जुम्लामा आगलागीबाट जलेर एक जनाको मृत्यु

जुम्ला, माघ १४ गते । सिञ्जा गाउँपालिका जाँचमा गाउँको वनमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक क्षेदिलाल कामतिका अनुसार सिञ्जा गाउँपालिका वडा नम्बर १ जाँच निवासी ८१ वर्षीय भद्दे रावलको आगलागीबाट मृत्यु भएको हो । रुपाकोट सामुदायिक वनमा आगलागी हुँदा निभाउने क्रममा उहाँको मृत्यु भएको प्रहरीले … Read more

अभियानले पनि हटेन छाउप्रथा

बाजुरा, माघ १४ गते  बाजुराका अधिकांश गाउँबस्तीमा छाउप्रथा अझै कायमै छ । यहाँका महिला महिनावारी भएका बेला धामीझाँक्री तथा देवता रिसाउँछन् भन्दै अहिले पनि छाउगोठमा सुत्न बाध्य छन् । महिनावारी भएको बेला महिलालाई यहाँका धामीझाँक्री तथा स्थानीयले घरमा बास गर्दा देवता रिसाउने तथा घरमा नराम्रो हुने गरेको भन्ने डर देखाउँदै आएकाले उनीहरू घरभन्दा टाढा चिसो … Read more

अछामको किशोरी मृत्यु प्रकरण: दुई जना नियन्त्रणमा

अछाम, माघ १४ गते ।  अछामको किशोरी मृत्यु प्रकरणमा प्रहरीले २ जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ । आइतबार साँझ जिल्लाको ढकारी गाउँपालिकाबाट उनीहरुलाई पक्राउ गरिएको छ । पक्राउ  पर्ने दुवै जना २० वर्षभन्दा कम उमेरका छन् । जिल्लाको ढकारी गाउँपालिका ८ कि १५ वर्षिया सरस्वती खड्का र १४ वर्षकी इशरा खड्काको ढकारी गाउँपालिकाकै वडा नम्बर १ … Read more

रास्वपाको सचिवालय बैठक बस्दै

काठमाडौँ, माघ १४- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ । समसामयिक राजनीति र पार्टी गतिविधि, विभिन्न नियमावलीहरू र नयाँ नियमावलीहरु प्रस्तावका बारेमा छलफल गर्न रास्वपाले बैठक बोलाएको हो । बैठक बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बोलाइएको कार्यबाहक प्रवक्ता प्रतिभा रावलले जानकारी दिइन् ।

पर्यटकको रोजाइमा अन्नपूर्ण आधार शिविर

म्याग्दी म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ नारच्याङमा रहेको अन्नपूर्ण आधार शिविर र मौरिस हर्गोज पदमार्गमा एक करोड २५ लाखको लागतमा पूर्वाधार निर्माण थालिएको छ । अन्नपूर्ण गाउँपालिकाको एक करोड, नेपाल पर्यटन बोर्डको २० लाख र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को पाँच लाख बजेटबाट आश्रयस्थल, शौचालय, खानेपानी, पदमार्ग, चिया पसल र खुला सङ्ग्रहालय निर्माण थालिएको हो । … Read more

भिजनबिनाको मान्छेलाई नेता नसम्झनु ! त्यो ठग हो: हर्क

काठमाडौँ, माघ १४- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई रूपन्देही जिल्ला अदालतले एक करोड धरौटीमा छोड्न आदेश गरेपछि धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङले फेसबुकमा स्टाटस लेखेका छन् । सामाजिक सञ्जाल फेसबुकमा हिजो (आइतबार) राति साम्पाङले भिजनबिनाको मान्छेलाई नेता नसम्झनु !त्यो ठग हो भन्दै स्टाटस लेखेका हुन् । त्यसपछि उनले फेरि अर्को स्टाटस लेखे ‘चोर, … Read more

थप छ जना इजरायली बन्धकहरूलाई रिहा गर्दै हमास

तेल अभिभ, माघ १४- उत्तरी गाजामा मानिसहरूलाई फर्कन अनुमति दिने बदलामा हमासले छ जना इजरायली बन्धकहरूलाई रिहा गर्ने भएको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासले यस हप्ता थप छ जना इजरायली बन्धकहरूलाई रिहा गर्ने र उत्तरी गाजाका मानिसहरूलाई सोमबारदेखि आफ्नो घर फर्कन अनुमति दिइने बताएका हुन्। रिहा गरिने बन्धकमध्ये एक नागरिक अर्बेल येहुद पनि … Read more

रुन्चेत र लुसिकाङ जोड्ने झोलुङ्गे पुल निर्माण

गोरखा, माघ १४- उत्तरी गोरखाको धार्चे गाउँपालिकाका दुई वडालाई जोड्ने झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ । धार्चे –२ स्थित रुन्चेत र धार्चे –३ स्थित लुसिकाङ जोड्ने ‘बूढीगण्डकी लुसिकाङ झोलुङ्गे पुल’ निर्माण सम्पन्न भएको गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरुङले जानकारी दिनुभयो । रु एक करोड ३३ लाख ९४ हजार सात सय ५२ को लागतमा उक्त झोलुङ्गे … Read more

मातृभाषा शिक्षक तयार गर्दै व्यास नगरपालिका

डुम्रे (तनहुँ), माघ १४- गण्डकी प्रदेश सरकारले स्थानीय भाषा संरक्षण गर्न कामकाजका भाषामा समावेश गर्ने नीति लिएको छ । यसका लागि तनहुँको व्यास नगरपालिकाले  सामुदायिक विद्यालयमा मगर भाषा कक्षा सञ्चालन गर्ने उद्देश्यले प्रशिक्षक उत्पादन गर्न प्रशिक्षण थालेको छ । प्रदेश सरकारले मगर र गुरुङ भाषालाई कामकाजको भाषा बनाउने नीति लिएसँगै नगरपालिकाले मगर भाषाको संरक्षणको निम्ति … Read more

अल्लोको कपडाबाट आकर्षक सामग्री

फुङ्लिङ (ताप्लेजुङ), माघ १४ ग्रामीण क्षेत्रमा पाइने कच्चा पदार्थको उपयोग गरेर ताप्लेजुङका महिला उद्यमी बन्दै गएका छन् । स्थानीय सरकार र विभिन्न संस्थाको सहयोगमा उहाँहरूले आफ्नो क्षमता विकास गर्दै उद्यमी बन्न थालेका हुन् । फुङ्लिङ नगरपालिका–१० कि दीपा लिम्बूले विगत एक वर्षदेखि अल्लो प्रशोधन कार्यमा संलग्न हुँदै आएका छन् । बिहान–बेलुका घरायसी काम सकेर दिउँसो … Read more