युक्रेनी सहर जेर्जिस्कमा रूसको कब्जा, यहाँ ५ महिनामा २६ हजार युक्रेनी सैनिक मारिए

रुसको रक्षा मन्त्रालयले बिहीबार युक्रेनी शहर जेर्जिस्क कब्जा गरेको दाबी गर्दै एउटा भिडियो जारी गरेको छ। रुसी समाचार आउटलेट आरटीका अनुसार युक्रेनको डोनेट्स्क क्षेत्रमा अवस्थित यो शहर रुसले कब्जा गरेको छ। जेर्जिस्क बाहेक रूसले दुई गाउँ ड्रुज्बा र क्रिमस्कोयेमाथि पनि नियन्त्रण गरेको बताएको छ । रुसी सेनाले युक्रेनले शहरको रक्षा गर्न लगभग ४० हजार सेना … Read more

पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी

काठमाडौं। पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी सुरु भएको छ। महाशिवरात्रिको तयारी स्वरुप पशुपति क्षेत्रमा सफाइ गरिएको छ। पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा मिलनकुमार थापाको नेतृत्वमा भएको सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कोषका कर्मचारी, स्थानीय एवं भक्तजनको पनि सहभागिता रहेको थियो। महाशिवरात्रिमा पशुपतिलाई आकर्षक रुपमा सजाउन रङरोगन गरिने कोषका सदस्य सचिव थापाले बताए। … Read more

चिसापानी–गड्डा चौकी सडकखण्ड छ लेनको बन्छ : परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री आरजु राणा देउवाले पूर्वपश्चिम महेन्द्र राजमार्गको चिसापानी–गड्डाचौकी सडकखण्ड छ लेनको बनाउन छिट्टै काम सुरू हुने बताएका छन् । कैलालीको लम्कीचुहा नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको आज उद्घाटन गर्दै मन्त्री देउवाले सवारीको चापलाई मध्यनजर गर्दै कैलालीको चिसापानीबाट कञ्चनपुरको गड्डाचौकीसम्म छ लेनको बनाउनको लागि सर्वेक्षण गर्ने काम भइरहेको बताए। उनले भने, ‘राजमार्गलाई छ लेन बनाउन सुदूरपश्चिम प्रदेशका … Read more

मानङकोटमा प्रहरी कुट्ने चार युवा पक्राउ

तनहुँ– व्यास नगरपालिका–५ स्थित पर्यटकीयस्थल मानङकोटमा एक प्रहरी जवानलाई कुटपिट गरिएको छ । अस्थायी प्रहरी चौकी मानुङकोटमा कार्यरत प्रहरी सुनिल कार्कीमाथि कुटपिट भएको हो । कुटपिट घटनामा संलग्न चार युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा व्यास–४ निवासी रोशन गुरुङ, जेम्स गुरुङ, सुजल गुरुङ र व्यास–१ निवासी सुदीप विक रहेको प्रहरीले जनाएको छ । … Read more

जनवरीमा दक्षिण कोरियाको बेरोजगार दाबी घट्यो

दक्षिण कोरियाको व्यापार सेवा, स्वास्थ्य तथा कल्याण र सार्वजनिक प्रशासन क्षेत्रमा कम माग आएसँगै गत महिनाको बेरोजगारीको दाबीमा कमी आएको सरकारी तथ्यांकले सोमबार देखाएको छ । रोजगार तथा श्रम मन्त्रालयका अनुसार गत वर्षको सोही महिनाको तुलनामा रोजगारीका लागि नयाँ आवेदन दिनेको सङ्ख्या ७।९ प्रतिशतले घटेर जनवरीमा रोजगारीका लागि नयाँ आवेदन दिनेको सङ्ख्या एक लाख ८६ … Read more

स्टिल र अल्मुनियम आयातमा २५ प्रतिशत कर लाउने ट्रम्पको निर्णय

न्युयोर्क – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा भित्रने सबै स्टिल तथा अल्मुनियममा २५ प्रतिशत कर लगाउने निर्णय गरेका छन्। यो निर्णयले क्यानडामा धेरै असर गर्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। राष्ट्रपति ट्रम्पले यसै साताको अन्त्यसम्ममा धेरै पारस्परिक करको निर्णय गर्ने बताउँदै आएका छन्। ट्रम्पले कर सम्बन्धी निर्णय कसलाई लक्षित गरेर गरेका हुन् भन्ने कुरा खुल्न सकेको … Read more

मिल्ने साथीले नै झुक्क्याएर दिल्ली पुर्‍याएपछि

कञ्चनपुरको भीमदत्तनगरकी १७ वर्षीया किशोरी हिमा (नाम परिवर्तन गरिएको) ‘साथी’ शब्दसँग डराउँछिन्। स्कुलमा पनि एक्लै बस्छिन्। साथीहरूसँग बोल्न, खेल्न र सँगै बसेर खाजा खान मन गर्दिनन्। आजकाल आफ्नो साथी भन्नु उनी आफै हुन्। स्कुलमा पहिले उनकी साथी थिइन् रिमा (नाम परिवर्तन गरिएको)। हिमा र रिमाको खुब मिल्ती थियो। दुवै जना १० कक्षामा पढ्थे। केही समययता रिमाले आफू … Read more

नामिबियाका संस्थापक राष्ट्रपतिको निधन

नामिबिया, माघ २८ गते । नामिबियाका संस्थापक राष्ट्रपति साम नुजोमाको ९५ वर्षको उमेरमा निधन भएको देशका राष्ट्रपति नाङ्गोलो म्बुम्बाले आइतबार घोषणा गर्नुभएको छ । राष्ट्रपति म्बुम्बाले संस्थापक राष्ट्रपतिलाई विगत तीन हप्तादेखि स्वास्थ्य समस्याका कारण उपचार र अवलोकनका लागि राजधानी विन्डहोकमा अस्पतालमा भर्ना गरिएको जानकारी दिनुभयो । मे १२, १९२९ मा उत्तरपश्चिमी नामिबियाको ओमुसाती क्षेत्रको एटुन्डा गाउँमा … Read more

जापान पठाउने भन्दै १ करोड २३ लाख ठगी गर्ने युवती पक्राउ

 माघ २८ गते । वैदेशिक रोजगारमा जापान पठाइदिन्छु भनी विभिन्न व्यक्तिसँग एक करोड २३ लाख रकम ठगी गर्ने युवतीलाई प्रहरीले पक्राउ गरेको छ । बैजनाथ गाउँपालिका ५ बाँकेका २३ वर्षीया तिर्सना बाठा मगरलाई प्रहरीले पक्राउ गरेको छ । वर्किङ भिसामा जापान पठाइदिने भन्दै रकम लिएर उनी तीन महिनादेखि बेपत्ता भएकी थिइन् ।

बिहेमा झगडा हुँदा एक जनाको मृत्यु, छ जना पक्राउ

नेपालगन्ज, माघ २८ गते । बाँकेको बैजनाथमा भएको ‘ग्याङ फाइट’मा खुकुरी प्रहारबाट घाइते एक जनाको मृत्यु भएको छ । बैजनाथ गाउँपालिका–८ स्थित पुष्पनगर बीचलाइनमा भएको ग्याङ फाइटमा खुकुरी प्रहारबाट घाइते भएका स्थानीय दिनेश रोकायाको मृत्यु भएको प्रहरीले जनाएको छ । रोकायाको उपचारका क्रममा भारतको लखनउमा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार स्थानीय युवा … Read more