सरकार दिगो शान्ति, सुशासन र आर्थिक समृद्धिको यात्रामा प्रतिबद्ध छः गृहमन्त्री

काठमाडौँ, माघ १६- गृहमन्त्री रमेश लेखकले मुलुकमा सुशासनसहितको विकास र आर्थिक समृद्धिको यात्रामा वर्तमान सरकार निरन्तर लागिरहेको बताउनुभएको छ । राष्ट्रिय सहिद दिवसका अवसरमा सङ्घीय सरकारद्वारा आज सिंहदरबार परिसरमा आयोजित मूल समारोहमा उहाँले सहिदहरूले देखाएको बाटोमा अघि बढ्दै देशमा दिगो शान्ति, सुशासन, समृद्धि, स्थायित्व र विकासको मार्गलाई सुदृढ गर्दै जानु राष्ट्रिय दायित्व भएको उल्लेख गर्नुभयो … Read more

भरतपुर महानगरमा फोहर मैला व्यवस्थापन सेवा शुल्क कति ?

भरतपुर,माघ १६- भरतपुर महानगरपालिकाले फोहर मैला व्यवस्थापन सेवा शुल्क निर्धारण गरेको छ । घर, पसल, होटल, डिपार्टमेन्ट, तरकारी तथा फलफूल मण्डि लगायतका शिर्षकमा फोहरमैला ब्यवस्थापनको फरक-फरक शुल्क निर्धारण गरेको छ । महानगरको कार्यपालिका बैठकले फोहर उत्पादनका आधारमा मूल्य निर्धाण गरेको हो । सबैभन्दा धेरै अस्पतालजन्य फोहोर व्यवस्थापनका लागि शुल्क निर्धारण गरिएको छ । चितवनको भरतपुर … Read more

२० लाख कर्मचारीलाई पठाइयो इमेल, तत्काल राजीनामा गरे ८ महिनाको तलब दिइने

काठमाडौं,माघ १६- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय कर्मचारीहरूको संख्या कटौती गर्ने उद्देश्यसहित व्यापक ‘उपदान’ अफर प्रस्ताव गरेका छन् । मंगलबार संघीय कर्मचारीहरूलाई पठाइएको इमेलमा कार्यालय फर्किन नचाहने लगभग सबै कर्मचारीलाई ‘राजीनामा कार्यक्रम’ अन्तर्गत आठ महिनाको तलब बराबरको प्याकेज अफर गरिएको हो । संघीय सरकारमा कार्यरत करिब २० लाख कर्मचारीलाई पठाइएको इमेलमा फेब्रुअरी ६ भित्र निर्णय … Read more

वन ऐन संशोधन गर्ने क्रममा छौं : मन्त्री शाही

रामपुर (पाल्पा), माघ १६ गते  वन तथा वातावरणमन्त्री ऐन बहादुर शाही ठकुरीले वन ऐन संशोधनको क्रममा रहेको बताउनुभएको छ । वनसँगै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन संशोधनको क्रममा रहेको बताउनुभएको हो । नेपाल प्रेस युनियन पाल्पाले बुधबार रामपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले वन ऐनमा रहेका साना–साना कारणले विकास निर्माणमा समस्या भएको भन्दै … Read more

प्रधानमन्त्रीसमक्ष स्वास्थ्य बिमा सुधार कार्ययोजना प्रतिवेदन प्रस्तुत

काठमाडौं, माघ १६ गते      प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमा सुधार कार्ययोजना प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । स्वास्थ्य बिमा सुधार सुझाव कार्यदलको प्रतिवेदनमा उल्लिखत विषयका आधारमा मन्त्रालयका अतिरिक्त सचिव डा. टङ्क बारकोटीको नेतृत्वमा कार्ययोजना तयार पार्न मन्त्री पौडेलले भन्नुभएको थियो । सो समितिले तयार पारेको कार्ययोजनासहितको प्रतिवेदन … Read more

