाल’ पर्यटकको रोजाइमा

खोटाङ– तुवाचुङ–जायजुममा निर्माण गरिएको पदमार्ग पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ । हलेसी तुवाचुङ नगरपालिका– ७ मा रहेको किरात ऐतिहासिकस्थल तुवाचुङ जायजुङमा कङ्क्रिट प्रयोग नगरी चुनासुकीको पर्खाल निर्माण पदमार्ग सात सय ३० मिटर लामो छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको लगानीमा निर्माण सुरु गरिएको पदमार्गलाई हलेसी तुवाचुङ नगरपालिकाले ‘तुवाचुङ मिनी ग्रेटवाल’ नामकरण गरेको छ … Read more

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य बढेको छ । शुकरबार प्रतितोला एक लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला एक लाख ६८ हजार २०० मा खरिदबिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै, चाँदीको मूल्य भने प्रतितोला रु २५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला रु एक हजार ९६० मा … Read more

प्रचार, प्रतिवेदन र पत्राचारमै अलमलिए स्वास्थ्य मन्त्रीका निर्णय

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले पदभार ग्रहण गरेको करिब सात महिना पुग्न लागेको छ । यो बिचमा मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रमा केही महत्त्वपूर्ण निर्णयहरू गरेका छन्,जुन निर्णयहरू कार्यान्वयनमा आए  आम नागरिकहरू लाभान्वित हुने देखिन्छन् । तर, मन्त्री पौडेलका निर्णय र घोषणाहरू कार्यान्वयन अवस्था के छ त ? यो प्रश्न आम सर्वसाधारणसहित सांसदहरूले … Read more

धनगढीमा विद्यालयबाट फर्किंदै गरेकी १४ वर्षीया किशोरी बलात्कृत

२७ माघ, धनगढी । धनगढीमा एक किशोरीमाथि बलात्कार भएको छ । बाजुुराबाट अध्ययनका लागि धनगढी आएकी १४ वर्षीया किशोरीमाथि बलात्कार भएको प्रहरीले जनाएको छ ।धनगढीमा बसेर अध्ययन गर्दै आएकी किशोरीमाथि गत बिहीबार साँझ जबरजस्ती करणीमा परेकी हुन् । प्रहरीका अनुुसार स्कुलबाट घर फर्किने क्रममा सडकमा रोकेर युवकले चक्कु देखाउँदै आफूसँग नहिँडे मारिदिने धम्की दिएका थिए … Read more

भारतको केन्द्रीय बैङ्कले ५ वर्षमा पहिलो पटक रेपो दर घटायो

नयाँ दिल्ली, माघ २७- भारतको केन्द्रीय बैङ्क भारतीय रिजर्भ बैङ्क (आरबीआई) ले शुक्रवार रेपो दर २५ आधार बिन्दुले घटाएर ६.२५ प्रतिशतमा पुर्‍याएको घोषणा गरेको छ । रेपो दर भनेको कोषको अभाव भएको अवस्थामा केन्द्रीय बैङ्कले वाणिज्य बैङ्कहरूलाई पैसा दिने दर हो । अर्थतन्त्रलाई बढवा दिन यो कदम चालिएको हो । आरबीआई मौद्रिक नीति समितिले अन्तिम … Read more

बाराको जीतपुरमा हुने ५१ कुण्डीय गायत्री महायज्ञको तयारी तिव्र

बारा, माघ २६ गते । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा हुन गैरेको ५१ कुण्डीय वेदमाता गायत्री महायज्ञको तयारी तिव्र गरिएको छ । फाल्गुन १५ गते देखी १८ गते सम्म संचालन हुने ५१ कुण्डीय गायत्री महायज्ञको तयारी तिव्र गरिएको हो । गायत्री तिर्थ शान्तिकुंज हरिद्धारको मार्गदर्शन र जीतपुरसिमरा हिन्दु समाजको आयोजनामा हुने उक्त गायत्री … Read more