स्कटल्याण्डसँग नेपाल पराजित, सुपर सिक्समा पुग्ने अवसर गुम्यो

१९ वर्ष मुनिको महिला विश्वकप क्रिकेटमा नेपाल स्कटल्याण्डसँग पराजित भएको छ । यससँगै नेपालले सुपर सिक्समा पुग्ने अवसर गुमाएको छ ।

माघ १८ गते संसद् अधिवेशन बोलाउने तयारी, प्रधानमन्त्री र सभामुखबीच छलफल

काठमाडौं– संघीय संसद्को हिउँदे अधिवेशन बोलाउने विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख देवराज घिमिरेबीच छलफल भएको छ । सोमबार दिउँसो १२ बजे सिंहदरबारमा भएको छलफलमा यही माघ १८ गते संसद्को हिउँदे अधिवेशन बोलाउने गरी छलफल भएको संसद् सचिवालयका एक अधिकारीले खबरहबलाई बताए । ‘प्रधानमन्त्रीसँग सभामुखले १८ गते बोलाउने सल्लाह गर्नुभएको छ । मन्त्रिपरिषद्ले सिफारिस … Read more

चैत अन्तिमसम्म क्रियाशील सदस्यता नवीकरण गरिसक्ने कांग्रेसको योजना

काठमाडौं– विगतका महाधिवेशनको पूर्वसन्ध्यामा देखिने क्रियाशील सदस्यता विवाद निरूपणका लागि प्रयासरत नेपाली कांग्रेसले मातहतका कार्यसमितिलाई समय तालिका दिएको छ । महामन्त्री गगनकुमार थापा संयोजकत्वको ‘क्रियाशील सदस्यता व्यवस्थापन समिति’ले पार्टीका विभिन्न तहका ६ वटा कार्यसमितिलाई क्रियाशील सदस्यता नवीकरण गर्ने समय तालिका दिएको हो । आसन्न १५औँ महाधिवेशनलाई क्रियाशील सदस्यताको विवादबाट मुक्त गराउने उद्देश्यसहित महामन्त्री थापको संयोजकत्वमा … Read more

विपिनको रिहाइका लागि इजिप्टसँग परराष्ट्रमन्त्रीको आग्रह

७ माघ, काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इजिप्टका विदेशमन्त्री डा. बद्र अब्देलअतीसँग टेलिफोन वार्ता गरेकी छन् ।टेलिफोन वार्ताको क्रममा परराष्ट्रमन्त्री डा. राणाले हमासको कब्जामा रहेका विपिन जोशीको रिहाइमा सघाउन आग्रह गरेकी थिइन् । जवाफमा अब्देलअतीले विपिन जोशीको रिहाइलाई प्राथमिकतामा राख्न गाजामा रहेका आफ्ना वार्ताकारलाई निर्देशन दिने बताएका छन् ।गाजामा युद्धविरामका लागि इजिप्टले खेलेको … Read more

कृषि विधेयकमा कृषिको जैविक विविधताको विषय समेटिनुपर्छः महामन्त्री थापा

काठमाडौं, माघ ७ गते । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले ल्याउँदै गरेको कृषि विधेयकमा कृषिको जैविक विविधताको विषयलाई महत्त्वका साथ उठाउनुपर्ने बताउनुभएको छ । सोमबार काठमाडौंमा तेस्रो राष्ट्रिय जैविक विविधता सप्ताह—२०८१ को समापन समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारले अहिले कृषि विधेयक ल्याउन लागेको र कृषिको जैविक विविधताको विषय ऐनमा … Read more

प्रधानमन्त्री–सभामुख भेट, संसद् अधिवेशनको बिजनेसबारे छलफल

७ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ ।प्रधानमन्त्रीनिवास बालुवाटारमा प्रधानमन्त्री ओली र सभामुख घिमिरेबीच भेटवार्ता भएको हो । भेटमा संघीय संसद्‌को बिजनेसबारे छलफल भएको बालुवाटार स्रोतले जनाएको छ । सरकारले संसद् अधिवेशन बोलाउने तयारी गरेका बेला यो भेट भएको हो ।आज दिउँसो बस्ने मन्त्रिपरिषद् बैठकबाट आगामी १८ … Read more

यु–१९ महिला विश्वकप : नेपालद्वारा स्कटल्यान्डलाई ७४ रनको लक्ष्य

काठमाडौं – मलेसियामा जारी आइसिसी यु–१९ महिला टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आजको आफ्नो दोस्रो खेलमा नेपालले स्कटल्यान्डलाई जितका लागि ७४ रनको लक्ष्य दिएको छ । मलेसियाको युकेएम ओभल क्रिकेट मैदानमा टस जितेर नेपालले पहिला ब्याटिङ गर्दै १८ दशमलव पाँच ओभरमा सबै विकेट गुमाएर ७३ रन बनायो । नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक २७ रन जोडिन् … Read more

एकीकृत समाजवादीको हिसाबकिताब : सवा ४ करोड आम्दानी गरेको पार्टी ३२ लाख घाटामा

काठमाडौं- माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीको वार्षिक लेखापरीक्षण प्रतिवेदन सोमबार सार्वजनिक गरिएको छ।आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयका लेखा प्रमुख खेमराज पौडेलले लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरेका हुन् । आर्थिक वर्ष २०८०/०८१ को आयव्ययको लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरिएको प्रमुख पौडेलले जानकारी दिएका छन् । प्रतिवेदनअनुसार समाजवादीले गत आर्थिक वर्षमा ४ करोड २४ लाख ५३ हजार ६ … Read more

वीरगञ्ज भन्सारबाट छ महिनामा ८० अर्ब राजस्व संकलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा ८० अर्ब पाँच करोड ५१ लाख राजस्व संकलन गरेको छ । भन्सार विभागले कार्यालयलाई चालु आवको छ महिनाको अवधिमा एक खर्ब चार अर्ब १८ करोड राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेको थियो । तर कार्यालयले सो अवधिमा कुल लक्ष्यको ७६ दशमलव ८४ प्रतिशत राजस्व संकलन … Read more

सवारी जाँचका क्रममा युवकलाई कुटपिट गर्ने प्रहरी निलम्बित

चितवन। चितवनको भरतपुर महानगरपालिकाको बाइपास सडकखण्डमा सवारी जाँचका क्रममा युवकलाई कुटपिट गर्ने प्रहरी निलम्बित भएका छन्। गणेशस्थान बिटमा कार्यरत असई बुद्धिबहादुर घर्ती भुजेललाई निलम्बन गरी थप कारबाही प्रक्रिया अघि बढाइएको हो। माथिको पावर देखाएको भन्दै चेकिङमा खटिएका प्रहरीले युवकलाई लात्तीले हानेर कुटपिट गरेको भिडियो आइतबार सार्वजनिक भएको थियो। लगत्तै प्रहरीले उनलाई कारबाहीका लागि छानबिन समिति … Read more