महाराष्ट्र रेल दुर्घटनाः मृतक नेपाली सबैको पहिचान खुल्यो

भारत, माघ १२- भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा परी निधन भएका नेपालीको पहिचान खुलेको छ । परराष्ट्र मन्त्रालयले रेल दुर्घटनामा परी सात नेपालीसहित १२ जनाको निधन भएको जनाएको छ । दुर्घटनामा परी आफन्त गुमाएका परिवारजनप्रति सरकारले गहिरो समवेदना प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । मन्त्रालयका अनुसार निधन हुनेमा कैलालीका दुई जना छन् … Read more

चितवन महोत्सव २०८१: ब्रिज इन्टरनेसनलले तीन भाग्यशालीलाई प्रदान गर्‍यो अन्तर्राष्ट्रिय हवाई टिकट

चितवन महोत्सव २०८१ को समापन समारोहको अवसरमा ब्रिज इन्टरनेसनल चितवनले तीनजना भाग्यशालीलाई अन्तर्राष्ट्रिय हवाई टिकट प्रदान गरेको छ। वैदेशिक अध्ययन परामर्शमा अग्रणी यस संस्थाले आफ्नो स्टलमा १५ दिनको महोत्सव अवधिमा २० हजारभन्दा बढी आगन्तुकहरूको उपस्थिति रहेको जनाएको छ। ती आगन्तुकहरूमध्ये लकी ड्रमार्फत तीनजना विजेता चयन गरिएको थियो। प्रमुख अतिथि बागमती प्रदेशका मुख्यमन्त्री माननीय बहादुर सिंह … Read more

सरकारी अस्पताल चलाउने कर्मचारीकै सर्टिफिकेट नक्कली, लाग्यो भ्रष्टाचार मुद्दा

काठमाडौं वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल (भरतपुर, चितवन)मा प्रशासनतर्फ वरिष्ठ सहायक पदमा कार्यरत एक कर्मचारीको शैक्षिक प्रमाणपत्र (सर्टिफिकेट) नै नक्कली रहेको पाइएको छ । अस्पतालकी वरिष्ठ सहायक कमला अधिकारीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भेटिएपछि भ्रष्टाचार मुद्दा नै दायर भएको छ । अधिकारीको शैक्षिक प्रमाणपत्र नक्कली रहेको जनाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो … Read more

अस्थिरता मच्चाउने तत्वहरूले सरकार परिवर्तन हुन्छ भनेर हल्ला चलाएका छन् : प्रधानमन्त्री

११ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तन हुन्छ भनेर चलाइएको हल्ला अर्थहीन भएको बताएका छन् । पाल्पाको तिनाउ गाउँपालिकाको देभानस्थित प्रशासकीय भवनको शुक्रबार भर्चुअल माध्यमबाट उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अस्थिरता मच्चाउने तत्वहरूले सरकार परिवर्तन हुन्छ भनेर हल्ला चलाएको बताए । सरकार परिवर्तन हुन्छ भनेर चलाएको हल्लाको पछि नलाग्न उनले आग्रह समेत गरे … Read more

भरतपुरमा भूमिगत विद्युतीकरणको परीक्षण सुरु

११ माघ, चितवन । भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको पहिलो फिडरको परीक्षण सफलतापूर्वक सम्पन्न गरिएको छ । भरतपुर महानगरपालिका–१० स्थित आन्तरिक राजस्व कार्यालय परिसरमा रहेको फिडरको स्विच महानगरपालिका प्रमुख रेनु दाहालले थिचेर परीक्षणको शुभारम्भ गरिन् । ताररहित महानगर बनाउने योजनाअनुरूप विद्युत् प्राधिकरणसँगको सहकार्यमा काम गरिएको उनले बताइन् । यसले महानगरपालिकालाई स्मार्टसिटी बनाउन … Read more

पोखरा भ्रमण वर्षको तयारीमा महानगरपालिका

पोखरा,माघ ११- पोखरा महानगरपालिकाको विशेष पहलमा गत वर्ष पोखरालाई नेपालको पर्यटनको राजधानी घोषणा गरियो । यो घोषणाले निकै चर्चा पायो सकारात्मक र आलोचनात्मक दुवै तरिकाबाट । उचित रणनीति, पूर्वाधार विकास, र दीर्घकालीन योजना निर्माण नगरी पोखरालाई पर्यटनको राजधानी घोषणा गरिएको भन्ने टिप्पणी भएको थियो । तथापि, पोखरालाई पर्यटन राजधानी घोषणा गरेसँगै यस क्षेत्रले आर्थिक, सामाजिक … Read more

खानेपानी तथा सरसफाइ नियमावली-२०८१ लागु

काठमाडौं– खानेपानीमन्त्री प्रदीप यादवले आज खानेपानी तथा सरसफाइ नियमावली-२०८१ लागु भएको सार्वजनिक गरेका छन् । मन्त्रालयमा आज पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्री यादवले खानेपानी तथा सरसफाइ ऐन, २०७९ को दफा ५९ ले दिएको अधिकार बमोजिम नेपाल सरकार (मन्त्रिपरिषद्) बाट स्वीकृत भई नेपाल राजपत्रमा हिजो माघ १० गते खानेपानी तथा सरसफाइ नियमावली प्रकाशित भई लागू भएको … Read more

लामाबगर नाका खोल्न सरकारले बहुवर्षीय ठेक्का लगाउने

दोलखा, माघ ११ गते ।  राष्ट्रिय गौरवको त्रिदेशीय उत्तर-दक्षिण कोरिडर अन्तर्गत दोलखाको बिगु गाउँपालिका-१ लामाबगर नाका खोल्न सरकारले बहुवर्षीय ठेक्का लगाउने भएको छ । भारत–नेपाल र चीन तीन देश जोड्ने उत्तर दक्षिण लोकमार्ग अन्तर्गतको लामाबगर नाका खोल्न लामो समयदेखिको पहल मिहिनेतपछि सरकारले यस वर्ष २० करोड रुपियाँको स्रोत निश्चित भएपछि बहुवर्षीय ठेक्का लगाउने तयारी भइरहेको … Read more

बाँकेमा पाटेबाघ मृत भेटियो

जानकी (बाँके),माघ ११- बाँकेको राप्तीसोनारी गाउँपालिका–१ को कोर क्षेत्रमा पाटेबाघ मृत भेटिएको छ । आज बिहान गएको गस्ती टोलीले उक्त कोर क्षेत्रमा बाघलाई मृतावस्थामा फेला पारेको बाँके राष्ट्रिय निकुञ्जका सूचना अधिकारी मन्दीप पँगेनीले जानकारी दिनुभयो । उहाँका अनुसार मृतावस्थामा भेटिएको उक्त पाटेबाघको अवस्था हेर्दा केही दिनअघि नै मरेको अनुमान गरिएको छ । “बाघको पछाडिको भागलाई … Read more

भारतीय सेनाको हतियार कारखानामा विस्फोट, कम्तीमा ८ जनाको मृत्यु

मुम्बई । भारतको महाराष्ट्र राज्यमा सेनाको हतियार कारखानामा विस्फोट भएको छ । भण्डारा भन्ने ठाउँमा रहेको हतियार कारखानामा शुक्रबार बिहान स्थानीय समयअनुसार करिब १०ः ३० बजे विस्फोट भएको हो । विस्फोटको आवाज पाँच किलोमिटर टाढासम्म सुनिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । के कारणले विस्फोट भयो भन्नेबारे प्रस्ट भइसकेको छैन । विस्फोटबाट हतियार कारखानाको एउटा छत भत्किएको र … Read more