चराको बासस्थान लोप हुँदै

जानकी (बाँके), माघ ६- राप्ती सोनारी गाउँपालिका–१ कुसुमस्थित राप्ती नदीबाट जलमा आश्रित चरा गणना आजदेखि सुरुआत गरिएको छ । मध्यवर्ती क्षेत्रअन्तर्गत बाँकेको राप्ति नदीबाट गणना सुरु गरिएको बाँके निकुञ्जका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलले जानकारी दिनुभयो । “प्रत्येक वर्षझैँ यस वर्ष पनि राप्ती नदीबाटै जलचराको गणना सुरु गरेका छौँ”, उहाँले भन्नुभयो, “यो नदीमा प्रायः यहाँका … Read more

मौलिक लोक संस्कृतिको प्रवर्द्धनका लागि धादिङमा लोक सांस्कृतिक महोत्सव

मलेखु (धादिङ), माघ ६- मौलिक लोक संस्कृतिको प्रवर्द्धन गर्न यही माघ १० देखि २० गतेसम्म धादिङमा पहिलोपटक लोक सांस्कृतिक महोत्सव आयोजना हुने भएको छ । जिल्लाको परम्परागत मौलिक लोक संस्कृतिको प्रवर्द्धन, सांस्कृतिक पहिचानको प्रवर्द्धन र परम्पराको जगेर्ना गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो । कलाकारहरूको प्रतिभा, विभिन्न जातजातिको परम्परागत संस्कृति र सांस्कृतिक पहिचानको प्रवर्द्धन … Read more

सरकारले तिर्न बाँकी ऋण २५ खर्ब ३६ अर्ब

काठमाडौँ, माघ ६- चालु आर्थिक वर्ष २०८१/८२ को अर्धवार्षिक समीक्षा अवधिसम्म सरकारको तिर्न बाँकी ऋण रू २५ खर्ब ३६ अर्ब नाँघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले प्रकाशित गरेको गत पुस मसान्तसम्मको ऋणको प्रतिवेदनअनुसार पछिल्लो छ महिनामा मात्र रू एक खर्ब दुई अर्ब सरकारी ऋण थपिएको छ । “चालु आर्थिक वर्षको सुरुमा सार्वजनिक ऋण रू … Read more

काठमाडौँ अदालतमा उपस्थित भए पूर्वडीआईजी जोशी

काठमाडौं, माघ ६- स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसम्बन्धी मुद्दाका प्रतिवादी पूर्वडीआईजी छविलाल जोशी काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् । छुनछेक बहसका लागि छवि आज अदालत उपस्थित भएका हुन् । जोशीको बयान तथा थुनछेक बहस न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासमा हुनेछ ।उनले आफू अदालत आइपुगेको बताएका छन् । यसअघि सूर्यदर्शन सहकारीको बचत अपचलन मुद्दामा कास्की अदालतले छविलाई … Read more

इन्धनको ट्याङ्कर विस्फोट हुँदा नाइजेरियामा ७० को मृत्यु

नैरोबी, माघ ६- नाइजेरियामा इन्धन बोकेको ट्याङ्कर विस्फोट हुँदा कम्तीमा ७० जनाको मृत्यु भएको छ । उत्तरी नाइजेरियामा शनिबार यो घटना घटेको हो । नाइजर राज्यमा पेट्रोल बोकेको ट्याङ्कर पल्टिँदा इन्धन पोखिएर विस्फोट भएको राष्ट्रिय आकस्मिक एजेन्सीले भनेको छ । अक्टोबरमा जिगावा राज्यमा यस्तै खालको घटनामा १४७ जनाको मृत्यु भएको थियो । खबरका अनुसार घटनास्थलबाट … Read more

