प्रतिकूल मौसमले हवाई उडान प्रभावित

काठमाडौँ, पुस २१- प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको छ । मौसममा आएको खराबीले ‘भिजीबिलिटी’ कमजोर हुँदा आन्तरिक हवाई उडान प्रभावित भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजुअल फ्लाइट रुल्स (भिएफआर) उडान भइरहे पनि काठमाडौँ बाहिरका अधिकांश विमानस्थलमा बिहान हवाई उडान हुनसकेको छैन । विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार काठमाडौँ बाहिरका विमानस्थलमध्ये भद्रपुर, … Read more

पाँच मुहान थपेर खानेपानी वितरण सहज बनाइयो

पाँचथर, पुस २१- मुख्य मुहान क्षेत्रमा बाढीपहिरोले क्षति पु¥याई खानेपानी अवरुद्ध बनेपछि फिदिम खानेपानी योजनाले पाँच मुहान थपेर खानेपानी वितरण गरेको छ । पाँच मुहानको पानी थपेपछि अब फिदिमका उपभोक्ताले सहजै खानेपानी पाउन थालेका छन् । उपभोक्ता समितिले महभिरबाट दुई मुहानको पानी केही समयअघिदेखि वितरण गर्न थालेको हो । साढे पाँच किलोमिटर दूरीबाट रु एक … Read more

रास्वपा केन्द्रीय समिति बैठक : संविधान संशोधनदेखि रविको मुद्दाबारे छलफल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले संविधान संशोधनबारे दलको धारणा तय गर्ने भएको छ । शनिबारदेखि काठमाडौँको एक होटलमा सुरु भएको केन्द्रीय समितिको बैठकले संविधान संशोधनबारे दलको धारणा तय गर्ने भएको हो । बैठक आजबाट सुरु भएको र आइतबारसम्म सञ्चालन हुने पार्टीका सांसद गणेश पराजुलीले बताए । उनकाअनुसार बैठकमा राजनीतिक घटनाक्रम, समसामयिक विषयका बारेमा पनि छलफल हुनेछ … Read more

मानव सेवा आश्रम गोरखाका बालबालिकालाई न्यानो कपडा बितरण

गोरखा– मानव सेवा आश्रम गोरखामा रहेका बालबालिका बालगोपालहरुलाई न्यानो कपडा बितरण गरिएको छ । रोटरी क्लब अफ काठमाडौं नर्थले आज एक कार्यक्रमका बीच आश्रमका ३७ जना बालगोपालहरु सहित आश्रम परिवारको लागि ४८ थान न्यानो कपडा  बितरण गरेको हो । गोरखा नगरपालिका–६ को गणेशपाटन पाटेचौरमा आश्रीत बालगोपालहरुलाई राजधानीबाट आएका क्लबका अध्यक्ष सहितको पदाधिकारीहरुले न्यानो कपडा बितरण … Read more

भैँसीको मासु निर्यात सम्झौता खारेज गर्न माग, माइतीघरमा प्रदर्शन

काठमाडौं – चीनसँगको भैँसीको मासु निर्यात सम्झौता खारेज गर्नुपर्ने भन्दै विभिन्न सङ्घसंस्थाले काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेका छन् । विभिन्न अहिंसावादी संघ, संस्था, शाकाहारी सङ्घ लगाए तले भैँसीको मासु निर्यात सम्झौताविरुद्ध प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरूले आफू पनि बाचौँ र अरूलाई पनि बाच्न दिऔँ, मासु निर्यात सम्झौता खारेज गर्रौ, सम्पूर्ण प्राणीप्रति करुणा भाव राखौँ लगायतका प्लेकार्ड … Read more

स्पेसएक्सले सातौँ स्टारशिप परीक्षण उडानको तयारी गर्दै

एजेन्सी – स्पेसएक्सले आफ्नो विशाल स्टारशिप रकेटको सातौँ उडान परीक्षण सुरु गर्ने तयारी गरिरहेको छ । आगामी उडान परीक्षणले महत्त्वपूर्ण स्तर वृद्धि गर्नेछ । स्पेसएक्सका अनुसार, स्टारशिपले माथिल्लो चरणमा योजनाबद्ध अपग्रेडको ब्लक उडान परीक्षण सुरु हुनेछ, जसले विश्वसनीयता र कार्यसम्पादनमा ठूलो सुधार ल्याउनेछ । स्पेसएक्सले रकेटको प्रोपल्सन प्रणालीलाई पुनः डिजाइन गरेको छ, जसमा प्रोपेलेन्ट भोल्युममा २५ … Read more

चुनावमा लोकप्रिय मत पाउने दलले पाँच वर्ष सरकार चलाउन पाउनुपर्छ : गगन थापा

२० पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले चुनावमा सबैभन्दा धेरै मत पाउने दलले पाँच वर्षसम्म सरकार चलाउन पाउने गरी संविधान संशोधन गर्नुपर्ने बताएका छन् ।स्थिर सरकार चलाउन अहिलेको निर्वाचन प्रणाली नै बाधक भएको भन्दै थापाले निर्वाचनमा लोकप्रिय मत पाउने दलले पाँच वर्षसम्म सरकार चलाउन पाउने गरी कानुनी व्यवस्था गर्नुपर्ने धारणा राखेका हुन् … Read more

न्त्रालयमन्त्री खड्काले सन् २०३५ भित्रै उर्जा चलायमान २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्छौं

उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयमन्त्री दीपक खड्काले सन् २०३५ भित्र उर्जा क्षेत्रलाई चलायमान बनाइ २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य सरकारले लिएको बताएका छन्। शुक्रबार काठमाडौँमा आयोजित दाना खोला हाइड्रोपावर योजनाको वित्तीय व्यवस्थापन हस्ताक्षर समोरोहलाई सम्बोधन गर्दै उनले हालै मन्त्रिपरिषद् बैठकबाट २८ हजार ५ सयको लक्ष्य १० वर्षमा पुर्‍याइसक्ने भनेर लिएको जानकारी … Read more

माओवादी स्थायी समिति बैठक स्थगित, आइतबार बिहान बस्ने

काठमाडौँ । नेकपा माओवादी केन्द्रको शनिबार बस्ने भनिएको स्थायी समिति बैठक स्थगित भएको छ । पार्टी अध्यक्ष प्रचण्डसहित पदाधिकारीहरूको कार्य व्यस्तताका कारण बैठक स्थगित भएको केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए । बैठक दिउँसो २ बजे बस्ने तय थियो । आजको बैठक अब भोलि बिहान ८ बजेदेखि बस्नेछ । यस्तै पार्टीको केन्द्रीय समिति बैठक आइतबारदेखि … Read more

पूर्वमन्त्री आलेलाई विश्वप्रसिद्ध हिन्दु रत्न अवार्ड प्रदान

काठमाडौं– विश्व हिन्दु महासङ्घले सांसद एवं पूर्वमन्त्री प्रेमबहादुर आलेलाई हिन्दु रत्न अवार्ड प्रदान गरेको छ । महासङ्घले भारतको नयाँ दिल्लीस्थित खाटु श्याम दिल्ली धाममा आयोजना गरेको एक विशेष समारोहमा सांसद आलेलाई हिन्दु धर्म संरक्षण एवं सम्बद्र्धनका अगुवा कालीबाबा शङ्कराचार्यसहित महासङ्घका पदाधिकारीहरूले उक्त अवार्ड प्रदान गरेका हुन् । महासङ्घले प्रत्येक पाँच वर्षमा विभिन्न देशका समाजसेवी, राजनीतिज्ञ, … Read more