पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), पुस २४  गते ।  बाक्लो हुस्सुका कारण  पूर्व–पश्चिम राममार्गअन्तर्गत बुटवल–नारायणगढ सडक अवरुद्ध भएको छ । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित खुर्सानी खोलाको सडक चिप्लो भएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रेशम बोहराले जानकारी दिनुभयो । बाटो चिप्लो भएकाले सवारीसाधन चलेका छैनन् । हिजोदेखि नै पश्चिम नवलपरासी र दाउन्ने … Read more

ओहदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौँ, पुस २४ गते । गणतन्त्र कोरियाका कार्यवाहक राष्ट्रपति चोइ साङ मोकसमक्ष नेपालका राजदूत डा शिवमाया तुम्बाहाम्फेले आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ । मङ्गलबार  सियोलमा आयोजित एक समारोहमा उहाँले आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको हो  । प्रमाणपत्र पेस गरेपछि राजदूत तुम्बाहाम्फेले कार्यवाहक राष्ट्रपति चोईसँग शिष्टाचार भेट गर्नुभएको सिओलस्थित नेपाली राजदूतावासले आज जनाएको छ । … Read more

डढेलो सहर पसेपछि… (तस्बिरहरू)

लस एन्जलिस । अमेरिकाको लस एन्जलिसमा जंगलमा लागेको डढेलो तीव्र रूपमा फैलिएपछि पछि त्यहाँ आपत्काल घोषणा गरिएको छ । आगो निभाउने काम युद्धस्तरमा भइरहेको पनि यो धेरै समय लाग्न सक्ने बताइएको छ। २० एकड क्षेत्रफलमा सुरु भएको आगलागी केही घण्टामै १२ सय एकडमा फैलिएको छ । दमकल विभागका प्रमुख क्रिस्टिन क्राउलीले यहाँबाट ३० हजार मानिसलाई … Read more

पाथीभरासहित ताप्लेजुङका उच्च हिमाली क्षेत्रमा हिमपात

ताप्लेजुङ– सामान्य वर्षासँगै जिल्लाको उच्च हिमाली क्षेत्रमा मङ्गलबार साँझदेखि हिमपात भएको छ । तीन हजार सात सय ९४ मिटरको उचाइमा पर्ने  तीर्थस्थल पाथीभरा मन्दिरसहित जिल्लाका उत्तरी उच्च क्षेत्रमा हिमपात भएपछि जनजीवन प्रभावित भएको छ । पाथीभरा मन्दिर जाने पदमार्गअन्तर्गत फेदीको बस्तीसहित सोभन्दा माथि हिमपात भइरहेको फेदीस्थित प्रहरी चौकीका हबल्दार मिलन कटुवालले जानकारी दिए । हिमपात … Read more

अनुमति लिएर मात्रै स्वास्थ्य संस्था सञ्चालन गर्न मन्त्रालयको परिपत्र

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै निजी, सहकारी, गैरसरकारी तथा सामुदायिक अस्पताल तथा स्वास्थ्य संस्थालाई अनिवार्य रूपमा अनुमति लिन र अनुमति लिएकाहरूको नवीकरण बाँकी भए नवीकरण गर्न परिपत्र गरेको छ । मन्त्रालयले मंगलबार परिपत्र गर्दै कानुन अनुसार अनुमति र नवीकरण गर्न भनेको हो । कानुन अनुसार अनुमति र नवीकरण नगरेमा कारबाही गर्ने चेतावनी पनि मन्त्रालयले … Read more

लुम्बिनीको दान रकम गणना, एक करोड बढी सङ्कलन

सिद्धार्थनगर,पुस २४ गते । बुद्धजन्मस्थल रूपन्देहीको लुम्बिनीस्थित मायादेवि मन्दिरको दानपेटिकाबाट १ करोड ४३ लाख ५९ हजार ९ सय ९० रुपियाँ सङ्कलन भएको छ।आर्थिक वर्ष २०८१-०८२ अन्तर्गत दोस्रो पटक गणना गरिएको दानपेटिकाबाट उक्त रकम सङ्कलन भएको लुम्बिनी विकास कोषले जनाएको छ । पुस १८ गतेदेखि २३ गतेसम्म ५ दिनसम्म लगाएर दानपेटिकाको गणना गरिएको लुम्बिनी विकास कोषका … Read more

माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप भलिबल हुने, बिजेतालाई २ लाख पुरस्कार

कास्कीको माछापुच्छे गाउँपालिकाले, गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा तेस्रो संस्करणको अध्यक्ष कप, गण्डकी प्रदेश अन्तरपालिका स्तरीय खुल्ला पुरुष था महिला भलिबल प्रतियोगिता २०८१ गर्ने भएको छ। खेलकुदमा युवाहरुलाई आकर्षित गर्ने र खेलकुदकै माध्यमबाट पालिकालाई चिनाउने उदेश्यले प्रतियोगिता आयोजना गरिएको गाउँपालिका अध्यक्ष मीन बहादुर गुरुङ बताए। माछापुच्छ्रे-७, धम्पुसमा फागुन १४ देखि १७ गते सम्म चल्ने पुरुष … Read more

सहकारी ठगी प्रकरणमा फरार रहेकी लेखा समिति सभापतिकी श्रीमती अदालतमा हाजिर

२४ पुस, काठमाडौं । सहकारी ठगी प्रकरणमा संलग्न रही फरार भएकी प्रतिनिधि सभाको लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइराला अदालतमा हाजिर भएकी छिन् । कोइराला बुधबार मोरङ जिल्ला अदालतमा हाजिर भएको अदालतमा सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी थिए । अदालतमा उपस्थित भएकी कोइराको बयान उद्धव प्रसाद भट्टराईको इजलासमा सुरु भएको उनले बताए । … Read more

विमानस्थल निर्माणमा अर्बौं स्वाहा, आम्दानी ४४७ रुपैयाँ !

काठमाडौं– अर्बौं रुपैयाँ खर्चेर बनाइएको विमानस्थलबाट वार्षिक आम्दानी ४४७ रुपैयाँ आम्दानी भयो भन्दा अचम्म लाग्छ । खोटाङको बहुचर्चित लामिडाँडा विमानस्थलले गत वर्ष गरेको आम्दानी यत्ति नै हो । खोटाङ विमानस्थलको यो हालत नेताहरूलाई विकासको स्टन्ट देखाउन मन लागेर जताततै बनाइएका विमानस्थल कुन स्थितिमा चलेका छन् भन्ने एक खराब उदाहरण हो । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा … Read more

यो वर्षको हिउँद पनि सुख्खा हुने, थपियो चुनौति

काठमाडौं, पुस २४ गते ।  लगातार दुई वर्षको हिउँद सुख्खा भए जस्तै यो वर्षको हिउँद पनि पानी नपरी सुख्खा नै हुने अनुमान गरिएको छ । नेपालको मौसमी पात्रोमा मङ्सिर १५ देखि फागुन १५ सम्मको अवधिलाई हिउँदयाम भन्ने चलन छ । गएका दुई वर्षको हिउँद उल्लेख्य वर्षा नभई सकिएका थिए । यो वर्षको हिउँदको मध्यतिर आइपुग्दा … Read more