परराष्ट्रमन्त्री डा राणसँग भारतीय अतिरिक्त सचिवको शिष्टाचार भेट

परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले आज यहाँ शिष्टाचार भेट गर्नुभएको छ । सो भेटका क्रममा नेपाल भारत सम्बन्धका विविध विषयहरुका साथै आपसी चासो, साझा हित र आगामी दिनमा गरिने सहकार्यबारे कुराकानी भएको थियो । सो भेटका अवसरमा मन्त्री डा राणाले नेपालले भारतसँगको सम्बन्धलाई उच्च महत्व दिएको चर्चा गर्दै नेपाल … Read more

डोल्पामा आगलागी हुँदा एक जनाको मृत्यु

१६ माघ मुड्केचुला गाउँपालिका–४ ईल गाउँमा आज बिहान आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । ईल गाउँस्थित बादी सार्कीको घरमा आगलागी हुँदा ७५ वर्षीया सार्कीको सुतेको अवस्थामा ज्यान गएको मुड्केचुला–४ का वडाध्यक्ष कृतिबहादुर बुढाले जानकारी दिनुभयो । उहाँका अनुसार आगलागीबाट सार्कीको कच्ची दुई तले घर पूर्णरूपमा क्षति भएको छ । वृद्धावस्था र शारीरिक अशक्तका … Read more

दक्षिण कोरियाली विमानमा आगलागी, विमानमा रहेका सबै १७६ जनाको सफल उद्धार

काठमाडौँ, १६ माघ दक्षिण कोरियाको विमानस्थलमा मङ्गलबार राति उडान गर्नुअघि यात्रु विमानमा आगलागी भएको तर जहाजमा रहेका सबै १७६ जनालाई सुरक्षित रूपमा बाहिर निकालिएको अधिकारीहरूले बताएका छन् । दक्षिण कोरियाली एयरलाइन्स एयर बुसानद्वारा सञ्चालित एयरबस विमान हङकङका लागि प्रस्थान गर्ने तयारी गरिरहेको बेला दक्षिणपूर्वको गिम्हे अन्तर्राष्ट्रिय विमानस्थलमा यसको पछाडिका भागहरूमा आगलागी भएको यातायात मन्त्रालयले विज्ञप्तिमा … Read more

लोकतन्त्रकामा अभिव्यक्ति र प्रेस स्वतन्त्रता अनिवार्य छ : नेता महर

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले कांग्रेस लोकतान्त्रिक प्रणालीको अनुयायी भएकाले प्रजातन्त्र बाँच्नका लागि अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रता अनिवार्य भएको बताएका छन्। भैरहवा विमानस्थलमा पत्रकारसँग नेता महरले उक्त प्रतिक्रिया दिएका हुन्। यसलाई कुण्ठित हुने, खलल पुर्‍याउने, यसमा प्रतिबन्ध गर्ने र समस्या ल्याउने कुनै कुरामा कांग्रेसको सहमति नरहने उनले प्रस्ट पारे। … Read more

ट्रम्प प्रशासनद्वारा सङ्घीय कर्मचारीलाई बहिर्गमन प्याकेजको प्रस्ताव

काठमाडौँ, १६ माघः  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले मङ्गलबार आठ महिनाको रोजगारी छोड्ने सङ्घीय कर्मचारीलाई बहिर्गमन प्याकेजको व्यवस्था गर्ने अवसर दिएको छ । कर्मचारीलाई पठाएको इमेलमा उक्त प्याकेजको घोषणा गरिएको छ । अमेरिकी सञ्चारमाध्यमका अनुसार ट्रम्पका सल्लाहकार एलन मस्कले एक्समा ऐतिहासिक ‘विकल्प’ को रूपमा प्रशंसा गरेको यो प्रस्ताव सबै २० लाख सङ्घीय कर्मचारीलाई पठाइएको बुझिएको … Read more