देवघाट महामहोत्सवमा भक्तजनको घुइँचो

दमौली (तनहुँ), माघ १३- प्रसिद्ध देवघाटमा जारी ऐतिहासिक मकरस्नान तथा देवघाट महामहोत्सवमा भक्तजनको आगमन बढ्दो छ । माघे सङ्क्रान्तिदेखि सुरु भएको महामहोत्सव माघ महिनाभर चल्नेछ । धार्मिक, सांस्कृतिक र आध्यात्मिक दृष्टिले महत्वपूर्ण मानिने यो महोत्सवको देशविदेशका श्रद्धालु भक्तजनको विशाल उपस्थितिमा नेपाल सन्त समाजका अध्यक्ष १००८ स्वामी ज्ञानानन्द सरस्वतीजी महाराजले उद्घाटन गर्नुभएको थियो । महामहोत्सवमा दैनिक … Read more

बर्सिम घाँसखेतीले पशुपालक किसानलाई सहज

देउखुरी (दाङ), माघ १३ यतिबेला लहलह बर्सिम घाँसले ढाकेको छ । यहाँका किसानले बर्सिम घाँसखेती गरेर पशुपालनमा सहज भएको बताएका छन् । किसान नगदेबालीका रुपमा घाँसखेती गर्न थालेका छन् । घोराही उपमहानगरपालिका–६ की सरस्वती शर्माले एउटा गाई र आठ बाख्रा पाल्नुभएको छ । घर छेउको १५ कट्ठा जमिनमा बर्सिम घाँसखेती गरेको उहाँले बताउनुभयो । गाई … Read more

चुरोट सेवन गर्नेलाई तीनगुणा बढी हृदयाघात

काठमाडौँ,माघ १३ सुर्तीजन्य पदार्थ सेवन गर्नेलाई तीनगुणा बढी हृदयाघातको सम्भावना हुने गरेको पाइएको छ । सुर्तीजन्य पदार्थको सेवन नगर्नेको तुलनामा सेवन गर्नेलाई तीनगुणा बढी हृदयाघात हुने सम्भावना हुने गरेको पाइएको हो । हृदयाघात चुरोट सेवन गर्ने, मधुमेह, कोलेस्टेरोल र उच्चरक्तचाप भएका मानिसमा बढी हुन्छ । तीमध्ये चुरोट पिउने मानिसमा हृदयाघात हुने सम्भावना बढी हुने गरेको … Read more

दाइको हत्या आरोपमा भाइ पक्राउ

कैलाली धनगढी उपमहानगरपालिका–१७ दीपनगर टोलमा गए राति भाइको कैँची प्रहारबाट सहोदर दाइको मृत्यु भएको छ । मृत्यु हुनेमा ३५ वर्षीय लालबहादुर बोहरा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए  । प्रहरी निरीक्षक खड्काका अनुसार भाइ प्रकाश र दाइ लालबहादुरबीच गए राति सामान्य घरायसी विवाद भएको र विवादका क्रममा भाइले दाइको घाँटीमा कैँचीले … Read more

नेपाल–चीन सुरक्षाकर्मीद्वारा सीमा क्षेत्रमा संयुक्त अनुगमन

सिमकोट (हुम्ला) नेपाल र चीनका सुरक्षाकर्मीले हुम्लाको उत्तरी सीमा क्षेत्रको संयुक्त अनुगमन गरेका छन् । उत्तरी नाम्खा गाउँपालिका–५ हिल्साको किट क्षेत्रमा पर्ने सीमानाकाको शनिबार अनुमगन गरिएको हो । दुई देशका सुरक्षाकर्मीको निर्णयानुसार हिल्सास्थित किट क्षेत्रमा पर्ने सिमाना र सीमास्तम्भको संयुक्त अनुमगन गरिएको सशस्त्र प्रहरी बल सीमा सुरक्षा चौकी हिल्साका प्रमुख सशस्त्र प्रहरी निरीक्षक कृष्णबहादुर ओझाले … Read more

सौर्यमण्डलका प्रमुख ग्रहहरू एक साथ देख्न सकिने

काठमाडौं, माघ १३ गते ।  सौर्यमण्डलका प्रमुख ग्रहहरू एक साथ खाली आँखाले अवलोकन गर्न सकिने भएको छ । चारवटा चम्किला ग्रह बुध, शुक्र, मङ्गल, वृहस्पति तथा शनिग्रहहरू तथा दुईवटा मधुरा ग्रहहरू अरूण र वरूण एक साथ आकाशको एउटै भागबाट अवलोकन गर्न सकिने भएको हो । वि.पि. कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास … Read more

हाम्रा नेता–कार्यकर्ता मागेर खानुपर्ने ठाउँमा छैनौं : विप्लव

१३ माघ, काठमाडौं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लवले अहिले आफ्नो पार्टीका कोही पनि नेता कार्यकर्तालाई घरमा खाना खाने समस्या नरहेको दाबी गरेका छन् । आइतबार राजधानीमा आयोजित नेकपा धुवीकरण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो दाबी गरेका हुन् ।नेकपाले कृषिमा आत्मनिर्भर हुन गरेको मिहेनतले यो अवस्था सिर्जना भएको उनको भनाइ थियो … Read more

भरतपुरले दियो फोहोर संकलनका लागि साढे सात करोडमा ठेक्का

चितवन, माघ १३ भरतपुर महानगरपालिकाभित्र उत्सर्जन हुने फोहोरमैला संकलन र व्यवस्थापनका लागि महानगरले नयाँ ठेक्का लगाएको छ। एन के इन्टरनेसनल कन्स्ट्रक्सन प्रालिलाई तीन वर्षका लागि ठेक्का दिइएको हो। फोहोरबाट आम्दानी गर्ने गरी महानगरले यसपटक ठेक्का लगाएको महानगरपालिकाका वातावरण महाशाखा प्रमुख तथा उपनिर्देशक बिस्सुराम कुँवरले जानकारी दिए। उनका अनुसार सो कम्पनीलाई महानगरपालिकाले ७ करोड ६१ लाख … Read more

ठमेलस्थित एक होटलमा युवतीको शव फेला

काठमाडौं ठमेलस्थित एक होटलमा एक युवतीको शव फेला परेको छ। काठमाडौं महानगरपालिका- २६ स्थित ड्रङ्किङ्ग ईन गेष्ट हाउसमा रसुवा तातोपानी घर भएकी २१ वर्षीया समिरा तामाङको शव फेला परेको हो।सोही होटलमा बस्दै आएकी उनको २०२ नम्बरको कोठामा शव फेला परेको काठमाडौं प्रहरी परिसरकी प्रवक्ता डीएसपी पूर्णिमा चन्दले जानकारी दिइन्। ‘शव फेला गरेको छ। पोष्टमार्टमको रिपोर्ट … Read more

विश्व कुष्ठरोग दिवस : नेपाल कुष्ठरोगमुक्ततर्फ नजिक

काठमाडौं आज ७२औँ विश्व कुष्ठरोग दिवस नेपालसहित विश्वभर नै मनाइँदै छ । ‘कुष्ठरोग अन्त्यको कार्यमा सहभागी हौँ’ भन्ने मूल नाराका साथ दिवस मनाइँदै छ । नेपालले कुष्ठरोगविरुद्धको लडाइँमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ । मुलुकमा अवलम्बन गरिएको नीतिअनुसार कुष्ठरोगका बिरामी घट्दै गएको तथ्याङ्कले देखाएको छ । कुष्ठारोगका बिरामी बर्सेनि घट्दै गएपछि मुलुक कुष्ठरोगमुक्ततर्फ नजिक पुगेको … Read more