विश्वविद्यालयभित्रका अराजनीतिक गतिविधि अन्त्य हुनुपर्छः शिक्षामन्त्री

काठमाडौं, पुस १९ गते ।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विश्वविद्यालयभित्रको दलीय प्रभावलाई अन्त्य गर्न जरुरी रहेको बताउनुभएको छ । शुक्रबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा शहीद दशरथ चन्द स्वास्थ्यविज्ञान विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा छलफलमा बोल्नुहुँदै मन्त्री भट्टराईले यस्तो बताउनुभएको हो । उहाँले विश्वविद्यालयभित्रको दलीय प्रभाव र दबाबलाई अन्त्य … Read more

राजनीतिमा नफर्कन पूर्वराष्ट्रपतिलाई विश्वप्रकाशको सुझाव

१९ पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा नफर्कन सुझाव दिएका छन् । राजनीतिमा भन्दा सामाजिक रुपान्तरणको नायक बन्न उनको सुझाव छ । शुक्रबार राजधानीमा भएकाे नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलकृत संस्मरण संग्रह ‘आमा, सपना र ताराहरु’ लोकार्पण कार्यक्रममा उनले यस्ताे सुझाव दिएका हुन् ।‘समाचारका पृष्ठहरूमा अहिले पनि आमाहरू … Read more

कर्णाली प्रदेश सभा बैठक माघ ७ गते बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस

१९ पुस, सुर्खेत । आगामी माघ ७ गते कर्णाली प्रदेश सभाको बैठक बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गरिएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले माघ ७ गते प्रदेश सभा बैठक बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको हो । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पाँचौँ अधिवेशन आगामी ७ माघमा आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरिएको … Read more

राप्रपा नेपालको केन्द्रीय समिति बैठक सुरु

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल)को केन्द्रीय समितिको बैठक सुरु भएको छ। पार्टीको प्रथम महाधिवेशनको मिति टुंगो लगाउन शुक्रबारका लागि बैठक बोलाइएको राप्रपा नेपालले जनाएको थियो। आज देखी काठमाडौंमा सुरु भएको बैठकमा मुलुकको वर्तमान अवस्था, पार्टीको सांगठनिक अवस्था, भावी कार्यदिशा, स्थानीय तहको अधिवेशन, भ्रातृ संगठनको क्रियाशीलता प्रशिक्षण, महाधिवेशन केन्द्रित राजनीतिक अभियानबारे छलफल हुनेछ । … Read more

राखेपका नवनियुक्त सदस्यले लिए पद तथा गोपनियताको शपथ

काठमाडौं– राष्ट्रिय खेलकुद परिषद्मा नियुक्त भएका सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराइएको छ । शुक्रबार सिंहदरबारस्थीत खेलकुद मन्त्रालयमा खेलकुदमन्त्री तेजुलाल चौधरीले परिषद्को सदस्यमा नियुक्त भएका ८ जनालाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । केही दिन अघि बसेको मन्त्रिपरिषद् बैठकले खेलकुद परिषद्को सदस्यमा शान्तिकुमारी चौधरी, आनन्दकुमार झा, सुवर्ण श्रेष्ठ, कमलबहादुर भट्टराई, हिमालकुमार श्रेष्ठ, नन्दा बस्याल, … Read more

खानेपानीमन्त्री भन्छन्- हरेक नागरिकको घरमा शुद्ध खानेपानीसहित नलको व्यवस्था गर्छु

बारा– खानेपानीमन्त्री प्रदीप यादवले बारा जिल्लाका हरेक नागरिकको घर घरमा शुद्ध खानेपानीसहितको नलको व्यवस्था गरिने बताएका छन् । आज नेपाल खानेपानी संस्थान, शाखा कार्यालय कलैया बाराको आयोजनामा कलैया उप–महानगरपालिका स्थित मानमत–कलैया–मटिअर्वा सडक खण्डमा जोडिने त्रिचन्द्र स्कूलदेखि भतौडा पोखरी (तीन दशमलव ४ किमी) नयाँ खानेपानी पाइपलाइन विस्तार परियोजनाको शिलान्यास गर्दै मन्त्री यादवले सो कुरा बताएका हुन्  … Read more

परराष्ट्रमन्त्रीद्वारा अमेरिकी पूर्वराष्ट्रपति कार्टरप्रति श्रद्धाञ्जली

काठमाडौं, पुस १९ गते ।  परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले अमेरिकी पूर्वराष्ट्रपति जिम्मी कार्टरको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुहुँदै उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । मन्त्री डा. राणा शुक्रबार काठमाडौंस्थित अमेरिकी राजदूतावासमा पुगी अमेरिकी पूर्वराष्ट्रपति एवम् नोबेल शान्ति पुरस्कार विजेता कार्टरको स्मृतिमा त्यहाँ राखिएको शोकपुस्तिकामा हस्ताक्षर गर्नुहुँदै नेपाली जनता, नेपाल सरकार र आफ्ना तर्फबाट उहाँप्रति … Read more

नेपालमा तारे होटलभन्दा रिसोर्टको बसाइ महँगो, कुनमा कति ?

१९ पुस, काठमाडौं । नेपालमा तारे होटलभन्दा रिसोर्टको बसाइ महँगो हुने गरेको पाइएको छ । केन्द्रीय तथ्यांक कार्यालयले सार्वजनिक गरेको ‘राष्ट्रिय होटल तथा रेस्टुरेन्ट सर्वेक्षण’ अनुसार तारे होटलको तुलनामा रिसोर्टको मूल्य बढी देखिएको छ । तारे होटलका स्ट्यान्डर्ड कोठा (सिंगल बेड) को औसत मूल्य ६ हजार ९ सय १६ रुपैयाँ प्रतिरात रहेको देखिएको छ । … Read more

‘क्षमता नभएका व्यक्ति ५० पटक परीक्षा दिँदा पनि लोकसेवा पास हुन सक्दैनन्’

काठमाडौँ । लोकसेवा आयोगका अध्यक्ष माधव रेग्मीले निजामती सेवा प्रवेश र अवकाशको उमेर हद हेरफेर गर्न  सुझाव दिएका छन् । संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा निजामती विधेयकमाथि छलफलमा भाग लिँदै उनले प्रवेशको उमेर हद हटाउनुपर्ने सुझाव दिएका हुन् । ‘हरेक जिल्लामा क्याम्पस नहुँदाको समयमा गरेको व्यवस्था अहिले काम रहेको छ । अब हरेक पालिकामा … Read more

सरकारको नीतिअनुसार प्रभावकारी कार्यसम्पादन गर्न मन्त्री दाहालको निर्देशन

पोखरा– भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सरकारको नीतिअनुसार प्रभावकारी कार्यसम्पादनका लागि कर्मचारीलाई निर्देशन दिएका छन् । सडक विभागद्वारा पोखरामा आयोजना गरिएको ‘आयोजना सञ्चालन तथा व्यवस्थापनसम्बन्धी दुई दिने कार्यशाला’ समापनमा आज उनले विकास निर्माणलाई तीव्रता दिई आर्थिक समृद्धिको लक्ष्य हासिल गर्नुपर्ने भएकाले सोही ढङ्गबाट तदारुकताका साथ काम गर्न निर्देशन दिएका हुन् । मन्त्री दाहालले रुग्ण … Read more