रुकुमपूर्वमा जिप दुर्घटना हुँदा ४ जना घाइते

२५ पुस, रुकुमकोट । मध्यपहाडी राजमार्ग अन्तर्गत रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ५ धारापानीमा जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।पोखराबाट रुकुमपूर्वको सदरमुकाम रुकुमकोट आउँदै गरेको ग १ ज ७१०८ नम्बरको जिप विहीबार बिहान ३ः३० बजे दुर्घटना भएको हो । दुर्घटनामा रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका ५ का २२ वर्षीय प्रेम कामी, सोही … Read more

काठेखोलामा पाँच करोड ४० लाखको सुन्तला उत्पादन

बागलुङ, पुस २५- काठेखोला गाउँपालिका–६ का किसानले गत वर्षको तुलनामा यस वर्ष रु पाँच करोड ४० लाखको सुन्तला बिक्री गरेका छन् । गाउँपालिकाका कृषि प्राविधिक अग्नि कँडेलका अनुसार यो गत वर्षको तुलनामा करिब रु दुई करोडले बढी हो । गत वर्ष यहाँका किसानले रु तीन करोड ५० लाख बराबरको सुन्तला बिक्री गरेको उनको भनाइ छ … Read more

तनहुँका ५० जना महिलालाई ढकिया बुन्ने तालिम

तनहुँ, पुस २५- ज्येष्ठ नागरिकमा रहेका ज्ञान, सीप र अनुभव अन्तरपुस्ता हस्तान्तरण कार्यक्रमअन्तर्गत यहाँका महिलाहरूलाई ढकिया बुन्ने तालिम प्रदान गरिएको छ । सामाजिक विकास कार्यालय तनहुँको आर्थिक सहयोग तथा व्यास नगरपालिका–१४ को समन्वयमा चार दिनको तालिम सञ्चालन गरिएको हो । व्यास नगरपालिका–१२, १३ र १४ का महिलालाई छाब्दी बाराही मन्दिरमा आउने भक्तजनलाई फूल, प्रसाद र … Read more

बुइपाका चार टोलमा आयातित पेयपदार्थमा प्रतिबन्ध

खोटाङ, पुस २५- दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित चारवटा टोलका स्थानीयले आयातित पेयपदाथ सेवनमा प्रतिबन्ध लगाएका छन् । आयातित पेयपदार्थले आर्थिक, परम्परागत संस्कृति र स्वास्थ्यमा समेत प्रतिकूल असर पु¥याएको भन्दै गैरी फुलेली, कुसुङ्खा, उर्लेनी र छापगाउँका स्थानीवासीले बिहे, छेवर, गुन्युचोली, पास्नी, काजकिरिया तथा विभिन्न चाडपर्व र मेलापातमा यसअघि सेवन गरिँदै आइएको आयातित पेयपदार्थ सेवनमा पूर्ण … Read more

भोजपुरमा ‘सडक हेरालु’

भोजपुर, पुस २५- भोजपुरमा सडकको मर्मतसम्भारका लागि सडक हेरालु परिचालन गरिएका छन् । यहाँ विस्तार भएका पक्की तथा कच्ची सडकमा आवश्यक पर्ने मर्मतसम्भार र निगरानीका लागि सडक हेरालु परिचालन गरिएका हुन् । कोशी प्रदेश सरकारले प्रादेशिक सडकमा सूचीकृत गरेका सडकको मर्मतसम्भारका लागि सडक हेरालु राखिएका जनाइएको छ । पहिलो चरणमा जिल्लाको मुख्य सडकमार्गका रूपमा रहेको … Read more

शितलहरका कारण रूपन्देहीका विद्यालयहरूमा बिदा

बुटवल, पुस २४- चिसोका कारण रूपन्देहीका स्थानीय पालिकाहरूले विद्यालयमा सार्वजनिक बिदा दिने निर्णय गरेका छन्। केही दिनयता बढेको चिसोका कारण पालिकाहरूले विद्यालयमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो। चिसो बढेपछि तिलोत्तमा नगरपालिकाले विद्यालयहरूमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। नगरपालिकाले बुधबार सूचना जारी गर्दै पुस २५ गतेदेखि २९ गतेसम्म नगरपालिका भित्रका सबै विद्यालयमा बिदा दिने … Read more

वैशाखमा महाधिवेशन गर्न नेता तयार, मुकुललाई फर्काउने कुरै भएन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन समयमै गर्न केन्द्रीय कमिटीका नेताहरू उत्साहित देखिएका छन् । पार्टीको यही पुस २० र २१ गते स्वयम्भूमा बसेको बैठकले समयमै महाधिवेशन गर्ने निष्कर्ष निकालेको प्रवक्ता मनिष झाले बताए । रास्वपाले गत असोज १ र २ गते पहिलो राष्ट्रिय भेला गरेको थियो । त्यहीबेला पहिलो महाधिवेशन वैशाख तेस्रो साता गर्ने … Read more

‘जनतासँग जसपा नेपाल’ लिएर गृहजिल्ला सप्तरीमा उपेन्द्र यादव

काठमाडौं- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव तीन दिने कार्यक्रमका लागि सप्तरी पुगेका छन् । बुधबारदेखि तीन दिनसम्म सप्तरीका चारवटै निर्वाचन क्षेत्रको तीन स्थानमा आयोजित अभिमुखीकरण कार्यक्रममा अध्यक्ष यादव प्रमुख प्रशिक्षक एवं वक्ताका रुपमा पुगेका हुन् ।पहिलो दिन सप्तरीको क्षेत्र नं १, कञ्चनरुप नगरपालिका वडा नं. ८ स्थित मिथिला पार्टी प्यालेस बेरियरमा पार्टी प्रशिक्षणसहित … Read more

अवरुद्ध पूर्व-पश्चिम राजमार्गको दाउन्ने खण्ड एकतर्फी सञ्चालन

नवलपरासी। पूर्णरूपमा अवरुद्ध भएको पूर्व-पश्चिम राजमार्गअन्तर्गत बुटवल-नारायणगढ खण्ड एकतर्फी सञ्चालनमा आएको छ। पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित खुर्सानीखोलामा बाक्लो हुस्सु र शीतलहरले सडक चिप्लो भएपछि आवागमन अवरुद्ध भएको थियो। निरन्तरको प्रयासपछि उक्त खण्ड एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिए। आज बिहानदेखि पूर्णरूपमा अवरुद्ध सडक … Read more

विद्युत् उत्पादनमा लगानी गर्न निजी क्षेत्रलाई ऊर्जामन्त्री खड्काको आग्रह

काठमाडौँ, पुस २४- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले उत्पादित ऊर्जाको बजार सुनिश्चित भएकाले विद्युत् क्षेत्रमा लगानी गर्न निजी क्षेत्रलाई आग्रह गर्नुभएको छ । विद्युत् नियमन आयोगबाट हुने कार्यसम्पादनलाई प्रविधिमैत्री बनाउने उद्देश्यले आयोगद्वारा निर्माण गरिएको ‘डकुमेन्ट म्यानेजमेन्ट सिस्टम’ को आज शुभारम्भ गर्दै मन्त्री खड्काले उत्पादित विद्युत् बजारीकरणको समस्या नरहेकाले ऊर्जा क्षेत्रमा लगानी गर्न सबैलाई आग्रह … Read more