अर्थतन्त्र सुदृढ गर्न नीति र संरचनामा सुधार : अर्थमन्त्री पौडेल

काठमाडौं, पुस २४ गते । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको अर्थतन्त्रलाई सुदृढ गर्न सरकार नीतिगत र संरचनागत सुधारमा केन्द्रित रहेको बताउनुभएको छ । अन्तर्राष्‍ट्रिय मुद्रा कोषको पाँचौं समीक्षा मिसन टोलीसँग शिष्‍टाचार भेटका क्रममा अर्थमन्त्री पौडेलले पछिल्लो समय अर्थतन्त्रमा सुधार भइरहेको र नीतिगत तथा संरचनागत सुधारले थप परिणाम ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त … Read more

‘शान्तिप्रक्रिया शीघ्र टुङ्ग्याउन दबाब सृजना गरौँ’

काठमाडौँ, पुस २४- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्तिप्रक्रिया र सङ्क्रमणकालीन न्यायसम्बन्धी बाँकी काम टुङ्ग्याउन दबाब सृजना गर्नुपर्ने बताउनुभएको छ । बेपत्ता योद्धा राजेन्द्र ढकालको २६ औँ स्मरण दिवसका अवसरमा आज यहाँ आयोजित ‘शान्ति प्रक्रिया र बेपत्ता नागरिकको सार्वजनिकीकरणको सवाल’ विषयको कार्यक्रममा उहाँले शान्तिप्रक्रियालाई निष्कर्षमा पु¥याउन सबैले दबाब सिर्जना गर्नुपर्ने … Read more

नयाँ छात्रावास भवन निर्माण गर्दै पोखरा विश्वविद्यालय

गण्डकी, पुस २४- पोखरा विश्वविद्यालयले नयाँ छात्रावास बनाउने तयारी सुरु गरेको छ । पोखरा महानगरपालिका–३०, खुदी, ढुङ्गेपाटनस्थित पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको दक्षिणतर्फ रहेको १२ रोपनी क्षेत्रफलमा छात्रावास निर्माण गर्ने तयारी थालिएको हो । नयाँ छात्रावास भवन एक सय विद्यार्थी क्षमताको पाँचतल्ले हुने र पहिलो तल्ला शिक्षण अस्पतालमा कार्यरत रेसिडेन्ट नर्सहरूको आवासका रूपमा प्रयोग गर्ने योजना … Read more

कास्की अदालतमा रविसहित सबै प्रतिवादीको बहस सकियो

पोखरा, पुस २४- सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अदालतमा उपस्थित रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित सबै अभियुक्तहरूको तर्फबाट बहस सकिएको छ। जिल्ला अदालत, कास्कीका न्यायाधीश नितिज राईको इजलासमा थुनछेक प्रयोजनका लागि पुस १६ गते सुरु भएको बहसमा जाहेरवाला, सरकारी वकिल र प्रतिवादीका तर्फको एकसरो बहस सकिएको हो। आजै जाहेरवालका तर्फबाट जवाफी बहस सुरु भएको जिल्ला … Read more

सडक सञ्जाल विस्तार भएसँगै कप्रुडाँडा पर्यटकीय गन्तव्य बन्दै

गण्डकी, पुस २४- कास्कीको मादी गाउँपालिका–२ स्थित कप्रुडाँडाको  पर्यटकीय सम्भावनालाई अध्ययन गरी पाँच वर्षअघि सडक सञ्जाल विस्तार भएसँगै पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ । नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालय र मादी गाउँपालिकाको सहकार्यमा पर्यटकीय सम्भावनाको अध्ययन गरी कप्रुडाँडालाई आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्यका रूपमा विकास गर्न थालिएको हो … Read more

यो वर्षको हिउँद पनि सुख्खा हुने, चुनौती थपियो

लगातार २ वर्षको हिउँद सुख्खा भए जस्तै यो वर्षको हिउँद पनि पानी नपरी सुख्खा नै हुने अनुमान गरिएको छ । नेपालको मौसमी पात्रोमा मंसिर १५ देखि फागुन १५ सम्मको अवधिलाई हिउँद याम भन्ने चलन छ । गएका २ वर्षको हिउँद उल्लेख्य वर्षा नभई सकिएका थिए । यो वर्षको हिउँदको मध्यतिर आइपुग्दा पनि वर्षाको कुनै सम्भावना … Read more

एअर एम्बुलेन्स चढेर लण्डन पुगिन्‌ बंगलादेशी नेतृ खालिदा

एजेन्सी – बङ्गलादेश नेशनलिस्ट पार्टी (बीएनपी)की अध्यक्ष खालिदा जिया उपचारका लागि मङ्गलबार साँझ लण्डन पुगेकी छिन्‌ । ढाका ट्रिब्युनका अनुसार राति ११ः४६ बजे उनी हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारका अमिरले पठाएको विशेष रोयल एयर एम्बुलेन्समा लण्डन प्रस्थान गरेकी हुन्‌ । राती ८ बजे आफ्नो गुलशन निवासबाट उपचारका लागि लण्डनतर्फ निस्किएकी ७९ वर्षीय जिया कलेजो सिरोसिस, मुटुरोग, … Read more

चिसोले विद्यार्थी कठ्याङ्ग्रिन थालेपछि महोत्तरीका पाँच पालिकामा विद्यालय बन्द

महोत्तरी – विगत तीन दिनदेखि एक्कासि जाडो बढेपछि जिल्लाका पाँच वटा पालिकाले आफ्नो नगरभित्रका विद्यालय बन्द गरेका छन् । सदरमुकाम रहेको जलेश्वर र मनरासिस्वा नगरपालिका तथा पिपरा, सोनमा र एकडारा गाउँपालिकाले जाडोका कारण पठनपाठन सञ्चालन गर्न असहज भएको भन्दै आजदेखि लागू हुनेगरी एक साताका लागि नगरभित्रका विद्यालय बन्द गरेका हुन् । जलेश्वर, मनरासिस्वा, सोनमा र पिपरा … Read more

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागद्वारा फोहोर पानीका जार नष्ट

काठमाडौं– खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चन्द्रागिरि नगरपालिकामा पानी ओसारपसारमा प्रयोग गरिएका फोहोर पानीका जार नष्ट गरेको छ । सो क्षेत्रका पिउने पानी उद्योगको निरीक्षण गरी पानी उद्योगले सफा जार प्रयोग गर्नुपर्नेमा पुराना, फोहर एवं कुच्चिएका जार प्रयोग गरेको पाइएकाले ९७ वटा जार नष्ट गरिएको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिए । मोबाइल फुड … Read more

मायादेवी मन्दिरमा दोस्रोपटक दान गणना, एक करोड ४३ लाख सङ्कलन

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरमा राखिएको दानपेटिकाबाट एक करोड ४३ लाख ५९ हजार ९९० रुपैयाँ सङ्कलन भएको छ ।चालु आर्थिक वर्षमा दोस्रो पटक दानपेटिका गणना गरिएको हो । दोस्रो पटकको गणनामा उक्त रकम सङ्कलन भएको लुम्बिनी विकास कोषले जनाएको छ । यही पुस १८ गतेदेखि २३ गतेसम्म दानपेटिकाको गणना गरिएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डीराज … Read more