प्रधानमन्त्री ओलीलाई अन्तर्राष्ट्रिय सम्बन्ध समितिले छलफलका लागि बोलायो

२६ पुस, काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बैठकमा बोलाएको छ । प्रधानमन्त्री ओलीको पछिल्लो वैदेशिक भ्रमणका विषयमा छलफल गर्न बोलाइएको हो । आगामी सोमबार बस्ने बैठकमा परराष्ट्र मन्त्रालयको आर्थिक वर्ष २०८१/८२ को कार्यक्रम तथा हालसम्मको प्रगति सम्बन्धमा पनि छलफल हुनेछ ।

थाहा फिल्म फेस्टिभलमा २१ वटा चलचित्र प्रदर्शन हुने

हेटौँडा, पुस २६ गते । मकवानपुरको थाहा नगरको बज्रबाराहीमा यही पुस २८ गतेबाट सुरु हुने तीन दिने थाहा फिल्म फेस्टिभल–२०२५ को तयारी अन्तिम चरणमा पुगेको छ। सिनेमाको माध्यमबाट थाहोको पर्यटन प्रवद्र्धनमा सहयोग पुर्‍याउने उद्देश्यसहित पुस २८ गतेदेखि आगामी माघ १ गतेसम्म थाहा कला केन्द्र, मकवानपुरले थाहा फिल्म फेस्टिभलको दोस्रो संस्करण आयोजना गर्न लागेको हो । … Read more

पुटिनसँग भेटवार्ताको चाँजोपाँजो मिलाइरहेको ट्रम्पको दाबी

वासिङ्टन, पुस २६ गते ।  अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबिच भेटवार्ता गर्न चाहेको बताउनुभएको छ । सन् २०२२ को फेब्रुअरीदेखि रूसी आक्रमणको चपेटामा परेको युक्रेनमा शान्ति स्थापना गर्ने आफ्नो अभियानका क्रममा प्रतिबद्धता जनाएपछि उहाँले पदभार ग्रहण गर्नुभन्दा डेढ हप्ताअघि यस्तो अभिव्यक्ति दिनुभएको हो । फ्लोरिडाको पाम बीचस्थित मार–ए–लागो रिसोर्टमा रिपब्लिकन गभर्नरहरूसँगको … Read more

प्रधानमन्त्रीको अभिव्यक्तिको सञ्चारमन्त्रीले गरे बचाउ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले संविधान संशोधनका विषयमा नेपाली कांग्रेस र नेकपा (एमाले)बीच भएको सहमति तलमाथि नहुने स्पष्ट पारेका छन् । शुक्रबार सिंहदरबारमा मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले दुई दलबीच भएको सहमतिअनुसार नै संविधान संशोधनको प्रक्रिया अघि बढाइने बताए । सहमतिलाई असर पुग्ने कुनै काम … Read more

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ६ निर्णय

काठमाडौँ, पुस २६- सरकारले परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव अमृतबहादुर राईलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राईलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । मन्त्रिपपरिषद् बैठकले सशस्त्र प्रहरी नायज महानिरीक्षकहरु कमल गिरी, गणेशबहादुर ठाडामगर, कुलबहादुर नेम्वाङ र शम्भु सुवेदीको १ वर्ष पदावधि थप गर्ने निर्णय समेत गरेको छ । यस्ता … Read more

प्रतिबन्धित औषधि नबेच्न औषधि व्यवस्था विभागको चेतावनी

काठमाडौं। औषधि व्यवस्था विभागले प्रतिबन्धित औषधी बिक्री वितरण भैरहेको पाइएको भन्दै त्यस्ता औषधी बिक्री नगर्न चेतावनीयुक्त सूचना जारी गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले औषधी बिक्री वितरणमा देखिएका बेथिति रोक्न अनुगमन तथा कारबाही प्रक्रियामा कडाइ गर्न भने पछि विभागले सार्वजनिक सूचना जारी गरेको हो। विभागले पुष २५ गते जारी गरेको सार्वजनिक सूचनामा विभागमा … Read more

सरकार स्थायी भएर विकासमा मुद्दामा केन्द्रित भएन : नेता साउद

बाँके– सत्तारुढ नेपाली कांग्रेसका नेता एनपी साउदले सरकार स्थायी भएर विकासमा मुद्दामा केन्द्रित हुन नसकेको टिप्पणी गरेका छन् । नेपाल प्रेस युनियनले शुक्रबार नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कांग्रेस–एमाले गठबन्धनको सरकार स्थायी भएर विकासमा मुद्दामा केन्द्रित हुन नसकेको टिप्पणी गरेका हुन् । ‘सरकार स्थायी भएर विकासका मुद्दामा केन्द्रित हुन सकिरहेको छैन,’ पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका नेता … Read more

चितवन महोत्सव उद्घाटन : ‘एउटा कानुन अर्कोमा बाधक’ : मन्त्री भण्डारी

नारायणगढ । उद्योग तथा वाणिज्यमन्त्री दामोदर भण्डारीले निजी क्षेत्रको विकासका लागि कानुनी जटिलतालाई फुकाएर काम गर्नुपर्ने बताएका छन् । चितवन महोत्सवको १५औँ संस्करणको उद्घाटन गर्दै मन्त्री भण्डारीले कानुनी जटिलताका कारण निजी क्षेत्र फस्टाउन नसकेको बताएका हुन् । चितवनको शक्तिखोरमा बनाउने भनिएको औद्योगिक क्षेत्रको विकासलाई उदाहरणका रुपमा लिँदै मन्त्री भण्डारीले भने, ‘उद्योग मन्त्रालयले काम गर्ने भनेर … Read more

माघ १ देखि बैंकमा खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौं– माघ १ गतेदेखि बैंकमा खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य चाहिने भएको छ । नेपाल राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्थाहरूलाई जारी गरिएको एकीकृत निर्देशन, २०८०’ लाई संशोधन गर्दै माघ १ गतदेखि बैंकमा खाता खोल्दा राष्ट्रिय परिचयपत्र वा परिचयपत्र नम्बर अनिवार्य गरेको हो । ‘बैंक तथा वित्तीय संस्थाले २०८१ माघ १ गतेदेखि राष्ट्रिय परिचयपत्रको विद्युतीइ … Read more

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौँ, पुस  २६ गते । अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बिहीबारको तुलनामा आज प्रतितोला सुनमा रु आठ सयले वृद्धि भएको छ भने सोही परिमाणको चाँदी पनि रु पाँचले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार एक तोला सुन आज रु एक लाख ५४ हजार … Read more