हुम्लामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, ३ जना घाइते

हुम्ला, माघ ६- चंखेली गाउँपालिका-१ को होहराबाडामा ट्याक्टर दुर्घटना भएको छ । ट्याक्टर दुर्घटना हुँदा ३५ वर्षीय तुल्या बोहराको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय हुम्लाले जनाएको छ । नुन बोकेर लोतीबाट वडानम्बर १ जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा तीन जना गम्भीर घाइते भएका छन् । ट्याक्टर बिहान १० बजेतिर दुर्घटना भएको हो । घाइतेहरूको उद्वारको … Read more

दिवा खाजाका लागि विद्यालयको कौसीमा तरकारीखेती

गलकोट, माघ ५- बागलुङ नगरपालिका–९ को तित्याङ माध्यमिक विद्यालयको कौसीमा यतिबेला आलु, बन्दा, काउली र ब्रोकाउली फलेका छन्। उत्पादित तरकारी विद्यालयकै चमेना गृहमा दिवा खाजाका लागि प्रयोग भइरहेको छ। विद्यार्थीले अतिरिक्त क्रियाकलापअन्तर्गत विद्यालयको कौसीमा विभिन्न प्रकारका तरकारी फलाएका हुन्। यी तरकारी उनीहरुले आफैँ पनि पकाउँछन् भने केही र बिक्री पनि गर्छन्। तीन वर्ष पहिले प्रत्येक … Read more

माघ १८ मा संसद् अधिवेशन बोलाउनेबारे छलफल

६ माघ, काठमाडौं । संघीय संसदको अधिवेशन यही माघ १८ गतेबाट बोलाउनेबारे छलफल थालिएको छ । सत्तारुढ दलका नेताहरूका अनुसार अधिवेशन बोलाउने मितिबारे यसअघिको मन्त्रिपरिषद् बैठकमा समेत छलफल भएको थियो । ‘अब बस्ने मन्त्रिपरिषद बैठकले अधिवेशन आह्वानको निर्णय गरेर राष्ट्रपति समक्ष सिफारिस गर्न सक्छ वा यसअघिको मन्त्रिपरिषदमा भएको छलफलका आधारमा समेत निर्णय भएर राष्ट्रपतिकहाँ सिफारिस … Read more

मजस्ता मन्त्री भएकाका छोराछोरीका आरक्षण कोटा बन्द गर्नुपर्छ: वर्षमान

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वमन्त्री वर्षमान पुन अनन्तले निर्वाचनमा आफैँ प्रतिस्पर्धा गर्न सक्ने वर्गका मानिसहरू नै समानुपातिक प्रणालीबाट संसदमा आएका कारण प्रश्न खडा भएको टिप्पणी गरेका छन् । पार्टी सम्बद्ध विद्यार्थी संगठन अखिल क्रान्तिकारीको चिकित्सा शास्त्र अध्ययन संस्थान, महाराजगन्ज चिकित्सा क्याम्पस (एमएमसी–आईओएम) इकाई सम्मेलनमा बोल्दै पुनले समावेशिता र समानुपातिक प्रतिनिधित्वको दुरुपयोग भएकाले … Read more

चितवन महोत्सवमा पर्यटन गोष्ठी : व्यवसायीहरुले अहम्तालाई त्यागेर एकीकृत प्याकेज ल्याउनुपर्नेमा जोड

चितवन : चितवनको दिगो पर्यटन विकासका लागि पर्यटन व्यवसायीहरुले अहम्तलाई त्यागेर एकीकृत पर्यटन प्याकेज ल्याउनुपर्नेमा सरोकारवालहरुले जोड दिएका छन् ।चितवन महोत्सवका अवसरमा उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको सभाहलमा आयोजित ‘चितवनको दिगो पर्यटन विकासमा सरोकारवालाको भूमिका’ विषयक गोष्ठीमा सरोकारवालाहरुले सो कुरामा जोड दिएका हुन् । चितवनका विभिन्न पर्यटकीय क्षेत्रमा रहेका पर्यटन विकास समितिका प्रतिनिधि, पर्यटनसँग सम्बन्धित … Read more