एकै परिवारद्वारा एक वर्षमा ३४ लाखको अलैँची उत्पादन

मङ्गलबारे पुस १८- नेपालमा भएन र राज्यले गरेन भन्नेको जमात उस्तै छ । कसैको मुख नताकी गर्नसके वार्षिक लाखौँ कमाउनेहरुको सङ्ख्या पनि कम छैन । पछिल्लो समय कृषि पेसा छोड्नेको सङ्ख्या बढ्दै गएको छ तर कृषि पेसाबाटै मनग्ये कमाउने किसानसमेत गाउँमा नै रमाइरहेका छन् । कृषि पेसाबाट नै गर्नसके स्वदेशमा नै बसेर विदेशमा भन्दा दोब्बर … Read more

प्रधानमन्त्री ओली र श्रीलंकाका पूर्व राष्ट्रपति विक्रमासिंघेबीच भेटवार्ता

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र श्रीलंकका पूर्व राष्ट्रपति रनिल विक्रमासिंघेबीच आज भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध र परस्पर हितका विविध पक्षमा कुराकानी भएको थियो। भेटका अवसरमा प्रतिनिधिसभाका सदस्य एवं वरिष्ठ उद्योगपति विनोद चौधरीसमेत सहभागी रहेका थिए। विक्रमासिंघे प्रधानमन्त्री ओलीका एक पुराना मित्र हुन्। यही पुस १३ गते … Read more

यसरी रुपान्तरण हुँदैछ चन्द्रागिरि ‘स्मार्टसिटी’माः ‘गुगल प्लस कोड’ सहितको ‘डिजिटल’ सडक चोक पहिचान तथा घर नम्बर शुभारम्भ

काठमाडौँ, पुस १८- के तपाइँ चन्द्रागिरि नगरवासी हुनुहुन्छ रु अथवा चन्द्रागिरिवासी कहाँ जाँदै रु नगरवासी हुनुहुन्छ, भने अब तपाईँ स्थानीय सरकारबाट पाउने सेवा सुविधा लिन नजिकको वडा कार्यालय धाइरहनुपर्दैन । यतिमात्र होइन, तपाईँले स्थानीय सरकारलाई बुझाउनुपर्ने सेवा शुल्क, कर र राजस्व अनलाइनमार्फत तिर्न सक्नुहुनेछ । साथै आफूलाई आवश्यक पर्ने विभिन्न  सेवा अथवा सिफारिस लिन घरैबाट … Read more

एलिट कपः सन्दीपको कप्तानीमा बागमतीको टोली घोषणा

काठमाडौँ, पुस १८- ‘जय ट्रफी मेन्स एलिट कप–२०८१’ का लागि बागमती प्रदेशको टोली घोषणा गरिएको छ । बागमती प्रदेश क्रिकेट सङ्घले आज सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो । सन्दीपको कप्तानीमा रहेको टोलीमा सूर्य तामाङ, रिजन ढकाल, प्रतिश जिसी, उत्तम थापा मगर, आशुतोष घिरैया, रित गौतम रहेका छन् । साथै इशान … Read more

दोलखामा आगलागीबाट एक घर जलेर नष्ट, एकजना घाइते

काठमाडौं, पुस १८- दोलखामा आगलागी हुँदा एकजना घाइते भएका छन् । जिरी नगरपालिका–२, छेर्मादिङस्थित ढुंगा र माटोबाट निर्मित जस्ताको छानो रहेको दुईतले कच्ची घरमा आगलागी भएको हो । स्थानीय ३४ वर्षीय भीमबहादुर खड्काको उक्त घरमा बुधबार (हिजो) बेलुका करिब ८ बजेतिर आगलागी भएको थियो । भान्साकोठामा ट्रयाक्टरमा प्रयोग गर्न राखिएको ‘पेट्रोल’को भाँडामा आगो सल्कँदा घर … Read more

गत वर्ष ३१ हजार पर्यटकद्वारा अन्नपूर्ण पदमार्गको भ्रमण

लमजुङ, पुस १८- विश्व चक्रिय अन्नपूर्ण पदमार्गमा गत सन् २०२४ मा ३० हजार आठ सय ६६ विदेशी पर्यटक आएका थिए । विश्वकै १०औँ स्थानमा पर्ने यस पदमार्गमा एक वर्षको अवधिमा आएका पर्यटकमध्ये १८ हजार चार सय ९९ पुरुष, १२ हजार तीन सय ६२ महिला र पाँच अन्य व्यक्ति रहेका थिए । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना … Read more

२४ देखि ऐतिहासिक निसान पदयात्रा

इलाम, पुस १७ गते ।  नेपाल एकीकरणताका पूूर्वी सीमाना वियज गरेर गाडिएका निसान फर्काइएको बाटोको संरक्षण गर्दै निसान पदयात्राको तयारी गरिएको छ । आगामी पुस २४ गतेदेखि पुस २६ सम्म निसान पदयात्राको तयारी थालिएको हो । तात्कालीन श्रीनाथ पल्टनले पूर्वको भू–भाग विजय गरेर गाडेका निसान सुगौलीसन्धीपछि फर्काएर राखिएका स्थानलाई जोडेर निसान पदयात्रा तयारी गरिएको हो … Read more

‘पर्सामा असुरक्षित गर्भपतन बढ्यो’

वीरगञ्ज (पर्सा), पुस १७- जिल्लामा गर्भपतनका औषधि खुलमखुला बिक्री हुँदा असुरक्षित गर्भपतनका घटना नियन्त्रण गर्न चुनौती थपिएको छ । सीमावर्ती सहर रक्सौलसँग जोडिएकाले पनि गर्भपतनका औषधि छ्यापछ्याप्पी पाइँदा नियन्त्रण गर्न समस्या भइरहेको स्वास्थकर्मीले बताएका छन् । नारायणी अस्पतालका स्त्री तथा प्रसूति रोग विभागका प्रमुख डा सुरेन्द्रप्रसाद चौधरीले सीमावर्ती सहरसँग जोडिएकाले पनि असुरक्षित गर्भपतनका गतिविधिलाई नियन्त्रण … Read more

नेपालमा होटल तथा रेस्टुराँको संख्या कति?

काठमाडौं । नेपालमा हाल सञ्चालनमा रहेका आवास तथा भोजन सेवासँग सम्बन्धित प्रतिष्ठानको सङ्ख्या करिब डेढ लाख हाराहारी देखिएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले आज सार्वजनिक गरेको राष्ट्रिय होटल तथा रेस्टुरेन्ट सर्वेक्षण २०८० प्रतिवेदनअनुसार आवास तथा भोजन सेवा प्रदान गर्ने प्रतिष्ठानको सङ्ख्या एक लाख ४२ हजार दुई सय २३ छ। सबैभन्दा धेरै बागमती प्रदेशमा ५२ हजार एक … Read more

भीम रावलले भनेः ‘अनुशासनहीन पात्र’ ओलीले मलाई कारबाही गरे

काठमाडौं, पुस १७- नेकपा (एमाले)को कारबाहीमा परेका भीम रावलले ‘अनुशासनहीन पात्र’ केपी शर्मा ओलीले आफूमाथि अनुशासनको कारबाही गरेको बताएका छन् । बुधबार पत्रकार सम्मेलन गरेर रावलले पार्टीमा सबैभन्दा अनुशासन नभएको पात्रले नै आफूलाई कारबाही गरेको बताए । उनले माधव नेपालविरुद्ध देशभर छाया कमिटी निर्माण गर्ने, केन्द्रीय कमिटिको बैठकमा ढिलो उपस्थित हुने, सबैभन्दा धेरै लामो समयसम्म … Read more