कहिले सम्पन्न होला भक्तपुर–नगरकोट सडक ?

भक्तपुर, पुस २६- भक्तपुरको प्रमुख पर्यटकीय गन्तव्य नगरकोट जाने मुख्य सडक ११ वर्षसम्म पनि निर्माण सम्पन्न हुनसकेन । सडक निर्माणको माग गर्दै स्थानीयले पटकपटक आन्दोलन गरे । सरकारले पटकपटक म्याद थप गरेर सहजीकरण गरे पनि काम हुने अवस्था नदेखिएपछि अन्ततः सरकारले भक्तपुर-नगरकोट-सिपाघाट सडकको ठेक्का सम्झौता रद्द गरेको छ । पटकपटक म्याद थप गर्ने तर ठेकेदारबाट … Read more

प्रचण्ड र माधव नेपालबिच भेटवार्ता हुँदै

काठमाडौँ, पुस २६- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालबिच आज पनि भेटवार्ता हुने भएको छ । भेटवार्ता समसामयिक राजनीति र समाजवादी मोर्चालाई बलियो बनाउने विषयमा छलफल हुने दुवै पक्षले जानकारी दिएको छ । दुई नेताबिच दिउँसो ३ बजे सिंहदरबारमा हुने एकीकृत समाजवादीका उपमहासचिव रामकुमार भट्टराईले जानकारी … Read more

सिन्धुपाल्चोकमा बस दुर्घटना

काठमाडौं, पुस २६- सिन्धुपाल्चोकमा बस दुर्घटनामा परेको छ। सुनकोशी गाउँपालिका-५ मा बागमती प्रदेश ००१ ख ४७१० नम्बरको बस दुर्घटनामा परेको हो।दोलखाबाट काठमाडौं आउँदै गरेको बस शुक्रबार एक बजेतिर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका एसपी सन्तोष खड्काले जानकारी दिए। ‘ब्रेक फेल भएर पल्टिएको भन्नेकुरा आएको छ,ु एसपी खड्काले भने, अहिलेसम्म मानवीय क्षति भएको खबर आएको … Read more

पोखराबाट काठमाडौं आउने तयारीमा रवि, आजै अदालत उपस्थित हुने

काठमाडौं, पुस २६- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने पोखराबाट काठमाडौं आउन लागेका छन् । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा बिहीबार ६५ लाख धरौटी बुझाएर छुटेका उनी शुक्रबार काठमाडौं आएर अदालतमा उपस्थित हुन लागेका हुन् । रास्वपाका एक नेताका अनुसार लामिछाने आजै काठमाडौं जिल्ला अदालतमा उपस्थित हुन लागेका छन् । ‘उहाँ साढे १ … Read more

खाद्य गोदामबाट चामल वितरण सुरु

भोजपुर,पुस २६- खाद्य गोदामबाट सुपथ मूल्यमा चामल वितरण सुरु भएसँगै यहाँका नागरिकलाई सहज भएको छ । गोदामबाट बजार मूल्यभन्दा सस्तोमा चामल वितरण गरिएपछि आर्थिक अवस्था कमजोर भएका तथा विपन्न नागरिकलाई राहत मिलेको हो । गत असोज ७ गतेदेखि आगामी माघ २ गतेसम्म स्थानीय नागरिकलाई प्रतिकिलो रु पाँच छुटमा चामल वितरण भइरहेको जिल्लास्थित व्यापार कम्पनी लिमिटेड … Read more

‘दलमा महिलालाई नेतृत्व दिन कन्जुस्याइँ गर्छन्’

पाल्पा पुस २६ गते । नेपाली काँग्रेस महासमिति सदस्य शोभा शाक्य पाल्पामा सक्रिय महिला हुनुहुन्छ । पञ्चायती कालदेखि नै राजनीति गर्दैै आउनुभएकी उहाँ परिवर्तनकारी आन्दोलनमा सँधै अग्रभागमा रहनुभयो । तर पनि दलको मुख्य पदमा उहाँ कहिल्यै अवसर पाउनु भएन । दलको पदमा मात्र होइन, राजकीय पदमा पनि उहाँ सँधै छायाँमा पर्नुभयो । चर्चा सँधै भयो, … Read more

सशस्त्रका चार नायव महानिरीक्षकको पदावधि एक वर्ष थप

काठमाडौं । सरकारले परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव अमृतबहादुर राईलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ। ​सिंहदरबारस्थित मन्त्रालयमा पत्रकार सम्मेलन बोल्दै नेपाल सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले राईलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको जानकारी दिए। उनले मन्त्रिपपरिषद् बैठकले सशस्त्र प्रहरी नायव महानिरीक्षकहरु कमल गिरी, गणेशबहादुर ठाडामगर, कुलबहादुर नेम्वाङ र … Read more

पाँच हजार आठ सय बढी फरार प्रतिवादी पक्राउ

काठमाडौं। नेपाल प्रहरीले पछिल्लो पाँच महिनामा देशभरबाट पाँच हजार आठ सय ४६ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। अदालतको आदेश कार्यान्वयनका क्रममा विभिन्न आपराधिक क्रियाकलापमा संलग्न भई फरार रहेका प्रतिवादीलाई पक्राउ गरिएको नेपाल प्रहरीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले जानकारी दिए उनका अनुसार चालु आवमा फरार प्रतिवादी पक्राउ गर्ने अभियान सञ्चालन गरिएको हो। प्रहरी … Read more

वस्तु निर्यातदेखि वाणिज्य सन्धिसम्मका विषय उठाइने

काठमाडौं, पुस २६ गते । नेपाल–भारत वाणिज्य सचिवस्तरीय संयन्त्र (आइजीसी) को बैठक शुक्रबारदेखि काठमाडौंमा सुरु भएको छ । विगत चार वर्षदेखि हुन नसकेको नेपाल–भारत वाणिज्य सचिवस्तरको बैठक आजदेखि काठमाडौंमा सुरु भएको हो । बैठकमा नेपालले भारतमा वस्तु निर्यातमा देखिएको समस्या समाधानदेखि वाणिज्य सन्धि पुनरावलोकनसम्मका विषय उठाउने गरिने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता बाबुराम अधिकारीले … Read more

प्रधानमन्त्री ओलीलाई अन्तर्राष्ट्रिय सम्बन्ध समितिले छलफलका लागि बोलायो

२६ पुस, काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बैठकमा बोलाएको छ । प्रधानमन्त्री ओलीको पछिल्लो वैदेशिक भ्रमणका विषयमा छलफल गर्न बोलाइएको हो । आगामी सोमबार बस्ने बैठकमा परराष्ट्र मन्त्रालयको आर्थिक वर्ष २०८१/८२ को कार्यक्रम तथा हालसम्मको प्रगति सम्बन्धमा पनि छलफल हुनेछ ।