वनहरामा पक्की पुल निर्माण अन्तिम चरणमा

कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–१२ स्थित वनहरा नदीमा पक्की पुल निर्माण अन्तिम चरणमा पुगेको छ । निर्माण कम्पनीले सम्झौताअनुसार २५ करोड ९६ लाख ३६ हजार तीन सय ४० लागतमा पुल निर्माण गरिरहेको छ । ठेक्का सम्झौता भएको दुई वर्षपछि मात्र निर्माण अगाडि बढाइएको छ । सम्झौताअनुसार तीन वर्षभित्र पुल निर्माण गरिसक्नुपर्ने भएकाले सोहीअनुरुप निर्माणकार्यलाई तीव्रताका साथ अगाडि … Read more

बाख्रा चराउन गएका दिदी बहिनी मृत भेटिए

सुर्खेत, माघ १३- अछाममा दुई किशोरी मृत भेटिएका छन्।शुक्रबार बाख्रा चराउन गोठाला गएका ढकारी गाउँपालिका-८, पल्साता भन्ने गाउँका १४ वर्षीय ईश्वरी खड्का र १५ वर्षीय सरस्वती खड्का मृत भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार एकै घरका दुई बहिनीहरूको शव शनिबार अपराह्नतिर अन्दाजी १५–१६ मिटरको दुरीमा भेटिएको हो । जिल्ला प्रहरी कार्यालय अछामका डीएसपी … Read more

पाथीभरा क्षेत्रमा प्रहरी र आन्दोलनकारीबीच झडप, चार घाइते

फुङ्लिङ (ताप्लेजुङ), माघ १३ पाथीभरा क्षेत्रमा शनिबार प्रहरी र केवलकार निर्माणको विरोध गरिरहेका आन्दोलनकारीबीच झडप हुँदा चार जना घाइते भएका छन् । काफ्लेपाटीभन्दा माथि रहेको बलुडाँडामा झडप भएको हो । प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार झडपमा सशस्त्र प्रहरीका तीन जना घाइते भएका छन् । आन्दोलनकारीतर्फ दुई व्यक्ति घाइते भएको बताइएको छ । आन्दोलनकारीले प्रहरीलाई … Read more

पुरातत्व विभागद्वारा महोत्तरीको पाटु रातमाटा क्षेत्रमा थप अन्वेषण सुरु

महोत्तरी, माघ १३ पुरातत्व विभागले बर्दिबास–३ पाटु रातमाटा क्षेत्रमा तत्कालीन समयमा हतियार कारखानाबारे रहे-नरहेको अन्वेषण सुरुआत गरेको छ । यसका लागि विभागका पुरातत्वविद् भाष्कर ज्ञवाली नेतृत्वको तीन सदस्यीय विज्ञटोली शनिबार बर्दिबास आइपुगेको छ । “हामीले हतियार कारखानास्थलको अध्ययन र प्रारम्भिक खोज अन्वेषण थालेका छौँ”, पुरातत्वविद ज्ञवालीले भन्नुभयो, “यसअघिका हालसम्म प्राप्त अध्ययनको निष्कर्षबाट यो ठाउँ पुरातात्विक … Read more

संगठनात्मक एकतामा उपाध्यक्ष श्रेष्ठको जोड

एजेन्सी– नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले यथास्थितिवादमा कम्युनिस्ट आन्दोलन अघि बढ्न नसक्ने बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को भ्रातृ सङ्गठन नेपाल बुद्धिजीवी संगठनको शनिबार आयोजित तेस्रो जिल्ला सम्मेलनमा उनले ‘पार्टीको रुपान्तरण अनिवार्य शर्त हो, नकारात्मक र कमजोर पक्षलाई फेर्ने, आन्तरिक एकता बलियो बनाउने, समाजवादलाई सफल बनाउँदै समृद्धितर्फ लैजाने हाम्रो … Read more

हमासद्वारा थप चार महिला बन्धक रिहा, चारैजना इजरायली सैनिक

१२ माघ, काठमाडौं । युद्धविराम सम्झौताअनुसार हमासले थप चार महिला बन्धक रिहा गरेको छ । चारैजना इजरायली सेना सैनिक हुन् ।हमासका अनुसार रिहाहरूमा करिना एरिभ, ड्यानिएला गिल्बोआ, लेवी र लिरी अल्बाग छन् । युद्धविराम सम्झौता कार्यान्वयन भएयता हमासले बन्धकहरूलाई मुक्त गरेको यो दोस्रो समूह हो । यसअघि उसले युद्धविराम सम्झौता कार्यान्वयन भएको पहिलो दिन आइतबार तीन … Read more

बाँसखर्कमा सुन्तला महोत्सव

म्याग्दी (दरबाङ), माघ १२ गते । म्याग्दीको सदरमुकाम बेनीसँग जोडिएको पर्वतको जलजला गाउँपालिका –१, बाँसखर्क सुन्तलागाउँको नामले परिचित छ । सुन्तलागाउँको सुन्तला खेतीको सम्भावना उजागर र कृषकका समस्या समाधान गर्ने उद्देश्यले एक दिने सुन्तला महोत्सव आयोजना गरिएको छ । जलजला गाउँपालिका र वडा १ को कार्यालयद्वारा आयोजित महोत्सवमा सुन्तला खेतीसम्बन्धी प्रबिधी प्रसार, कृषक र सरोकारवालाबिच … Read more

‘देश र जनतालाई केन्द्रमा राखेर काम भइरहेको छ’

मोरङ, माघ १२ गते ।  उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकार देशको विकासका निम्ति गठन भएको बताउनुभएको छ । देश र जनतालाई केन्द्रमा राखेर सरकारले काम गरिरहेको उहाँको कथन छ । विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले वर्तमान सरकार गठन भएयता आर्थिक सुधारका काम भएका तथा ती सुधार आर्थिक परिसूचकबाट पनि पुष्टि भएको … Read more

ओलीले भारतीय नाकाबन्दीलाई असफल बनाएकै कारण अहिले एमालेमाथि प्रहार हुँदैछः शंकर पोखरेल

काठमाडौं, माघ १२- नेकपा एमालेका महासचिव शंकर पोखरेलले भारतले गरेको नाकाबन्दीलाई जनताको साथ लिएर प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा असफल बनाएपछि अहिले एमालेमाथि प्रहार भइरहेको दाबी गरेका छन् । राष्ट्रिय युवा संघ नेपालको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बाताएका हुन् ।नेपालमा संविधानसभाबाट संविधान बनाउन नदिन अनेक खेल भएको स्मरण गर्दै महासचिव पोखरेलले भने, ‘संविधान … Read more

गरिबको लागी निःशुल्क निवेदन लेख्न रौतहट एसपीको निर्देशन

रौतहट– जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी दिलीप घिमिरेले गरिब विपन्नको लागी निःशुल्क ठाडो निवेदन उजुरी लेखिदिन प्रहरीलाई निर्देशन दिएका छन्। जिल्लास्थित सम्पूर्ण प्रहरी कार्यालयहरूका प्रमुखलाई गरिब विपन्नको लागी निःशुल्क निवेदनको व्यवस्था गरिदिन एसपी घिमिरेले निर्देशन दिएका हुन्। रौतहटस्थित जिल्ला प्रहरी कार्यालय लगायत मातहतका सम्पूर्ण प्रहरी इकाई कार्यालयहरूमा गरिब विपन्नको लागि आजदेखि निःशुल्क निवेदन लेखिने … Read more