हत्या भएको १६ वर्षपछि फरार प्रतिवादी पक्राउ

रौतहट : रौतहट प्रहरीले १६ वर्षपछि कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यलय रौतहट र मातहतबाट खटिएको टोलीले गोप्य सूचनाका आधारमा पक्राउ गरेको हो।रौतहट प्रहरीका निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक उमाशंकर  प्रसादका अनुसार कटहरिया नगरपालिका वडा न १ बस्ने बर्ष ५२ को जितन महतो नुनियालाई पक्राउ गरिएको छ। प्रहरीले  महतोलाई … Read more

भीम रावल विराटनगर पुग्दा घन्किए ‘जय देश जय नरेश’ को नारा

विराटनगर– नेकपा एमालेबाट निकालिएका नेता भीम रावल आफ्नो अभियानको शिलशिलामा विराटनगर आउँदा ‘जय देश जय नरेश’ को नारा घन्किएको छ । तत्कालीन समयमा गृहमन्त्री भएको समयमा पूर्व आएका रावल त्यसपछि ‘मातृभूमि जागरण अभियान’का लागि पूर्व आएका हुन्। विराटनगर विमानस्थलमा आज रावललाई स्वागत गर्ने पुगेको राजावादीहरूले रावललाई स्वागत गदै ‘जय देश जय नरेश’ को नारा लगाएका … Read more

कांग्रेसले आगामी चुनावमा कसैसँग तालमेल गर्दैन : नेता सिंह

महोत्तरी– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आसन्न निर्वाचनमा पार्टीले कसैसँग चुनावी तालमेल नगर्ने बताएका छन् । कांग्रेस महोत्तरीले शनिबार बर्दिबासमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा सिंहले आगामी निर्वाचनमा कांग्रेस एक्लै लड्ने भन्दै कार्यकर्ताहरूलाई संगठन निर्माणमा लाग्न आग्रह गरे । ‘आगामी निर्वाचन एक्लै लड्ने भनेर कांग्रेस महासमिति बैठकले निर्णय गरेर केन्द्रीय समितिले अनुमोदन गरिसकेको छ,’ कांग्रेसका … Read more

सुडानका ७७ लाख मानिस गम्भीर खाद्य असुरक्षाको जोखिममा

एजेन्सी – विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले दक्षिण सुडानका लाखौं मानिसहरूलाई तत्काल मानवीय आवश्यकतालाई सहयोग गर्न आगामी छ महिनामा ४०४ करोड अमेरिकी डलर आवश्यक पर्ने बताएको छ । बिहीबार साँझ जारी गरिएको आफ्नो पछिल्लो प्रतिवेदनमा डब्लुएफपीले दीर्घकालीन खाद्य तथा पोषण असुरक्षाका कारण देश लामो समयदेखि मानवीय संकटको सामना गरिरहेको जनाएको छ। प्रतिवेदनले सुडानमा जारी द्वन्द्वले अवस्था … Read more

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्ने भएको छ। बिहीबारबाट सुरु भएको बैठक आज पनि दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भएको हो। आज सकिने बैठकले भोलिबाट सुरु हुने केन्द्रीय कमिटीको बैठकको एजेण्डा तय गर्नेछ। बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदनमाथि छलफल चलिरहेको छ। प्रचण्डले स्थायी … Read more

दार्चुलाका तीन अस्पताल भवन सुस्तगतिमा निर्माण हुँदै

दार्चुला, पुस २०- शिल्यान्यास गरेको पाँच वर्ष बितिसक्दा पनि जिल्लाका तीन स्थानमा निर्माण गरिने अस्पताल भवनको काम ठप्पप्रायः भएको छ । विसं २०७७ मङ्सिर १५ गते सरकारले दार्चुलाका विभिन्न सात स्थानमा आधारभूत स्वास्थ्य अस्पताल निर्माणको शिल्यान्यास गरेको थियो । अस्पताल भवन निर्माण नहुँदा, लेकम, दुहुँ र अपि हिमाल गाविसका बासिन्दा बिरामी हुँदा छिमेकी पालिकाका अस्पताल, … Read more

सुडानमा करिब ७७ लाख मानिस गम्भीर खाद्य असुरक्षा जोखिममा

काठमाडौं, पुस २०- विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)ले दक्षिण सुडानका लाखौं मानिसहरूलाई तत्काल मानवीय आवश्यकतालाई सहयोग गर्न आगामी छ महिनामा ४०४ करोड अमेरिकी डलर आवश्यक पर्ने बताएको छ। बिहीबार साँझ जारी गरिएको आफ्नो पछिल्लो प्रतिवेदनमा डब्लुएफपीले दीर्घकालीन खाद्य तथा पोषण असुरक्षाका कारण देश लामो समयदेखि मानवीय सङ्कटको सामना गरिरहेको जनाएको छ। प्रतिवेदनले सुडानमा जारी द्वन्द्वले अवस्था … Read more

चिनियाँ चलचित्र महोत्सव पुस २५ मा

काठमाडौँ, पुस २०- नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यले यही पुस २५ गते चिनियाँ चलचित्र महोत्सव आयोजना हुने भएको छ । चाइना फिल्म एडमिनिस्ट्रेशन, यहाँस्थित चिनियाँ राजदूतावास, चाइना फिल्म आर्काइभ र नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीले संयुक्त रूपमा आयोजन गर्ने महोत्वसवमा दर्शकले अधिक मनपराएका तीन वटा चलचित्र प्रदर्शन हुनेछन् । चलचित्र प्रदर्शनपछि … Read more

महाधिवेशन टुङ्गो नलाग्दै कांग्रेसमा दौडधुप

२० पुस, काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको समय टुंगो नलाग्दै पार्टी नेताहरूको जिल्ला दौडाहा भने सुरु भइसकेको छ । वर्तमान कार्यसमितिको अवधि तीन वर्ष पुग्दा नपुग्दै अर्को महाधिवेशन केन्द्रित भ्रमण र भेटघाटमा नेताहरू लागिसकेका छन् । क्रियाशील सदस्यता वितरण र नवीकरणको कार्य नसकी महाधिवेशन प्रक्रिया सुरु हुन सक्दैन । यसपटक विगतमा भन्दा क्रियाशील सदस्यता … Read more

आज विश्व ब्रेल दिवस, एक अर्ब मानिस दृष्टिसम्बन्धी समस्यामा

२० पुस, काठमाडौं । आज विश्व ब्रेल दिवस । संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २०१९ देखि मनाउन प्रारम्भ भएको यो दिवसको उद्देश्य दृष्टिविहीन र आंशिक दृष्टिविहीन व्यक्तिहरूलाई मानव अधिकारको पूर्ण अनुभूतिमा सञ्चारको माध्यमको रूपमा ब्रेलको महत्त्वबारे चेतना जगाउनु हो । विश्व ब्रेल दिवस अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी महासन्धिको धारा २ मा प्रतिबिम्बित भएअनुसार शिक्षा, अभिव्यक्ति र … Read more